२०८३ बैशाख १ गते, मंगलवार ११:०८

पूर्वराजाको स्वागतमा के भयो दिनभर ? अब के हुन्छ ?

२५ फागुन, काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा पोखराबाट ‘अर्थपूर्ण’ भिडियो सन्देश जारी गरेर आइतबार काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजावादीहरुले जुलुससहित निर्मल निवास पुर्‍याएका छन् ।

पोखरास्थित पुरानो विमानस्थलबाट समिट एयरको १८ सिटे चार्टर्ड विमानमार्फत अपराह्न ४ बजे काठमाडौं ओर्लिएका पूर्वराजा शाहलाई उनका समर्थकहरुले तामझामसहित स्वागत गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुका अनुसार, आइतबारको शक्ति प्रदर्शन पूर्वराजा ज्ञानेन्द्र शाह मात्र नभई, उनले १८ दिनअघि दिएको अभिव्यक्तिको भव्य स्वागत हो । शाहले ७ फागुनमा १० मिनेट लामो भिडियो वक्तव्य जारी गर्दै ‘देशको उन्नतिका लागि अब के–के त्याग गर्नुपर्ने हो, त्यसका लागि तयार रहेको’ बताएका थिए ।

https://www.youtube.com/watch?v=ZIMOIDUdC9I

‘अब समय आयो – राष्ट्र जोगाउने हो, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका लागि हामीलाई साथ दिन देशवासीलाई आह्वान गर्दछौं’, उनले भनेका थिए । शाहको यो अभिव्यक्तिपछि राप्रपा, राप्रपा नेपालसहित राजावादी समूहहरु हौसिएका छन् ।

‘राजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको सन्देशपछि राजसंस्था पक्षधर राजनीतिक दल, संगठन, समूह र व्यक्तिहरु एकदमै उत्साहित भएका छौं, त्यसैले उहाँको अभिव्यक्तिको स्वागत गरेका हौं’, राप्रपा प्रवक्ता मोहन श्रेष्ठ भन्छन्, ‘यसरी खुलेर आउनु भएपछि त्यसको समर्थनमा आज स्वेच्छिक रुपमा हजारौं मानिसहरु भेला हुनुभयो ।’

शाह आइतबार काठमाडौं आउने कार्यक्रम तय हुनुअघि राप्रपाले आमसभा राखेको थियो । तर, पूर्वराजा शाह आउने निश्चित भएसँगै राप्रपाले आमसभा स्थगित गरेर उनको स्वागत गर्न पार्टी पंक्ति परिचालन गर्ने निर्णय गरेको थियो ।

‘त्यसक्रममा समान विचार धारणा भएका व्यक्ति, दललाई समन्वय गरेर विमानस्थलमा पुग्यौं’, श्रेष्ठ थप्छन्, ‘स्वागतमा विभिन्न स्वतन्त्र समूह, व्यक्ति र संघसंस्थाका शुभेच्छुकहरु पनि उपस्थिति हुनुहुन्थ्यो ।’

प्रदर्शनबाट उत्साहित राजावादी

पूर्वराजा शाह आइतबार काठमाडौं आउने तय भएसँगै राप्रपा, राप्रपा नेपालसहित राजसंस्थाप्रति आस्था राख्नेहरुले सडकमा निस्किन सामाजिक सञ्जालमार्फत आह्वान गरेका थिए । राजावादी नेतासँगै कलाकार, अभियन्ताहरूले पनि सडकमा आउन आह्वान गरेका थिए ।

पहिले विभिन्न समूहमा विभाजित राजसंस्थावादीहरु यसपटक पूर्वराजाको सन्देशले एकठाउँमा जम्मा भएका थिए । यस्तोमा राजावादीहरुको तयारी बुझेर प्रहरीले समेत पूर्वराजा ज्ञानेन्द्रको सवारी रुटमा सुरक्षा व्यवस्था कडा पारेको थियो ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङका अनुसार, राप्रपाले पूर्वराजा शाहलाई शान्तिपूर्ण रुपमा स्वागत गर्ने भनेर पहिल्यै प्रशासनलाई जानकारी दिएको थियो ।

‘उहाँहरुले स्वागत गर्ने भनेर प्रशासनलाई जानकारी गराएपछि त्यही अनुसार सतर्कता अपनाएका थियौं’, राईले अनलाइनखबरसँग भने, ‘भिड जम्मा हुँदा कुनै अप्रिय घटना नहोस् भनेर बाक्लो सुरक्षा परिचालन गरेका थियौं ।’

मध्याह्न १२ बजेबाटै सुरु भएको राजावादीहरुको चहलपहलले दिनभर ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो । दिउँसो २ बजेतिर तिनकुनेमा राजसंस्थाका समर्थकहरु प्रदर्शनका लागि भेला हुँदा गैरिगाउँ आसपास केही घन्टा रिङरोड ‘वानवे’ मात्र सञ्चालन भयो । प्रहरीले कतिपय सवारी साधनहरुलाई बागमती करिडोरतिर डाइभर्ट गराइदियो ।

सुरक्षा संयन्त्रले गृह मन्त्रालयमा गरेको रिपोर्टिङ अनुसार सबै राजावादी घटकहरु एकठाउँमा उभिँदा आइतबार राजावादीको शक्ति प्रदर्शनमा करिब १५ हजार मानिस सहभागी भए

‘पहिल्यैदेखि केही हजारको संख्यामा मानिसहरु आउनसक्ने आँकलन गरेर एकीकृत सुरक्षा योजना बनाएर सुरक्षा रणनीति बनाएका थियौं, त्यसमा प्रहरीसँगै सशस्त्र र राष्ट्रिय अनुसन्धान विभाग पनि सम्मेलित थियो’, काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी भन्छन्, ‘त्यसअनुसार, पहिल्यै सूचना संकलन, रुट व्यवस्थापन लगायतका काम गरेकाले यसलाई म्यानेज गर्न सहज भयो ।’

करिब ३ बजेतिर करिडोरतर्फबाट विमानस्थलतिर निस्किने बाटोमा प्रदर्शनकारीको भिडका कारण सडक अस्तव्यस्त बन्यो । त्यही बेला गौशाला, तीनकुने र करिडोर दुवैतर्फबाट विमानस्थल गेटमा पुगेका राजावादीहरुले ज्ञानेन्द्र शाहको पक्षमा नारा लगाएका थिए । उनीहरुले राजा आउ देश बचाउ लगायतका नारा लगाएका थिए ।

मुख्य सडकमा दुवैतर्फ प्रहरीले पहरा दिएर बीचमा खाली गराउने प्रयास गरेको थियो । एम्बुलेन्स लगायतका अत्यावश्यक सवारीसाधनहरु कटाउन प्रहरीले त्यो नीति अपनाएको थियो ।

तर, अपराह्न ४ बजेतिर विमानस्थलमा ओर्लिएर पूर्वराजा शाह बाहिर निस्किएपछि प्रहरीलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो । विमानस्थलको मुख्य गेटबाट अगाडि निस्किने वित्तिकै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका कमल थापा लगायतले उनलाई त्यहीँ भेटेर स्वागत गरेका थिए ।

गेटबाहिर केही हिन्दु धर्मगुरुहरु पूर्वराजा शाहलाई कुरेर बसेका देखिन्थे । विगतमा दुर्गा प्रसाईं नेतृत्वको समूहले गर्ने प्रदर्शनमा समेत धर्मगुरुहरु देखिने गरेका थिए ।

त्यसबेला विमानस्थलदेखि सञ्चारग्रामसम्म राजसंस्थावादीको भीड देखिएको थियो भने गौशाला, गुह्येश्वरीमा पनि छुट्टाछुट्टै समूह बसेको थियो । त्यहाँ ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाहज्यूलाई स्वागत गर्दछौं’ लगायत लेखिएका ब्यानर समेत बोकेर राजसंस्थाका समर्थक बसेका थिए ।

संवाद र सहमतिबाट नवीन समझदारी गर्न अगाडि बढौं होइन, भने प्रिय अप्रिय सबै गतिविधि भोग्न तयार हुनुपर्छ – मोहन श्रेष्ठ, प्रवक्ता, राप्रपा

चाबहिलमा आकाशेपुलभरि समेत प्रदर्शनकारी भेला भएका थिए । बालुवाटार, शीतलनिवास र निर्मलनिवास वरिपरि पनि छुट्छुट्टै समूहहरु आएका थिए ।

नेपाल प्रहरीका एक उच्च अधिकृतका अनुसार, राजसंस्थाको पक्षमा प्रदर्शन गर्नेहरु प्रहरीसँग आमनेसामने हुने अवस्थामा संयमका साथ न्यूनतम बल प्रयोग गर्ने नीति लिएको थियो ।

‘लोकतन्त्रमा कसैलाई विरोध प्रदर्शन गरेकै भरमा दमन गर्ने भन्ने कुरा भएन’, ती अधिकृत भन्छन्, ‘त्यसैले शान्तिपूर्ण प्रदर्शनलाई समन्वय नै गरेका थियौं ।’

काठमाडौं प्रहरी प्रमुख अधिकारी पनि कानून बमोजिम हुने विरोध प्रदर्शनलाई प्रहरीले समन्वय नै गर्ने बताउँछन् । ‘कानून उल्लंघन गर्ने प्रयास भयो भने मात्र कानूनी कारबाही हुने हो, बल प्रयोग गर्ने हो’, उनले थपे ।

राप्रपाले दिन खोजेको सन्देश

प्रहरीले गृहमा गरेको रिपोर्टिङ अनुसार आइतबारको प्रदर्शनमा सबै ठाउँ गरी कम्तिमा १५ हजार प्रदर्शनकारी सहभागी थिए । तर, राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ भने सबैतिर गरेर एक लाखको हाराहारीमा मानिसहरु उपस्थित भएको दाबी गर्छन् ।

राप्रपा नेताहरुले पछिल्लो समय बढ्दै गएको माहोललाई देखाएर गणतन्त्रवादी नेताहरुलाई ‘नवीन समझदारी’का लागि तयार रहन चेतावनी दिइरहेका छन् ।

‘यो दलहरुलाई राप्रपाको शान्तिपूर्ण राजनीतिक प्रस्ताव हो, आइतबारको प्रदर्शनको सन्देश पनि त्यही हो’, राप्रपा प्रवक्ता श्रेष्ठ भन्छन्, ‘संवाद र सहमतिबाट अगाडि बढौं होइन, भने प्रिय अप्रिय सबै गतिविधि भोग्न तयार हुनुपर्छ ।’

तर, राजनीतिशास्त्री प्रा. डा. लोकराज बराल अहिलेको परिस्थितिमा सबै राजावादी घटकहरु एकठाउँमा उभिँदा १०–१५ हजार मानिसहरु भेला हुनु ठूलो कुरा नभएको बताउँछन् ।

अहिलेको परिस्थितिमा सबै राजावादी घटकहरु एकठाउँमा उभिँदा १०–१५ हजार मानिसहरु भेला हुनु ठूलो कुरा होइन – लोकराज बराल, राजनीतिशास्त्री

‘अढाइ सय वर्षको इतिहास भएको संस्थाको पक्षमा एक लाख नै मानिस सडकमा आएको भए पनि कुनै ठूलो कुरा होइन, अहिलेको समयमा राजतन्त्र फर्किन्छ भन्ने शतप्रतिशत लाग्दैन’, उनी भन्छन्, ‘पहिले ज्ञानेन्द्र वा अरुले भयंकर राम्रो काम गरेको भए पनि उनीहरुले गर्छन् भन्ने हुन्थ्यो, तर त्यस्तो आदर्श पनि देखिएको छैन ।’

बरु ज्ञानेन्द्रकै कार्यकालमा लोकतन्त्रलाई मासिएको, नागरिक स्वतन्त्रतालाई कुल्चिएको इतिहास भएकाले जनता उनको पछाडि नलाग्ने बरालको विश्लेषण छ ।

‘जनता अहिले आएका नयाँ युवाका पछाडि लाग्न सक्छन्, तर जुलुस गरेर राजा भन्ने मलाई लाग्दैन, अहिलेका जनता त्यति लाटा होइनन्’, उनी थप्छन् । यद्यपि, अहिलेका राजनीतिज्ञहरुले जनतामा उत्साह दिन नसकेकाले केही मानिसहरु भेला भएको उनी बताउँछन् ।

‘यति जनताले साँच्चै राजा चाहेको भए त चुनावमा राप्रपाको भयंकर मत हुनुपर्‍यो, जबकि यसका अध्यक्ष राजेन्द्र लिङ्देनले नै झापामा एमालेसँग गठबन्धन गरेर जितेका हुन्’, बराल थप्छन्, ‘अहिले असन्तुष्टिले केही प्रतिशत मानिसहरु सडकमा बढेको मात्र हो ।’

गणतन्त्रवादी नेताहरु भने पूर्वराजा शाहलाई देशमा गणतन्त्र भएकै कारण उनले आफ्ना समर्थक भेला गर्न पाएको टिप्पणी गर्छन् । नागरिक समाजका अगुवा एवं मानवअधिकारकर्मी कृष्ण पहाडी पूर्वराजाले नवीन समझदारी र मेलमिलापको तुरुप फाले पनि १०/२० हजार मान्छे भेला गरेर व्यवस्था नउल्टिने जिकिर गर्छन् ।

‘अहिलेका राजनीतिक दलहरु सुध्रने अवस्था नहुँदा कसैले खेल्नसक्छ, तर अहिलेको संविधान मास्न विदेशी स्वदेशी कसैले पनि सक्दैनन्’, उनले अनलाइनखबरसँग भने, ‘त्यसैले मेरो जीवनकालमा राजसंस्था फर्किने परिस्थिति नदेखे पनि नेताहरु सुध्रिनुपर्छ भन्ने लाग्छ ।’

राजनीतिशास्त्री प्रा. डा. बराल चाहिँ पूर्वराजा शाहले अराजक गतिविधि गर्दै गए उनलाई दिँदै आएका सुरक्षाकर्मीहरुको सुविधालगायतका विषयमा कटौती गर्दै जानुपर्ने बताउँछन् । उनी थप्छन्, ‘त्यस्तै अवस्था आए उनलाई नियन्त्रणमा लिनुपर्ने पनि हुनसक्छ ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 m77 bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM