२०८२ माघ १२ गते, सोमबार ००:०७

महानगर प्रहरी प्रमुख पाण्डेले गुरागाईंसँग माफी मागे

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं कार्यालय फर्किने चर्चा चलेसँगै मेयर बालेन शाहले नगरप्रहरी प्रमुख राजु पाण्डेलाई प्रमुख कार्याकारी अधिकृत गुरागाईंलाई कार्यालय छिर्न नदिन आदेश दिएपछि लामै लफडा चल्यो।

कर्मचारीको सहयोगमा प्रमुख कार्यकारी अधिकृत कार्यालय छिरेपछि यतिबेला नगरप्रहरी प्रमुख पाण्डेमाथि कारवाही गर्नुपर्ने आवाज उठ्न लागेको छ।

नगरप्रहरीले गुरागाईंको गाडी ह्वील लक गरे पनि उनी स्वयं कार्यकक्षमा छिर्न सफल भएका थिए। वडाध्यक्षहरूले ताला तोडेर उनलाई कार्यकक्ष प्रवेश गराएका थिए।

गुरागाईंलाई कार्यालय प्रवेश गर्न नदिन प्रयास गर्ने क्रममा नगरप्रहरी प्रमुख पाण्डे विवादमा तानिएका छन्। आफू विवादमा तानिएको र कारवाहीमा पर्ने डर भएपछि नगरप्रहरी प्रमुख पाण्डेले शुक्रबार कार्यकारी अधिकृत गुरागाईंलाई भेटेर बिहीबारको घटनाप्रति माफी मागेका छन्।

उनले आफूले आदेश पालना गरेको भन्दै त्यसबाट पर्न गएको अप्ठेरोप्रति माफी मागेका हुन्। स्रोतका अनुसार पाण्डेले गुरागाईंलाई भेटेर आफूले आदेश मात्रै पालना गरेको र दुःख दिने नियत नभएको जिकिर गरेका थिए।

सो विषयमा नगरप्रमुख पाण्डेसँग डिसी नेपालले बुझ्दा आफूले माफी नमागेको दाबी गरे। उनले प्रमुख कार्यकारी अधिकृत गुरागाईंसँग भेटेको उल्लेख गर्दै उनले बिहीबारको घटनालाई लिएर आफूले माफी नमागेको जिकिर गरे। ‘उहाँसँग (गुरागाईं) भेटेको कुरा सत्य हो, तर हिजोको घटनालाई लिएर माफी मागेको होइन,’ उनले डिसी नेपालसँग भने, ‘मैले आदेशको पालना मात्रै गरेको हुँ।’

स्रोतका अनुसार काठमाडौँ महानगरपालिकाले बनाएको महानगर प्रहरी ऐनले महानगर प्रहरी नायव उपरीक्षकभन्दा माथिल्ला तहका प्रहरी अधिकारीलाई प्रमुख प्रशासकीय अधिकृतले कारवाही गर्न सक्ने अधिकार दिएको छ। त्यसपछि आफू कारवाहीमा पर्न सक्ने डरले उनले कार्यकारी अधिकृतसँग भेटेर माफी मागेका हुन्।

महानगर प्रहरी ऐन २०८० को दफा ३९ मा महानगर प्रहरीलाई सजायसम्वन्धी कार्यविधि उल्लेख छ । सो कार्यविधिअनुसार महानगर प्रहरी नायव उपरीक्षकसम्मलाई प्रहरी प्रमुखले नै कारवाही गर्न सकिने व्यवस्था छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 beb88 djarum4d djarum4d beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM