Sunday, March 23, 2025
घरसमाचारपीएम कपमा कोशीलाई मधेशको बलियो लक्ष्य

पीएम कपमा कोशीलाई मधेशको बलियो लक्ष्य

२७ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेलहरू भइरहेका छन् ।

सिदार्थ रंगशालामा जारी खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई बलियो लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ५० ओभरमा ६ विकेट गुमाएर २८४ रन बनायो ।

मधेशका लागि पवन सर्राफले सर्वाधिक ९२ रन बनाए । चोटका कारण लामो समयपछि क्रिकेटमा फर्केका सर्राफले पहिलो खेलमै लय देखाए ।

कप्तान अनिल साहले ७५ तथा दिपेश दासले अविजित ५६ रन बनाए । हरिशंकर साहले २९ रन बनाए ।

कोशीका लागि बिपिन महतो र प्रकाश कार्कीले २-२ विकेट लिए भने फिर्दोश अन्सारी र दिपेश कँडेलले १-१ विकेट लिए ।

कोशीले पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको थियो । मधेशले आज पहिलो खेल खेल्दै छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -