२०८२ आश्विन २६ गते, आईतवार ०१:५६

प्रतिष्ठानको नाममा नेताहरुले लुट मचाईरहेका छन् : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली मठमन्दिरमा बसेर मासु र रक्सीको बेचिरहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको आज बसेको बैठकको विशेष समयमा बोल्दै आजपा अध्यक्ष साहले प्रधानमन्त्री ओलीले प्रतिष्ठान कब्जा गरेर पार्टी कार्यालय चलाउनु गलत भएको बताए ।

‘सम्मानिय सभामुख महोदय, नेपालमा सम्मानीय प्रधानमन्त्रीज्यू मठमन्दिरमा बसेर मासु र रक्सीको व्यापार गरिरहेको अभाष भईरहेको छ । सामाजिक कार्यका लागि निर्मित प्रतिष्ठानमा उहाँ (ओली)को पार्टी कार्यालय छ । म सोध्न चाहन्छु तुलसीलाल अमात्य प्रतिष्ठान सामाजिक संस्था हो की व्यापारीक संस्था हो,’ आजपा अध्यक्ष साहले भने, ‘यदी सामाजिक संस्था हो भने जुसको लाईसेन्स लिएर मदिराको व्यापार गर्न मिल्छ कि मिल्दैन् ?’

प्रतिष्ठानहरु नेताको लुटने भाडो भएको बताउदै उनले सरकारी बजेट ल्याउने र ति संस्थाका आम्दानीहरु नेताको निजि स्वार्थमा प्रयोग गर्ने काम गलत भएको बताए । ‘आज संघसंस्थाहरु लुटको अखडा बनेको छ । नेपाली जनताको खुनपसिनाको लाखौं करोडौं रकम यसरी दुरुपयोग भईराख्दा त्यसलाई नियमन गर्नुपर्ने होईन र ? नियमन गर्नुपर्ने जिम्मेवारीमा रहेका हाम्रा प्रधानमन्त्रीज्यू त्यसमा आफै मतियार बनेपछि अब न्याय माग्न कहा जाने ? आजपा अध्यक्ष साहले प्रश्न गरे ।

प्रतिष्ठान र संघसंस्थाहरु पथभ्रष्ट हुँदा त्यसलाई नियमन गर्नुपर्ने उनले बताए । तर सुशासनको जिम्मेवारी लिएका प्रधानमन्त्रीबाटै कानून उल्लंघन हुँदा विधिको शासन कहाँ खोज्ने भन्दै उनले प्रश्न उठाए ।

‘प्रतिष्ठानहरुको एउटा आफ्नै चरित्र हुन्छ । तुलसीलाल अमात्य भनेको एउटा सम्मानित व्यक्तित्व हो, हाम्रो गौरब हो । उहाँ (तुलसीलाल)को सम्मानलाई हामीले कमजोर वा नजरअन्दान गर्न मिल्दैन् । उहाँ (तुलसीलाल) को मान–प्रतिष्ठामा आच हुने गरी जो काम भईरहेको छ त्यो हामीलाई स्वीकार्य छैन्,’ आजपा अध्यक्ष साहले भने, ‘यदी त्यो व्यापारीक संस्था नै हो भने बढाबढ गर्न सक्नुपथ्र्यो । हाम्रो आम जनता पार्टीले पनि घरभाडामा खोजिरहेको छ । म एमालेभन्दा बढी भाडा दिन तयार छु, हामीलाई दिनुपर्यो । हैन भने सामाजिक संस्था हो भने त्यसको लेहाज गर्नुपर्यो । त्यो लेहाजलाई छोड्ने होईन् ।’

एमाले भनेको अर्बपति कल्बमा पुगेको सबैभन्दा धनी पार्टी भएको बताउदै उनले १० बर्ष अघि भूकम्पबाट क्षति हुँदा अहिलेसम्ममा पनि आफ्नो पार्टी कार्यालय निर्माण गर्न नसक्नु प्रधानमन्त्री ओलीकै कमजोरी भएको बताए ।

‘एमाले भनेको देशको सबैभन्दा धनी पार्टी हो । लाखौं कार्यकर्ताबाट करोडौं आम्दानी आईरहेको अर्बपति कल्बको साझेदार पार्टी हो भनेर मैले बुझेको छु । त्यो पार्टीको आफ्नो कार्यालय नहुने, कहिले पासाङ ल्यामु शेर्पाको प्रतिष्ठान कब्जा गर्ने त कहिले तुलसीलाल अमात्य प्रतिष्ठानको औफिस कब्जा गर्ने त कहिले व्यापारीको शरणमा (मोतीलाल दुगड लक्षित गर्दै) पुग्नुभन्दा आफ्नो पार्टी कार्यालय बनाउँदा पार्टीको गरिमा बचाउँन सकिन्थ्यो,’ आजपा अध्यक्ष साहले भने ।

सामाजिक संस्थामा भईरहेको लुट, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताउदै उनले कानून सबैमा लागु हुनुपर्ने बताए । सरकारी अनुदान लगेर दुरुपयोग गर्ने अधिकार कोही कसैलाई नभएको उनले बताए । साथै उनले च्यासल स्थित तुलसीलाल अमात्य प्रतिष्ठानबाट एमाले पार्टी कार्यालय तुरुन्त हटाउनुपर्ने माग समेत गरेका छन् ।

‘एमालेको आफ्नै ठाउँ मदन नगर बल्खुमा त्यत्रो जग्गा छ । त्यही पार्टी कार्यालय बनाए हुन्छ । एमालेको गौरबलाई अगाडी उठाउनुस् । अब प्रधानमन्त्रीज्यू तपाईको ऐज पनि कटिन लाग्यो, युवाहरुको भविष्य हेरेर पनि अगाडी बढनुस् । मलाई लाग्छ पुष्पलाल र मदन भण्डारी भएको भए यसरी गर्नुहनन्थ्यो, त्यो इमेजलाई माथि नै उठाउनुहुन्थ्यो,’ आजपा अध्यक्ष साहले भने, ‘यस अर्थ पनि यो तुलसीलाल अमात्य सबैको साझा व्यक्तित्व हो, कुनै एउटा समूहको व्यक्तित्व होईन् । रौतहटले चिनेको व्यक्तित्व हो । हामीलाई पनि त्यतिकै हक लाग्छ । त्यो संस्था भनेको सामाजिक कार्यका लागि बनेको संस्था हो । राष्ट्रिय व्यक्तित्व हो । कुनै एउटा व्यक्ति वा समूहको बनाउनु हुदैन् । त्यसकारण भन्छु प्रतिष्ठानका पदाधिकारीहरुलाई कानून थाहा छैन भने थाहा दिनुपर्यो । यसरी मनोमानी गर्न मिल्दैन् ।’

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM