२०८१ चैत्र १९ गते, मंगलवार २२:४४

वेबसाइटमा निर्माण कार्य भइरहेको छ । साइट भिजिट गरिरहनु होला । धन्यवाद

प्राधिकरणमा नयाँ एमडीको नियुक्तिसँगै भारतबाट ४ घण्टा विद्युत थप, अब लोडसेडिङ नहुने

काठमाडौँ/ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का एवं परराष्ट्रमन्त्री डा. आरजु राणाको कुटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत दिने सहमति जनाएको छ । इण्डियन इनर्जी एक्सजेञ्जबाट थप ६०० मेगावाट विद्युत दिने स्वीकृत दिएको हो ।

उक्त विद्युत ढल्केवर-मुजफ्फरपुर प्रशारण लाईनबाट नेपालमा आउने भएको छ । हाल भारतले जुन ३० सम्मका लागि ईण्डियन इनर्जी एक्सचेञ्जबाट सोलार आवरमा १ हजार ४ मेगावाट विद्युत विद्युत उपलब्ध गराउँदै आएको थियो ।

ऊर्जामन्त्री खड्काको अनुरोध र परराष्ट्र मन्त्री राणाको कुटनीतिक पहलपछि भारतले थप विद्युत दिने सहमति जनाएको हो । नेपालमा सुख्खा याममा हुने विद्युत समस्याको समाधानकालागि भारतसरकारसँग थप विद्युत माग गरेकोमा भारतले सहमति जनाएर विद्युत उपलब्ध गराउनु हामी सबैका लागि खुसीको कुरा भएको मन्त्री खड्काले बताउनुभयो । उहाँले भन्नुभयो- नेपाली जनतालाई २४सै घण्टा विद्युत दिन सरकार प्रतिवद्ध छ, लोडसेडिङ हुने हल्ला मात्र हो , हल्लाको पछि कोही पनि नलागौँ ।“

नेपाल विद्युत प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको नियुक्ति सँगै लोडसेडिङ हुने हल्ला चलेको थियो । तर भारत सरकारले हाल उपलब्ध गराउँदै आएको विद्युतका अतिरिक्त ६ सय मेगावाट विद्युत दिने स्वीकृति प्रदान गरेसँगै लोडसेडिङ हुने खतरा टरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्