२०८३ बैशाख १ गते, मंगलवार ११:५९

विद्यार्थी युनियनको त्यो चुनाव, हिंसात्मक बनेको यो स्ववियु चुनाव

१ चैत, काठमाडौं । विराटनगर बहुमुखी क्याम्पसमा २८ फागुनमा नेपाल विद्यार्थी संघभित्रको आन्तरिक विवादका कारण तोडफोड र आगजनी गरे । तोडफोड र आगजानी हुँदा निर्वाचन अधिकृत सुशील अधिकारी कार्यालयभित्रै थिए । नेविसंघले लगाएको ताला फुटाएर प्रहरीले अधिकारीको उद्धार गर्‍यो । र, मानवीय क्षति हुन पाएन । आगजनी र तोडफोड गर्ने चार विद्यार्थीलाई प्रहरीले पक्राउ पनि गर्‍यो ।

‘विराटनगरमा नमज्जाको घटना भयो । निर्वाचन अधिकृतलाई थुनेर आगो लगाउनेसम्मको प्रयास भयो । प्राज्ञिक क्षेत्रमा यस्तो घटना हुन नहुने हो,’ त्रिविका पूर्वउपकुलपति कमलकृष्ण जोशीले भने, ‘विद्यार्थीले पुलिस कुटे पनि मुद्दा नचल्ने । आफ्नो पार्टीको भएपछि जे गरे पनि छुट भन्ने मानसिकताले गर्दा अराजकता बढ्दै गयो ।’

२९ फागुनमा कीर्तिपुरस्थित विश्वविद्यालय क्याम्पसमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने विषयमा विवाद भयो । निर्वाचन समितिका सदस्यलाई विद्यार्थीहरूले हातै काट्ने सम्मको धम्की दिए । यो घटनालाई पूर्वउपकुलपति जोशी विद्यार्थीको अराजकताको भएको टिप्प्णी गर्छन् ।

‘सरकार र दलको आडमा विद्यार्थीको अराजकता बढेको छ । यसमा दल र सरकार जिम्मेवार हुनुपर्छ,’ पूर्वउपकुलपति जोशीले भने ।

२३ फागुनमा त्रिभुवन विश्वविद्यालयको रेक्टर कार्यालय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीन कार्यालयमा पनि विद्यार्थीहरूले तोडफोड गरे । तोडफोड गर्ने विद्यार्थी नेता पक्राउ परेका छैनन् । संगठन दर्ताका दिन १९ फागुनमा रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा विद्यार्थीहरूले तोडफोड गरे । क्याम्पसमा तालाबन्दी गरे ।

प्राध्यापक लोकराज बराल पनि दलहरूकै खराब नियतका कारण स्ववियु भड्किलो भएको टिप्प्णी गर्छन् । ‘यो राजनीतिक हस्तक्षेपको कारण हो । एजुकेसनलाई नै भ्रष्ट बनाइयो । विद्यार्थीलाई पार्टीको कार्यकर्ता बनाउँदाको परिणाम हो,’ उनले भने ।

यी केही प्रतिनिधि घटना मात्र हुन् । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्याम्पसमा तालाबन्दी र तोडफोड दैनिकजसो भइरहेको छ । यी सबै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनकेन्द्रित घटना हुन् । स्ववियु निर्वाचनअन्तर्गत ५ चैतमा मतदान हुँदैछ । प्राध्यापकहरू पहिलेको चुनावभन्दा अहिलेको चुनाव हिंसात्मक र अराजक बनेको दाबी गर्छन् ।

जोशी र बरालको त्यो युनियनको चुनाव

२०१७ सालको कुरा हो । त्रिविका पूर्वउपकुलपति जोशी र प्राध्यापक बराल विद्यार्थी कालमा त्रिचन्द्र क्याम्पसबाट युनियनको चुनावमा उठेका थिए । त्यसबेला स्ववियु चुनाव भनिँदैनथ्यो, विद्यार्थी युनियनको चुनाव भनिन्थ्यो ।

जोशी लेफ्ट अर्थात् कम्युनिष्ट समूहबाट बराल प्रजातन्त्रिक समूहबाट युनियनको सभापतिका उम्मेदवार थिए । एक अर्काका प्रतिस्पर्धी थिए, जोशी र बराल । ‘हामी एक अर्काको दुश्मन थिएनौं । प्रतिस्पर्धी मात्र थियौं । अहिलेको जस्तो अराजकता थिएन,’ जोशीले भने ।

२०१७ सालको ‘कू’ हुनुभन्दा अगाडि युनियनको चुनाव भएको थियो । जसमा बरालले तीन मतले चुनाव हारे ।

‘कू हुनुभन्दा केही महिना अगाडि चुनाव भएको थियो । मैले तीन भोटले हारेको थिएँ । तर चुनाव धेरै राम्रो र रोचक हुन्थ्यो । कहाँ अहिलेको चुनाव कहाँ त्यो बेलाको चुनाव,’ बराल त्यो बेलाको चुनाव सम्झनयोग्य रहेको तर्क गर्छन् ।

तत्कालीन राजा महेन्द्रले ‘कू’ गरेपछि दलहरू प्रतिबन्दमा परे । र, युनियनको चुनाव जितेका जोशी जेलसमेत परे । ‘डेढ महिना जेल बस्नु पर्‍यो । दलहरू प्रतिबन्दमा परे । ठूलो आन्दोलन भयो,’ उनले भने, ‘पछि विद्यार्थी युनियनको सट्टा स्ववियुको नामले चुनाव हुन थाल्यो ।’

तिनै विद्यार्थी युनियनको चुनाव जितेका जोशी २०५१ सालमा त्रिविको उपकुलपति बने । स्ववियुको चुनाव गराउने जिम्मेवारीमा उनी पुगे । पूर्वउपकुलपति जोशी आफू उपकुलपति भएको समयमा पनि स्ववियु चुनाव अहिलेको जस्तो अराजक नभएको स्मरण गर्छन् ।

‘उपकुलपति भएपछि आफैंले स्ववियु चुनाव गराउने ठाउँमा पुगेँ । त्यो बेला विद्यार्थीको दबाब त आउँथ्यो, तर डर र धम्कीको सामना गर्नुपरेको थिएन,’ जोशीले त्यो समयलाई सम्झँदै भने, ‘दुई पटक स्ववियुको चुनाव सरेको थियो । तेस्रो पटक पनि सार्न ऐनले मिल्ने थिएन । शान्तिपूर्ण वातवरणमा चुनाव गराएको थिएँ ।’

तर अहिले क्याम्पस क्याम्पसमा तोडफोड आगजानी र कुटपिटका घटनाले स्ववियुमाथि नै प्रश्न उठ्न थालेको उनको तर्क छ । स्ववियुलाई मर्यादित बनाउने दायित्व विद्यार्थीको रहेको उनले बताए ।

‘विद्यार्थी अनुशासित हुनुपर्‍यो । विश्वविद्यालयले नियमन गर्न सकेन भने सरकारको सहयोग माग्नु पर्‍यो । चुनावलाई हिंसात्मक बनाउनु हुँदैन,’ उनले भने ।

 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 m77 bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM