२०८३ बैशाख ४ गते, शुक्रबार ०५:३४

नेता उत्पादन गर्ने महेन्द्र मोरङ क्याम्पसको त्यो इतिहास

४ चैत, विराटनगर । देशको सर्वोच्च पद राष्ट्रपति बन्ने पहिलो महिला विद्यादेवी भण्डारीको विद्यार्थी राजनीति महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाटै सुरु भएको थियो ।

२०१२ सालमा स्थापना भएको महेन्द्र मोरङ क्याम्पसमा भण्डारी जस्ता अरु थुप्रै देश हाँक्ने नेताहरुले पढेका हुन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, पूर्वमन्त्री भरतमोहन अधिकारी, विजयकुमार गच्छदार, महेश आचार्य लगायतले यही क्याम्पस पढेका थिए ।

अर्थात् महेन्द्र मोरङ क्याम्पसको इतिहास असाध्यै गौरवपूर्ण छ । तर वर्तमान खस्कदो छ ।

‘हिजो खुला राजनीति गर्ने र प्रभाव विस्तार गर्ने मूल थलो थियो क्याम्पस । दलहरु प्रतिबन्धमा हुँदा विद्यार्थी मुभमेन्ट प्रभावकारी थियो,’ महेन्द्र मोरङका पूर्व स्ववियू सभापति महेश रेग्मी भन्छन्, ‘हिजोआज त्यो चार्मिङ छैन ।’

विद्यार्थी राजनीति कमजोर हुँदै गएको उनी बताउछन् । ‘हिजो विद्यार्थी राजनीतिबाटै सामाजिक उत्तरदायित्व, परिवतर्नका लागि योगदान दिनुपर्छ भन्ने बिचार प्रवाह हुन्थ्यो, त्यो बिस्तारै हराएर गएको छ,’ उनले भने, ‘विद्यार्थी शैक्षिक आन्दोलनतर्फ पनि केन्द्रीत भएको देखिदैन, चुनाव आउँदा मात्रै सक्रिय हुने अवस्था देखिन्छ ।’

पूर्वसभापति भीम पराजुली पनि विद्यार्थी राजनीति ओरालो लागेको बताउँछन् । ‘पहिले महेन्द्र मोरङको स्ववियु सदस्य पनि लिडर हुन्थ्यो, महेन्द्र मोरङले धेरै लिडरहरु जन्मायो,’ उनी भन्छन्, ‘अहिले विद्यार्थी आन्दोलन नै कमजोर भयो ।’

हिजो विद्यालय तहदेखि नै दीक्षत हुने परम्परा रहेको बताउँदै अहिले त्यो अवस्था नरहेको बताए । ‘विद्यार्थी आन्दोलन कमजोर हुँदा युवाको मुभमेन्ट कमजोर हुन्छ,’ उनले भने,‘ दलहरुले विद्यार्थीको महत्वलाई चासो दिन छाडे ।’ लोकतन्त्र प्राप्तीपछि विद्यार्थी आन्दोलनपछि विद्यार्थी मुभमेन्ट कमजोर भएको बताउँदै उनले दलहरुले आन्तरिक प्रतिस्पर्धालाई प्रोत्साहन गरेर युवालाई नीति निर्माणको तहमा लैजानुपर्ने बताए ।

नेता उत्पादनको कारखाना

महेन्द्र मोरङ क्याम्पसमा २०३६ सालमा पहिलो पटक स्ववियु निर्वाचन भएको थियो । त्यसबेला ध्रुवनारायण श्रेष्ठ स्ववियु सभापति भए । विद्यार्थी राजनीतिपछि उनी तत्कालीन विराटनगर उपमहानगर पालिकाको मेयर बने । उनी अहिले सक्रिय राजनीतिमा छैनन्।

२०३८ सालमा स्ववियु विजयकुमार गच्छदारको समूहले कब्जा गर्‍यो । पूर्वस्ववियु सभापति महेश रेग्मीका अनुसार २०३८ असोजमा भएको स्ववियु निर्वाचनमा सीताराम पोखरेलले जित्ने अवस्था थियो । तर मध्यरातमा मतपत्र जलाएर जबरजस्ती गच्छदारलाई सभापति घोषणा गरियो । तर उनले काम गर्न पाएनन्, २०३८ साल मंसिरमा भने फणिन्द्र तिम्सिनाको हत्या भएको थियो ।

तिम्सिनाको हत्यापछि स्ववियुले काम गर्न पाएन् । त्यसपछि २०४० मा भएको निर्वाचनमा सभापतिमा भरतराज पोखरेल निर्वाचित भए । पोखरेलकै समितिको कोषाध्यक्ष थिइन्, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी । पोखरेल पनि समय सक्रिय राजनीतिमा छैनन्।

२०४१ सालको स्ववियु सभापति रमेश भट्टराईले जिते । उनी पनि सक्रिय राजनीतिमा छैनन् । २०४३ को स्ववियु सभापति भुराज राईले जिते । विराटनगरको पूर्वउपप्रधानपञ्च बनेका उनी पछिल्लो समय एमालेको राजनीतिमा छन् ।

वि.सं.२०३६ सालदेखि स्ववियु निर्वाचनबाट सभापति बनेकाहरू हालसम्म महेन्द्र मोरङ क्याम्पस नेता उत्पादन गर्ने कारखानाको रुपमा परिचित छ ।

२०४५ मा महेश रेग्मी निर्वाचित भए । उनले २०४९ सालसम्म सभापति चलाए । उनी नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो सदस्य छन् । २०४९ सालको निर्वाचनमा यदु विष्ट सभापति निर्वाचित भए ।

उनी नेपाली कांग्रेसको राजनीतिमा छन् । विष्टपछि २०५१ सालको स्ववियु निर्वाचनमा गुरुराज घिमिरे निर्वाचित भए । उनी पनि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा छन् ।

२०५३ सालमा ऋषिकेश पोखरेल निर्वाचित भए । एमाले नेता पोखरेल संघीय संसदको सार्वजनिक लेखा समिति सभापति हुन् ।

२०५५ सालमा उपेन्द्र गच्छदार निर्वाचित भए । उनी पछिल्लो समय सक्रिय राजनीतिमा छैनन् । गच्छदारपछि २०५७ सालको निर्वाचनमा सागर थापाले सभापति जिते । उनी एमालेको वर्तमान जिल्ला उपाध्यक्ष हुन् ।

सागरको कार्यकालपछि २०६२ सालको स्वविय निर्वाचनमा भीम पराजुली निर्वाचित भएका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पराजुली विराटनगर महानगरपालिकाको पूर्वमेयर हुन्, कोशी प्रदेशको वर्तमान सांसद ।

२०६५ सालको स्ववियु निर्वाचनमा जयराम सुन्दास निर्वाचित भए । माओवादी केन्द्रमा आवद्ध उनी राजनीतिमा कम वकालत पेशामा बढी सक्रिय छन् । विराटनगरमा उनी ल फर्म चलाउँछन् ।

२०६५ पछि लामोसमयसम्म महेन्द्र मोरङमा स्ववियु निर्वाचन भएन । १४ वर्षपछि २०७९ साल भएको निर्वाचनमा जसवन्त पौडेल विजयी भए ।

त्रिपक्षीय प्रतिस्पर्धा

भोलि, चैत ५ गते हुने निर्वाचनबाट नयाँ नेतृत्व चयन हुनेछ । नयाँ नेतृत्वका लागि एक स्वतन्त्रसहित सात जना उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवार योगराज दाहाल नेपाल विद्यार्थी संघ इतर समूहका हुन् । नेवि संघ बाट दाहाल र प्रज्वल विष्टले उम्मेदवारी दिएको थियो । विष्टले आधिकारिता पाएका थिए ।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट अनिस बोगटी अध्यक्षको उम्मेदवार छन् । माओवादी कन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट रोहित यादव अध्यक्षको उम्मेदवार छन् ।

सभापतिमा विद्यार्थी जनमत संघबाट रुपेश सिंह, अखिल क्रान्तिकारी बहुमतबाट अनिसा राई, प्राज्ञिक विद्यार्थी परिषद्बाट विवस कटुवाल अध्यक्षको उम्मेदवार छन् । सात जना प्रतिस्पर्धी भएपनि मुख्य प्रतिस्पर्धा भने नेविसंघ, अखिल र अखिल क्रान्तिकारी मुख्य प्रतिस्पर्धी हुन् ।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट अनिस बोगटी अध्यक्षको उम्मेदवार छन् । माओवादी कन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट रोहित यादव अध्यक्षको उम्मेदवार छन् ।

नेविसंघ भित्र विवाद भएका कारण अखिल र अखिल क्रन्तिकारीले आफ्ना जित निकाल्ने दाबी गर्छन् । नेविसंघको संस्थापन पक्ष चुनाव जित्ने दाबी गर्छ ।

‘बिगतको भन्दा हाम्रो तयारी राम्रो छ,’ अखिल क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष अभिमन्यू यादव भन्छन्,‘ स्ववियुमा यसपाली हामीले जित्दैछौं ।’

एमालेको विद्यार्थी सगठन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा मोरङ सञ्चार्ज जोसेफ घिमिरेपनि निर्वाचन जित्ने दाबी गर्छन् । ‘तयारी राम्रै भइहरहेको छ, हामी चुनाव जित्छौं,’ उनले भने ।

नेविसंघ संस्थापन पक्षका नेता तथा वर्तमान स्ववियु सभापति जसवन्त पौडेल चुनाव जित्ने दाबी गर्छन् । ‘हाम्रो माहोल राम्रो छ, चुनाव जित्दैछौं,’ उनले भने,‘ अर्काे पक्षले खासै ठूलो असर गर्दैन ।’ महेन्द्र्र मोरङमा २ हजार ८ सय ९० छात्रा र ३ हजार ९४ जना छात्रा मतदाता छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM