२०८३ जेष्ठ १४ गते, बिहीबार ०८:२२

भ्रममा नपर्नुहोस्, बिपीको सालिकमा मोसो होइन: डिएसपीको खण्डन

बिपीको सालिकमा कालो पोतेको भ्रम : प्रहरीको स्पष्टिकरण

 

दाङ, चैत २४

नेपालगञ्जमा रहेको बिपी कोइरालाको सालिकमा कालो पोतिएको भन्ने आरोपप्रति प्रहरीले खण्डन गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डिएसपी दीपक पातलीले शनिबार बेलुकीको राँके जुलुसका क्रममा प्रहरीद्वारा निभाइएको आगोका कारण एक टुक्रा कपडा सालिकमा टाँसिएको मात्र देखिएको बताए। उनले यसलाई कालो पोतेको घटनासँग तुलना गर्नु भ्रमपूर्ण भएको स्पष्ट पारे।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ताहरूले शनिबार साँझ राँके जुलुस निकालेका थिए। सो क्रममा आगो निभाउने क्रममा प्रयोग गरिएका बोरा र कपडाहरू उडेर सालिकमा टाँसिएको डिएसपी पातलीको भनाइ छ।

‘बिपी कोइरालाको सालिकमा कसैले जानाजानी कालो पोतेको प्रयास गरेको वा कुनै किसिमको तोडफोड भएको भन्ने कुनै प्रमाण फेला परेको छैन,’ डिएसपी पातलीले बताए, ‘घटनास्थलको निरीक्षण गर्दा पनि सालिकमा कुनै कालो पदार्थ देखिएको छैन।’

यसैबीच नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत सालिकमा कालो पोतिएको र तोडफोडको प्रयास भएको आरोप लगाएका थिए। तर प्रहरीले उनको दाबी असत्य भएको पुष्टि गरेको छ।

डिएसपी पातलीका अनुसार सामाजिक सञ्जालमा फैलिएको भिडियोमा देखिएको कालो वस्तु आगो निभाउने क्रममा उडेर टाँसिएको कपडाको टुक्रा मात्र हो, जसले गलत सन्देश दिएको हो।

प्रतिक्रिया लेख्नुहोस्

पूर्वप्रधानमन्त्री सुशीला कार्की, रक्षाबमसहितका जेनजी अभियन्ता र रास्वपा सांसदहरूमाथि अनुसन्धान गर्न सिफारिश

काठमाडौं/राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजी अभियन्ता

पूर्वप्रधानमन्त्री सुशीला कार्की, रक्षाबमसहितका जेनजी अभियन्ता र रास्वपा सांसदहरूमाथि अनुसन्धान गर्न सिफारिश

काठमाडौं/राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजी अभियन्ता

Live

Listen Live FM