Saturday, March 22, 2025
घरसमाचारदुई दिनकी सुत्केरी एसइईमा सहभागी

दुई दिनकी सुत्केरी एसइईमा सहभागी




बाजुरा । आज देखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बाजुराबाट एक सुत्केरी महिला समेत सहभागी हुनुभएको छ ।

जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर २ की दुई दिनकी सुत्केरी अम्रावती ल्वार एसइई परीक्षामा सहभागी हुनुभएको हो।

२० बर्षीया सुत्केरी ल्वार जगन्नाथ गाउँपालिका वडा नम्बर-१ स्थित सरस्वती माध्यमिक विद्यालय ढाडाकोटबाट नियमित विद्यार्थी हुन् ।

दुई दिनकी सुत्केरी ल्वार जगन्नाथ गाउँपालिका स्थित कैलाश माध्यमिक विद्यालयको परीक्षा केन्द्र महतीबाट एसइई परीक्षामा सहभागी हुनुभएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख टिकाराम जोशीले बताउनुभयो ।

प्रमुख जोशीका अनुसार दुई दिनकी सुत्केरी ल्वारलाइ घरबाट गाडीमा ल्याएर सहज रुपमा एसइई परीक्षा दिने वातावरण मिलाइएको छ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -