२०८२ बैशाख १६ गते, मंगलवार २०:०७

तीनकुने घटनामा देखिएकी एनी कुँवर पक्राउ

काठमाडौंको तीनकुनेमा १५ चैतमा भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा एक युवती पक्राउ परेकी छन् । प्रहरीले पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको घरमा देखिएकी एनी कुँवरलाई पक्राउ गरेको हो ।

उनी पत्रकार रजक मृत भेटिएको भवनबाट तल झर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

पत्रकारको मृत्यु भएको र लगभग उस्तै समयमा कुँवर सोही भवनबाट झर्दै गरेको देखिएपछि सोधपुछका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अरुको घरमा अनाधिकृत रूपमा प्रवेश गरेको आरोपसमेत उनीमाथि प्रहरीले लगाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM