काठमाडौं । बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को खबरदारी सभा जारी रहेको छ।
आमसभाका लागि नेता कार्यकर्ता, समर्थक भेला भइरहेका छन्। सभामालाई अध्यक्ष राजेन्द्र लिङदेनलगायत शीर्षले सम्बोधन गर्ने छन्।
बागमती प्रदेशस्तरीय वृहत् प्रदर्शन तथा आमसभामा हुनसक्ने सम्भावित घुसपैठका लागि राप्रपाले आफ्नो संयन्त्र र स्वयंसेवक परिचालन गरेको छ।
सम्भावित घटनालाई मध्यनजर गर्दै प्रशासनले पनि ठूलो संख्यामा बल्खु क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेको छ।
राप्रपाले गर्ने आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएको छ।
राप्रपाले राजसंस्था पुन:स्थापना र हिन्दूराज्यका पक्षमा प्रदर्शन गर्दै आएको छ।

नक्कली नोटसहित तीन जना पक्राउ
रौतहट/ईशनाथ–४ लतमरी सीमाक्षेत्र — सशस्त्र प्रहरीले नक्कली नेपाली नोटसहित तीन
















