२०८३ बैशाख १७ गते, बिहीबार १५:१९

कृषि अनुदानमा हुने बदमासीको अन्त्य भएको छ : कृषिमन्त्री अधिकारी




काठमाडौँ । कृषि तथा पशुपन्छी  विकासमन्त्री रामनाथ अधिकारीले विगतमा  कृषि अनुदानमा  बदमासी भएपनि अब यस्को अन्त्य भएको  बताउनुभएको छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्रले आज ललितपुरमा गरेको कृषिमा लगानी सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दे कृषिमन्त्री अधिकारीले मन्त्रालयले हाल सम्मको अनुदान विवरण सार्वजनिक गर्ने कार्यको सुरुवात भएकाले  अव सबै अनुदान पारदर्शी  हुने र कसले केका लागि कति रकम लिएको हो सबैले थाहा पाउन सक्ने अवस्था वनेको छ, मन्त्री अधिकारीले भन्नुभयो ।

विगत पाँच वर्षमा १ खर्व ५ अर्ब रुपैयाँ रकम कृषि अनुदानमा गएको उल्लेख गर्दे मन्त्री अधिकारीले  विगतमा जस्तो सिधै मन्त्रालयबाट जाने अनुदान भने अहिले रोकिएको बताउनुभयो । कृषिमन्त्री अधिकारीले कृषिमा आत्मनिर्भरताका लागि सबै क्षेत्रको  प्रयास जरुरी रहेको र नीजि क्षेत्रको प्रयासले  मात्र कृषि क्षेत्रमा राज्यले लिएको  लक्ष्य पुरा हुन सक्ने बताउनुभयो ।  

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM