Friday, March 28, 2025
घरसमाचारचैतभित्र १४ मन्त्रालयमा १८ वटा सुविधा थप हुन्छ : स्वास्थ्य मन्त्रालय

चैतभित्र १४ मन्त्रालयमा १८ वटा सुविधा थप हुन्छ : स्वास्थ्य मन्त्रालय

८ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत महिनामा ‘स्वास्थ्य सेवा विस्तार’लाई अभियानको रुपमा थालनी गरिएको जनाएको छ ।

शुक्रबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो ।

मन्त्रालयले चैत महिनाभर प्रतिष्ठान र संघीय अस्पतालहरूमा सेवा विस्तार योजनाअन्तर्गत १४ वटा अस्पतालमा १८ वटा विभिन्न सेवा तथा सुविधा थप गरिने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

‘चैत महिनामा स्वास्थ्य सेवा विस्तार अभियानको रुपमा थालनी गरिएको छ । स्वास्थ्य मन्त्रालयको प्रतिष्ठान तथा संघीय अस्पतालहरुमा सेवा विस्तार योजनाअन्तर्गत १४ वटा अस्पतालमा १८ वटा विभिन्न सेवा सुविधा थप गरिने जानकारी गराउँछु,’ बुढाथोकीले भने ।

नसर्ने रोगहरूको पहिचानका लागि मन्त्रालयले सुरु गरेको एक महिने अभियान सम्पन्न भइसकेको पनि उनले बताए ।

त्यस्तै, वीर आपतालमा चैत दोस्रो सातादेखि काठमाडौं महानगरपालिकाकोसहयोगमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ जाँच सेवा गरिने मन्त्रालयको भनाइ छ ।

‘पक्षघातमा प्रयोग हुने औषधि महंगो हुने भएकोले आर्थिक अभावमा उपचार पाउन कठिनाइ खेप्दै आएका नागरिकका लागि सहज रुपमा उपचार दिलाउन पहल थाल्नु भएको थियो । त्यसैको लागि भन्दै एक वर्षलाई पुग्ने औषधि प्राप्त भएको छ,’ प्रवक्ता बुढाथोकीले जानकारी गराए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -