२०८२ मंसिर २० गते, शनिबार ००:१०

कोशी कोरिडोर २२० केभी प्रशारण लाइनको प्रगतिबारे मन्त्री खड्काले लिए जानकारी

काठमाडौँ, चैत २५ –
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का नेपाल विद्युत प्राधिकरण अन्तर्गत निर्माणाधीन कोशी कोरिडोर २२० केभी डबल सर्किट प्रशारण लाइन आयोजनाको प्रगतिबारे जानकारी लिन गृहजिल्ला संखुवासभा भ्रमणका क्रममा तुम्लिंगटारस्थित सवस्टेसन पुगेका छन्।

सो अवसरमा आयोजनाका प्रमुख राघवेन्द्र झाले मन्त्री खड्कालाई आयोजनाको वस्तुगत अवस्था र हालसम्मका उपलब्धिहरूको विस्तृत जानकारी गराए। उनका अनुसार इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिंगटार प्रशारण लाइनमार्फत जलविद्युत प्रवाह सुरु भइसकेको छ।

प्रमुख झाका अनुसार २२० केभी डबल सर्किट ट्रान्समिशन लाइन निर्माण कार्य भारतको Kalpataru Projects International Limited द्वारा पूर्णरूपमा सम्पन्न गरिएको हो। त्यस्तै, इनरुवा, बसन्तपुर, बानेश्वर र तुम्लिंगटार सवस्टेसनहरूको निर्माण कार्य Larsen & Toubro Limited, चेन्नई, भारतले सम्पन्न गरेको छ। साथै, बसन्तपुर–धुंगेसांगु ट्रान्समिशन लाइन र धुंगेसांगु सवस्टेसन KEC International Limited, गुडगाउँ, भारतले सफलतापूर्वक सम्पन्न गरेको हो।

KC-4 अन्तर्गत बाँकी रहेको दोस्रो सर्किट स्ट्रिङ्ग कार्य अन्तिम चरणमा पुगेको छ, जुन Nepal Hydro Limited द्वारा सम्पन्न हुँदैछ।

नेपाल विद्युत प्राधिकरणले आयोजनाको सम्पूर्ण सञ्चालन दुहवी महाशाखाअन्तर्गतको ग्रिड सञ्चालन विभागलाई जिम्मा दिइसकेको छ भने पूँजीकरण प्रक्रिया पनि तीव्र गतिमा अगाडि बढिरहेको छ।

ऊर्जा आपूर्तिमा उल्लेखनीय सुधार ल्याउने विश्वाससहित यो आयोजनाले पूर्वी पहाडी तथा तराई क्षेत्रको स्थानीय र औद्योगिक विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, लोड सेडिङ न्यूनीकरणमा समेत यसले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

तुम्लिंगटार सवस्टेसनमा आयोजित कार्यक्रममा संखुवासभाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, नगरप्रमुख, वडाध्यक्ष, स्थानीय जनप्रतिनिधिहरू तथा नेपाल विद्युत प्राधिकरणका प्राविधिक र कर्मचारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM