Tuesday, March 18, 2025
घरभिडियो वाणीवरिष्ठ गायक रामप्रसाद खनालको नयाँ सांगितिक कोशेली ‘पानी लिन जाँदा खेरी’ सार्वजनिक...

वरिष्ठ गायक रामप्रसाद खनालको नयाँ सांगितिक कोशेली ‘पानी लिन जाँदा खेरी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाली लोकसंस्कृति तथा संगीत क्षेत्रमा निरन्तर योगदान दिँदै आउनुभएका वरिष्ठ गायक तथा संगीतकार रामप्रसाद खनालको नयाँ सांगितिक कोशेली ‘पानी लिन जाँदा खेरी’ सार्वजनिक भएको छ। इन्टरनेसनल मिडिया एण्ड इन्टरटेनमेन्ट हाउस, अमेरिकाको प्रस्तुति रहेको यस गीतलाई सुरेन्द्र बसेलले निर्देशन गर्नुभएको हो।

गीतमा रामप्रसाद खनाल र दीपाश्री निरौलाको स्वर रहेको छ भने संगीत विट्टले तयार पारेका छन्। गीतमा रामप्रसाद खनालकै शब्द रहेको छ।

गीतको भिडियोमा रामप्रसाद खनाल, दीपाश्री निरौला, गोविन्द मधुर आचार्य, निशा ढकाल, गोविन्द पौडेल, सुरज रिना, रश्मि सापकोटालगायतका कलाकारहरूको उत्कृष्ट अभिनय रहेको छ।

उक्त गीतले नेपाली संस्कृति, परम्परा तथा ग्रामीण जीवनशैलीलाई उजागर गर्ने प्रयास गरेको छ। भिडियोमा नेपाली गाउँघरको वास्तविक परिवेशलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।

विदेशमा रहेर पनि नेपाली लोकसंस्कृतिमा निरन्तर योगदान पुर्याउँदै आउनुभएका गायक खनालले यसअघि पनि थुप्रै लोकप्रिय गीतहरू पस्किसक्नुभएको छ। यस गीतले पनि दर्शक तथा स्रोताहरूको मन जित्ने विश्वास गरिएको छ।

गीत हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्:

 

 

 

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -