२०८३ बैशाख २० गते, आईतवार ०५:०९

पोखरामा नक्कली डिएसपी पक्राउ, रेष्टुरेन्टमा धम्की दिएपछि सार्वजनिक भयो रहस्य

पोखरा – आइतबार राति पोखरा महानगरपालिका–८ स्थित सृजनाचोकको एक रेष्टुरेन्टबाट आफूलाई नेपाल प्रहरीको उपरीक्षक (डिएसपी) भन्दै धम्की दिने एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ परेका व्यक्ति बागलुङ नगरपालिका–४, कुडुलेफेदीका ३२ वर्षीय चन्द्रकान्त पौडेल हुन्।

पौडेलले सम्बन्धित रेष्टुरेन्टमा खाना अर्डर गरी उपभोग गरेपछि आफू प्रहरी अधिकृत भएको बताउँदै दवाब दिएको प्रहरीको भनाइ छ।

उनलाई प्रहरीले तत्काल नियन्त्रणमा लिई अभद्र व्यवहारसम्बन्धी आरोपमा अनुसन्धान थालिएको जानकारी दिएको छ। जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको छ।

प्रहरीले पौडेलले प्रस्तुत गरेका परिचयपत्र तथा बोली व्यवहारबाट उनी डिएसपी नभएको पुष्टि भएपछि कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM