Saturday, March 22, 2025
घरसमाचारविद्यालय शिक्षा विधेयकको छलफलका लागि बनाइयो उपसमिति

विद्यालय शिक्षा विधेयकको छलफलका लागि बनाइयो उपसमिति

८ चैत, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा दफावार छलफल गर्न उपसमिति गठन गरेको छ ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो ।

सभापति अम्मरबहादुर थापाका अनुसार सबै दलको प्रतिनिधित्व रहेको सानो टिममा विधेयकका विवादित विषय टुंग्याएर छिटोभन्दा छिटो प्रतिवेदन पेश गर्ने गरी उपसमिति बनाइएको हो ।

उपसमितिलाई कतिपय समितिका अन्य सदस्य, विज्ञ र अन्य सरोकारवालाहरुसँग छलफल तथा परामर्श गरेर टुंगाउन भनिएको छ । आन्तरिक पनि बसेर टुंग्याउन भनिएको छ ।

उपसमितिमा सांसदहरु विश्वकर्मासँगै, डिगबहादुर लिम्बू, देवेन्द्र पौडेल, महेन्द्रकुमार राय, रामप्रकाश चौधरी, रेखा शर्मा, विना जैसवाल, विनिताकुमारी सिंह, सरिता भुसाल सदस्य रहेका छन् ।

एक सदस्य उपसमितिले कार्य प्रारम्भ गरेपछि थप्ने भनिएको छ । उपसमितिलाई ३५ दिनभित्र प्रतिवेदन पेश गर्न समय सीमा दिइएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -