२०८३ बैशाख १ गते, मंगलवार ११:५६

‘राजाको फागुन ७ को सम्बोधनले हामीलाई उत्साहित बनायो’

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री भए देशको अन्योल हटेर अमनचयन कायम हुने ठान्छन् । आफ्नो पार्टीले २०४६ र २०६२/०६३ को परिवर्तनले दिएका सकारात्मक उपलब्धिलाई निरन्तरता दिन तयार हुने भन्दै लिङ्देनले समावेशिता समानुपातिकता लगायत प्रावधानको समर्थन पनि गरेका छन् ।

विगतमा एमाले अध्यक्ष केपी ओलीको समर्थनमा सांसद अनि माओवादी अध्यक्ष प्रचण्डको मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री बनेका लिङ्देन यो संसदीय कार्यकालको बाँकी अवधि आफूलाई प्रधानमन्त्रीकै अफर आए पनि सरकारमा नजाने दाबा गर्छन् । लिङ्देनसँग अनलाइनखबरका बसन्त बस्नेतले गरेको कुराकानी :

अघिल्लो साता मोटरसाइकल चलाउँदै राजधानीमा जुलुस गर्नुभयो । पोखराबाट फर्किंदै गरेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्ने कार्यक्रम पनि तय भयो । तपाईंहरुले चलाउँदै आएको राजावादी अभियान द्रूत बनाउन खोज्नुभएको हो ?

हामी देशको शासन व्यवस्था र प्रणालीमा सुधार खोजिरहेका छौं । त्यस सुधारका लागि संवैधानिक राजा, जनतामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेजी, सुशासन स्थापना लगायत अभियानमै थियौं । यो अभियानमा जाँदा हामीले आफ्ना एजेन्डालाई खुलस्त राख्दै आएका पनि हौं ।

देशभर प्रदेशस्तरीय, जिल्लास्तरीय सभा गरेर चैतमा काठमाडौं केन्द्रित कार्यक्रम गर्ने योजना सार्वजनिक नै थियो । पछिल्लोपटक चाहिँ राजाको फागुन ७ को सन्देशपछि हामी अझै उत्साहित बनेर आउन खोज्नु स्वभाविक नै छ ।

पूर्वराजाको सन्देशमा पनि आफू सक्रिय बन्न चाहेको भाव प्रष्ट आएको देखिन्छ । तर पूर्वराजालाई फेरि शक्तिमा ल्याउँ भन्ने पक्षहरु संगठनात्मक रुपमा कति धेरै अलग-अलग ?

पक्कै पनि संगठन महत्वपूर्ण पक्ष हो । नेपालमा राजसंस्था चाहिन्छ भन्ने राजनीतिक पक्ष एकदमै मजबुत र संगठित अवस्थामा छ । मुद्दामा सहमति राख्ने समूह/व्यक्तितर्फ औंल्याउनुभएको हो भने त्यस्ता साथी र समूह विस्तारै एक ठाउँमा आइरहेको अवस्था छ । देखिएका मात्रै होइनन्, कांग्रेस एमाले र माओवादीमा रहेका साथीहरु पनि ठूलो संख्यामा यो अभियानमा जोडिन थालेका छन्, जसलाई हाम्रा नेताहरुले विगतमा गल्ती गरे भन्ने थियो तर त्यो प्रकट रुपमा आउन सकेको थिएन । मोटरसाइकल र्यालीमा पनि त्यस्ता कतिपय जोडिए ।

सडक कब्जा गर्नु त यहाँ संस्कार जस्तै बनेको छ । तर विमानस्थल जस्तो अत्यावश्यक र संवेदनशील ठाउाँ किन कब्जा गर्ने ?

सकभर मर्का नपर्ने गरी नै गर्न खोजेको हो । गोल्डेन गेटभन्दा बाहिर नै रहने हो, भित्र जाने केही नेता वा अगुवाले पनि स्वीकृति लिएर जाने भन्ने हो ।

पूर्वराजालाई पछिल्लोपल्ट कहिले भेट्नुभयो ? उहाँको मनोदशा चाहिँ कस्तो पाउनुभएको छ ?

चार/पाँच महिना भयो नभेटेको । राजासँग भेट भएर, व्यक्तिगत सम्बन्ध/सम्पर्क राम्रो भएर राजतन्त्र चाहिन्छ भन्ने पक्षमा म उभिएको होइन । नेपाल जस्तो भूराजनीतिक अवस्था भएको देशका लागि ठिक गर्ने वा बेठिक गर्ने भन्ने होइन, बेठिक गर्न नदिने अभिभावकका रुपमा राजसंस्था नै उपयुक्त हुन्छ । चुनाव जितेर बन्ने राष्ट्रपतिको दलगत बफादारिताभन्दा निष्पक्ष राजसंस्था नै उपयुक्त हुन्छ । मान्छेहरुलाई लाग्दो हो, हामी जे पनि राजासँगै छलफल गरेर गर्छौं । तर उहाँको चाहनाभन्दा पनि देशको आवश्यकताले गर्दा हामी निर्देशित हुन्छौं । ७ फागुनको राजाको सन्देशले पनि भन्छ– देश यत्तिकै जानुहुन्न, बरु त्यसका लागि हामीले के त्याग गर्नुपर्र्छ गरौं भनेर ।

पूर्वराजाका पालामा के थियो, अहिले के छैन, जसका कारण अहिले राजा चाहियो ?

हिजो राम्रो भएन भनेर अहिले नराम्रो गरिरहने छुट दलहरुलाई छैन । २०४६ सालको परिवर्तनले प्रजातन्त्र, २०६३ ले लोकतन्त्र, गणतन्त्र आयो । राजाको डेढ वर्षे पत्यक्ष शासनबाहेक अहिलेकै ठूला दल कांग्रेस–एमाले सत्तामा रहे । नेता पनि तिनै केही अनुहारको शासन रह्यो । यो बीचमा हामीभन्दा कमजोर देशहरुले प्रगति गरे ।

कसैलाई सक्रिय राजसंस्था चाहिएको होला, हामीलाई संवैधानिक परिधिभित्रको राजसंस्था चाहिन्छ ।

चीन र भारतको दाँजोमा हामी कहाँ छौं ? उनीहरुसँग प्रत्यक्ष सम्भावना उजागर गर्दा हामी किन कमजोर ? भुटान समेतले गर्दा हामीले नगर्नुपर्ने कारण के छ ? त्यसैले हिजो राजसंस्थाको पालामा राम्रो थियो भनेर जस्ताको त्यस्तै फर्किनुपर्छ भनेका छैनौं । हामीले देशलाई जीवनकालमै बनेको, अघि बढेको देखेर मर्ने हो भने सबैका बीचमा अब नवीन समझदारी हुनुपर्छ ।

कस्तो हुन्छ त्यो नवीन समझदारी ?

हिजोका पनि राम्रो कुरा, अहिलेका पनि राम्रा कुरा समावेश हुनुपर्छ । नेपालका तीन महत्वपूर्ण कुरा, २००७ सालले प्रजातन्त्र, २०४६ ले बहुदलीय व्यवस्था, २०६२–०६३ ले समावेशी समानुपातिक दिएको छ । कुनै आन्दोलनमा हामी जन्मेकै थिएनौं होला, कुनैमा असहमति थियो होला । र, त्यसमा नमिलेका कुरा मिलाएर जाउँ । राजादेखि माओवादीसम्म मिलाएर जाउँ, निषेध गरेर होइन । अब कसैलाई निषेध नगर्ने मौलिक व्यवस्था निर्माण गरेर जाउँ । सबै अटाउँछन् त्यसमा ।

तपाईंले निषेध नगर्ने भने पनि यसको प्राप्ति गर्न २०७२ सालको संविधानलाई निषेध गरेर अघि बढ्नुपर्ने हुन्छ, होइन ?

हामीले मागेका कुरा संविधानमा छैनन्, तर संविधानले निषेध पनि गरेको छैन । संविधानले निषेध गरेको कुरा सार्वभौमिकता जनतामा निहित, अखण्डताको कुरामा अडान लिएको छ । बाँकी विषयहरुबारे संविधानले नै संशोधनीय छन् भन्ने मान्छ । यसमा नराम्रा मात्रै छैनन्, राम्रा पनि छन् । छुटेका कुरा राखेर देशलाई अघि लैजाउँ ।

तपाईंहरुले राम्रा कुरा जोगाउने त भन्नुभयो । पूर्वराजालाई सहभागी गराएर तपाईंहरुले सयौं थुँगा फूलका हामी, राष्ट्रगान गाउनुभएन, श्रीमान् गम्भीर नेपाली पो गाउनुभयो । यसको अर्थ के हो ?

हामीले आफैं आयोजना गरेको कार्यक्रम होइन । कसैले राजालाई अघि राखेर यो गीत बजाउँछ भने उसको कुरा हो । कसैलाई सक्रिय राजसंस्था चाहिएको होला, हामीलाई संवैधानिक परिधिभित्रको राजसंस्था चाहिन्छ । सबैको सहमतिमा राजा आउने भनेपछि राष्ट्रगान के हुने, अरु अधिकार र सुविधा के हुने भन्ने छलफलबाटै अघि बढौंला नि ।

तपाईंलाई इमानदारीपूर्वक नै संवैधानिक राजसंस्था चाहिएको होला । तर विगतमा राजा आफैंले पटकपटक त्यस्तो समझदारी कुल्चेको होइन ? राजालाई किन शंकाको लाभ दिने ?

हिजो संविधानमा त्यस्तो ठाउँ राखियो, जसले सक्रिय राजा हुन उचित थियो कि थिएन भन्नेबारे धेरै मूल्यांकन पनि भइसक्यो । राजालाई त्यसबेला सक्रिय हुने बाटो दलहरुले राखिदिएका थिए ।

अब राजालाई ल्याएर संवैधानिक लगाम लगाउनुपर्‍यो ?

राजा निरंकुश हुन्छन् भने रोक्ने व्यवस्था संविधानमा हुनुपर्‍यो । फेरि सक्रिय हुन नपाउने प्रावधान हुनुपर्यो । बेलायतमा चार्ल्स प्रथमलाई काटेर मारियो, राजसंस्था अन्त्य भयो । तर केही समयपछि फेरि गद्दीमा राखियो, सीमा निर्धारण पनि गरियो । अझसम्म त्यो लोकप्रिय संस्थाको रुपमा स्थापित छ । राजाको पक्ष लिनु भनेको प्रजातन्त्रको विरोध गर्नु होइन भनेर स्थापित भयो । राजा र जनता सँगै जान सक्छन् भनेर युग अनुकूलको सुधारिएको व्यवस्थाको कुरा गरिएको हो ।

अरु दक्षिणपन्थी नेताहरु समानुपातिक, समावेशीको विरोध गर्थे । तपाईं चाहिँ यो परिवर्तनको समर्थन गर्नुहुँदोरहेछ, होइन ?

राप्रपाले आफ्नो डकुमेन्टमा पनि यो लेखेको छ । मलाई लाग्छ, हाम्रा नेताहरुले पनि स्वीकार गर्नुहुन्छ । नमिलेका कुरा अझै मिलाउँ । समानुपातिकको कुरा गर्दै दलित, पिछडिएको वर्ग ल्याउने नाममा आफ्नो मान्छे, श्रीमती, चलखेलका आधारमा टिकट दिइयो होला । यस्तो दुरुपयोग नहोस् । कमजोरीहरु छाड्ने हो भने यो सहभागिता चाहिँ अभूतपूर्व छ ।

नेपालमा कसैको उक्साहटमा मात्र परिवर्तन सम्भव छ भन्ने षड्यन्त्र सिद्धान्त नै छ । राजा पनि सक्रिय, तपाईंहरु पनि जुरुक्क । तपाईंहरुलाई चाहिँ अहिले कसले उचालेको छ ?

होइन, कसैको उक्साहटमा नलाग्ने संस्था बनोस् भनेरै राजसंस्था मागेको हो । राजसंस्थाको अन्त्य नेपाली जनताको चाहना होइन, विदेशीको उक्साहटमा भएको हो भन्ने सबैलाई थाहा छ ।

तर, नेपालकै राजाले दिल्लीमा गएर सम्झौता गरेको दृष्टान्त पनि छ नि ?

तपाईंले २००७ सालको कुरा गर्नुभएको होला । राजा त्रिभुवनले त्यो बेला सकारात्मक परिवर्तनका लागि दलहरुलाई नै लिड गरिदिनुभएको हो । राजा विदेशीको दबाब र प्रभावमा आउँदैनन् भनेर राजसंस्था आवश्यक भनेको पनि यसै कारणले हो ।

नेपाल जस्तो भूराजनीतिक अवस्था भएको देशका लागि ठिक गर्ने वा बेठिक गर्ने भन्ने होइन, बेठिक गर्न नदिने अभिभावकका रुपमा राजसंस्था नै उपयुक्त हुन्छ । चुनाव जितेर बन्ने राष्ट्रपतिको दलगत बफादारिताभन्दा निष्पक्ष राजसंस्था नै उपयुक्त हुन्छ ।

२००७ सालमा चाहिँ दिल्लीको हस्तक्षेप वा कुनै खालको भूमिका थिएन, राजाकै नेतृत्व थियो उसो भए ?

अर्को देशको राजनीतिक गतिविधिमा अरुको चासो र प्रभाव रहने अवस्थामा छिमेकीको अरु देशको सद्भाव रहोस् भन्ने चाहना हुनु बेग्लै कुरा हो । तर हस्तक्षेपको कल्पना हामी गर्दैनौं । राजाले दलहरुलाई मिलाएर प्रजातन्त्रको लागि सकारात्मक भूमिका खेल्नुभएको हो ।

अहिले भाजपा, दिल्ली संस्थापनका शक्तिहरु, उत्तर प्रदेशका योगी आदित्यनाथसँग पूर्वराजा ज्ञानेन्द्रले बढाएको उठबसलाई कसरी बुझ्ने ?

मलाई त्यस्तो लाग्दैन । सबै कुरा सार्वजनिक नै छ । योगी आदित्यनाथसँग राजाको व्यक्तिगत सम्बन्ध पुरानो हो, आजभोलि देखिएको नयाँ विकास होइन । विश्व हिन्दु महासंघ लगायतका सम्बन्धकै निरन्तरता हो । नयाँ केही जोडिराख्न आवश्यक छैन ।

अब राप्रपा एकताको कुरा । केही महिनाअघि कमल थापाले अनलाइनखबरसँग भन्नुभएको थियो, लिङ्देनले चाहे एक सातामा राप्रपा मिल्छन् । तर मिलेन हगी ?

राप्रपा कहाँ अनेक छ र ? अहिले पनि एक नै छ त । महाधिवेशनपछि कमल थापा दाइले छाडेर हिँड्नुभयो । उहाँसँग नमिल्ने बित्तिकै एक छैन भन्ने अर्थ तपाईंहरुले पनि लगाइदिनुभएन । विगतमा जस्तो दुई/तीन राप्रपाका रुपमा विभाजित भएको अवस्था अहिले होइन । बीचमा छलफल भइरहेकै छ । सबै कुरा मिल्यो भने भविष्यमा समस्या नआउने टुंगो भयो भने सम्भावना हुन्छ ।

कहिलेसम्म टुंगिन्छ ?

आजभोलि नै त एक हुने सम्भावना छैन । प्राथमिकतामा पर्नु पनि पर्यो । सबै साथीभाइले अनि उहाँले पनि प्राथमिकता दिनुपर्‍यो।

केले रोकेको छ ?

त्यो तहमा अहिले हामी पुगेकै छैनौं । उहाँले महाधिवेशनको परिणाम किन मान्नुभएन भनेर प्रष्ट गर्नुपर्छ । किन हिन्दु गणतन्त्रको कुरा आकस्मिक रुपमा उठाएर जानुभयो ? चित्त नबझु्नेबित्तिके राजसंस्थाको मुद्दा चटक्कै छाड्नुभयो ? अब गल्ती नहुने ग्यारेन्टी के छ ? कार्यकर्ताले यस्तो प्रश्नको जवाफ खोज्छ नि ?

तपाईंले पनि ओलीको समर्थनमा सांसद जित्नुभयो, प्रचण्डको क्याबिनेटमा मन्त्री बन्नुभयो । तपाईंले पनि गणतन्त्रका नेतालाई मान्नुभएकै छ नि ?

हामीले के बिर्सनुहुँदैन भने हामी बहुदलीय प्रणालीमा छौं । फरक दर्शन र मान्यता भएकासँग पनि इस्यूमा सहकार्य वा प्रतिस्पर्धा हुन्छ । कांग्रेस–एमालेसँग नमिल्ने, सहकार्य नगर्ने भन्ने हुँदैन । कांग्रेस र माओवादी जस्ता एकअर्काको टाउकाको मोल तोक्नेहरु त सहकार्यमा गए । त्यसैले म धेरै गहिराइमा जान चाहन्नँ । बहुदलीय मूल्य–मान्यतामा भविष्यमा पनि सहकार्य हुनसक्छ । तर मूल मान्यतामा सम्झौता गर्यौं कि त्यसरी नचुकी सहकार्य गर्यौं भनेर हेर्ने हो ।

कमल थापा अहिलेभन्दा निर्णायक पार्टीको नेता भए पनि पालैपालो कांग्रेस, एमाले र माओवादीको सरकारमा उपप्रधानमन्त्री बन्नुभयो । हामीले प्रचण्डको क्याबिनेटमा गए पनि पृथ्वीनारायण शाहको जन्मदिवसका दिन पृथ्वीजयन्तीको घोषणा गरायौं । यस्ता अरु उपलब्धि गरेका छौं । यसैकारण मूल्य–मान्यताका आधारमा हेर्ने हो ।

अब चाहिँ एमाले–कांग्रेससँग जानुहुन्न ?

म त यो पाँच वर्षको कार्यकालमा प्रधानमन्त्री नै दिए पनि म जान्नँ । जबकि, राप्रपाभन्दा साना पार्टी पनि यहाँ पाए प्रधानमन्त्रीको दाबी गर्ने अवस्थामा छन् ।

यो तपाईंको व्यक्तिगत संकल्प हो कि पार्टीकै हो ?

अहिलेलाई यो मेरो व्यक्तिगत हो । तर पार्टीमा यसरी सोच्ने साथीहरु हुनुहुन्छ ।

अहिलेको गठबन्धनलाई चाहिँ कसरी हेर्नुभएको छ ?

यो व्यक्तिगत स्वार्थमा बनेको गठबन्धन हो । कुनै पनि बेला ढाल्न सक्छन् । तर दललाई भन्दा पनि देशलाई निकास दिनका लागि दलहरुबीच नयाँ सहकार्य हुन जरुरी छ । कसैले कसैलाई निषेध नगर्ने परिस्थिति बनोस्, केवल सत्ताको लागि नबनोस् ।

प्रचण्ड र ओली दुवैसँग काम गरेको अनुभव छ तपाईंसँग । कोसँग काम गर्न बढी सजिलो रहेछ ?

केपी ओलीसँग त मेरो खाली चुनावी तालमेल मात्रै भयो । संयोग नै भनौं, दुवै चुनावमा हामीले सहकार्य गर्‍यौं । ती बाहेक अरु कुनै सत्ता सहकार्य र नीतिगत निर्णयका अनुभव छैनन् ।

जहाँसम्म प्रचण्डजीको कुरा छ, ३०/४० दिनमा के अनुभव हुनु र ? तर मन्त्रालय नेतृत्व गर्दा मैले फ्रीह्यान्ड (स्वतन्त्रतापूर्वक) नै गरें । मलाई प्रधानमन्त्री (प्रचण्ड)को कुनै हस्तक्षेप थिएन मात्र होइन, मैले ठूल्ठूलै योजनाहरु प्रस्ताव गरेको थिएँ । जस्तैः बूढीगण्डकीलाई बहुउद्देश्यीय आयोजनामा लैजाने र त्यसलाई नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा निर्माण गर्ने र त्यसको लागि विद्युत प्राधिकरणको सेयर निस्कासन गर्ने र रकम जुटाउने, ग्रीन हाइड्रोजन नीति निर्माण गर्ने र मुलुकलाई हाइड्रोजन युगमा प्रवेश गराउने प्रस्तावहरू मैले गरेको थिएँ । उहाँले ‘एकदमै राम्रो, ल राम्ररी अगाडि बढाऔं’ भन्नुभयो ।

विद्युत खरिद सम्झौता एकदमै चर्चामा रह्यो । १५ सय मेगावाटको बिजुलीको खुब लेनदेनको कुरा चलिरहेको थियो । तर राजेन्द्र लिङ्देनले त्यहाँ छुट्टै लेनादेना गर्‍यो कि ? हेरौं, पर्खौं भनेर कुनै हस्तक्षेप गर्नुभएन ।

सबैभन्दा पहिले त पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउने निर्णय गर्दा उहाँहरूले यो तपाईंहरुको मात्र होइन, हामी सबैको विषय हो, हिजो जे भयो भयो, यसलाई हामीले अगाडि बढाउनुपर्छ भनेर निर्णय गर्नुभयो । यसमा केपी ओली समेत सामेल हुनुहुन्थ्यो । तर प्रधानमन्त्रीको रुपमा प्रचण्डजीले सकारात्मक भूमिका खेल्नुभयो । हामीले बसेर राप्रपाले समर्थन गरेको प्रधानमन्त्रीले कमसेकम दौरा सुरुवाल लगाएर सपथग्रहण गरेको हेर्न मन छ भन्दा केपी ओलीले पनि भन्नुभयो, त्यो राम्रो कुरा हो । लगाउनुपर्छ ।

यसरी हेर्दा कति मानिसले भन्छन्, कांग्रेस, एमाले र माओवादीले नयाँ सम्झौता गर्छ त ? राजासहितको प्रजातन्त्रको पक्षमा जान्छन् त, यस्तो कुरा पत्याइन्छ भन्छन् । तर ठिक ढंगले एकले अर्कोलाई बुझाउने हो र कोही निषेधित नहुने अवस्था निर्माण गर्ने हो भने दलहरू सहमतिमा आउन सक्छन् ।

तर, गणतन्त्रका नेताहरू इतिहासका केही सकारात्मक चिज छन् भने त्यसलाई मानिहाल्दा रहेछन् । पृथ्वीनारायणको इतिहासलाई पनि निषेध नगर्ने, दौरा–सुरुवाल हाम्रो पोशाक र मौलिकतालाई जोगाउनुपर्छ भन्दा पनि तयार हुने । कुमारीलगायत के-के पूजा गर्नुपर्छ, गरिहाल्ने !

होइन, गणतन्त्रका नेताहरूभन्दा पनि यो सबैले गर्नुपर्छ । अहिले राप्रपाले खास प्रयास गरिरहेको पनि यही हो । हिजो तपाईंहरूले गणतन्त्र अथवा अहिलेको जे व्यवस्था छ धर्मनिरपेक्षता, संघीयता लयातका यी व्यवस्था राम्रै हुन्छ भनेर ल्याउनुभयो होला । भन्दा विदेशीको उक्साहट, दबाब र प्रभावमा भनिए पनि, यी अभियोगहरू नलगाऔं, राम्रै हुन्छ भनेर ल्याउनुभयो होला । सुविचारका साथ ल्याउनुभयो होला । तर यो हाम्रो यो गणतान्त्रिक व्यवस्था अभ्यासको झन्डै दुई दशकले के प्रमाणित गर्‍यो भने यो ठिक बाटोमा गइरहेको छैन । यति सानो देशमा यति धेरै जनप्रतिनिधिहरूको संख्या अर्थतन्त्रको हिसाबले पनि पाल्न सक्दैन ।

हामीले भनेका संविधानमा राष्ट्रपति जतिसुकै निष्पक्ष र अभिभावकीय संस्थाको रुपमा परिकल्पना गरे पनि, चुनावबाट जाने, पार्टीको सिफारिसमा जाने त्यो मान्छे सबैको अभिभावक र निष्पक्ष हुन सक्दैन भन्ने कुरा तीनवटा राष्ट्रपतिबाट देखियो । यिनै कुराहरू महसुस गरेर ल है हिजो राजाबाट यी–यी योगदान भएका थिए, अब यी कुरा गर्न नपाउने, गल्ती गरे यसो गर्ने भन्ने व्यवस्था सहितको नयाँ सम्झौता गरेर जानुपर्छ ।

तपाईंले सहकार्य गर्ने शक्ति र व्यक्तिहरू कहिले साम्प्रदायिकता भड्काउने, कुनै समुदाय विशेषलाई लाञ्छना लगाउने कार्यमा अघि बढे । त्यस्ता शक्तिसँग किन सहकार्य गरिरहेको तपाईंले ?

अहिले हामीले त्यस्तो कुनै सहकार्य गरिरहेका छैनौं । सहकार्य गर्दा पनि हामीले कुनै निश्चित बुँदाहरु निर्धारण र सार्वजनिक गरेर गर्छौं । कुनै पनि प्रकारको साम्प्रदायिक क्रियाकलापलाई हाम्रो तर्फबाट प्रोत्साहन गर्दैनौं । मेरो पृष्ठभूमि नै हेर्नुभयो भने म त्यस्तो कुरामा विश्वास राख्दिनँ । नेपालमा राजसंस्था र हिन्दुराष्ट्र चाहिन्छ भनेकै त्यही भएर हो कि, नेपाल यति सानो देश, यतिधेरै भाषा, संस्कृति, धार्मिक समूह भएर पनि सदियौंदेखि मिलेर बसेका छन् । यो सहिष्णुताको अनुपम नमूना हो ।

दुनियाँमा एउटा मात्रै धर्म भएका, दुईटा मात्रै धर्म भएका देशमा पनि कुन प्रकारको द्वन्द्व छ ? दुई धर्म भएको देशमा पनि मारामार छ । एउटा मात्रै धर्म भएको देशमा पनि सम्प्रदायको नाममा मारामार छ । तर हामी यति धेरै जाति, भाषा, धर्म, संस्कृति भएको देशमा पनि मानिसहरू मिलेर बसेका छन् । यसलाई जोगाउनुपर्छ ।

अहिलेका मुख्य दलहरूले बुझ्नुपर्‍यो, देशको स्थिति जटिलभन्दा जटिल बन्दै गइरहेको छ । लोकतन्त्रको नाममा जुन किसिमले लुटतन्त्र विद्यमान छ, त्यसलाई नरोक्ने हो भने भोलि विद्रोह पनि हुनसक्छ ।

त्यसैका लागि हिन्दु राष्ट्रको मियो र अभिभावकको रूपमा राजा चाहिन्छ भनेर लागेको मान्छे हुँ । त्यसैले मैले कुनै पनि हिसाबले साम्प्रदायिकतालाई प्रोत्साहन गर्ने काम गर्दिनँ र मेरो पार्टी राप्रपाले पनि गर्दैन । त्यसमाथि पनि निजी क्षेत्रलाई निरुत्साहित गर्ने, उद्योगी व्यवसायीलाई निरुत्साहित गर्ने, त्यसमा पनि कुनै सम्प्रदायको भएकै कारण मानिसहरु हेपिनुपर्ने अभ्यासको म सधैं विपक्षमा हुन्छु ।

भनेपछि, त्यस्ता खाले व्यक्तिहरुसँग तपाईंहरुको कुनै घोषित सहकार्य छैन ?

अहिले त छँदैछैन । पछि गर्नुपर्‍यो भने पनि विषय किटान गरेर मात्र सहकार्य हुन्छ । बाँकी त आ–आफ्नो हुनुपर्यो । र, म कसैलाई पनि यस्ता खालका क्रियाकलाप गर्नुहुँदैन भन्छु ।

तपाईं विश्वास दिलाउन सक्नुहुन्छ, तपाईंहरुले आयोजना गर्ने कुनै पनि प्रदर्शन शान्तिपूर्ण र मर्यादित नै हुन्छ भनेर ?

एकदम । राष्ट्रिय प्रजातन्त्र पार्टी सबै प्रदर्शन शान्तिपूर्ण हुनुपर्छ, अहिंसात्मक हुनुपर्छ, देशले थप द्वन्द्व बेहोर्न सक्दैन भन्ने पक्षमा छ । तर एउटा कुरा बडो कठोरतापूर्वक भन्न चाहन्छु, अहिलेका मुख्य दलहरूले बुझ्नुपर्‍यो, देशको स्थिति जटिलभन्दा जटिल बन्दै गइरहेको छ ।

मैले संसदमा पनि भन्दै आएको छु, लोकतन्त्रको नाममा जुन किसिमले लुटतन्त्र विद्यमान छ, त्यसलाई समयमै नरोक्ने हो भने र देशलाई निकास नदिने हो भने भोलि विद्रोह पनि हुनसक्छ । त्यो अवस्था नआउँदै अहिलेको संस्थापन पक्षले सबै पक्षसँग संवाद प्रारम्भ गरिहाल्नुपर्छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 m77 bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM