२०८२ श्रावण ४ गते, आईतवार ०३:१०

वुमन्स डे कप : नामिबियासँग नेपाल ९१ रनमा अलआउट

२४ फागुन, काठमाडौं । युगाण्डामा आजदेखि सुरु भएको वुमन्स डे कप टी-२०आई प्रतियोगिताको पहिलो खेलमा नेपालले नामिबियासँग खेलिरहेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नामिबियालाई ९२ रनको लक्ष्य दिएको छ । नेपाल २० ओभरमा ९१ रनमा अलआउट भएको हो ।

नेपालका लागि सम्झना खड्काले १८ तथा कविता जोशीले १६ रन बनाए । पुजा महतोले १३ रन बनाइन् । ईश्वरी विष्ट १७ रनमा अविजित रहिन् ।

नामिबियाका लागि विल्का मतिले र मेकेलाए मातिलेले ३-३ विकेट लिए । केलन ग्रिनले २ तथा आरास्ता डिरगार्टले १ विकेट लिइन् ।

आजै भएको पहिलो खेलमा युगाण्डाले हङकङलाई पराजित गरेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM