इलाम । इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको उपाधि लागि आज दुई विभागीय टिम त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लब बीच प्रतिस्पर्धा हुदैछ । क्लब ओए सीस इलामको आयोजनामा ठुलो टुँडिखेलमा दुई टिम भिड्दै छन् ।
आर्मीले सेमिफाइनलमा आयोजक ओए सीस क्लब इलामलाई पराजित गर्दै उपाधि होडमा उभिएको हो भने एपीएफले विभागीय टोली नेपाल पुलिसलाई पराजित गर्दै उपाधिका लागि मैदान उत्रँदै छ । आर्मीलेले ओएसिसलाई २-० गोलले पाखा लगाएको थियो भने एपीएफले पुलिस सँग १-० को कठिन जीत निकालेको थियो । एपीएफको पहिलो रोजाइमा राष्ट्रिय टिममा १० खेलाडी एक साथ खेल्दै छन् ।
आर्मीले पनि राष्ट्रिय टिमको खेलाडी सहित नेपाली राष्ट्रिय टिमकी दोस्रो रोजाइको गोलरक्षक अञ्जना राना मगरलेले गोल पोस्ट सम्हाल्ने छिन । आर्मीले खेलमा राष्ट्रिय टिमकी डिफेन्डर विमला बिके, पूर्व राष्ट्रिय खेलाडी शर्मिला थापा , राष्ट्रिय टिमकी स्ट्राइकर विमला चौधरी, राष्ट्रिय टिमकी दोस्रो रोजाइकी गोलरक्षक अञ्जना राना मगर , चन्द्रा भण्डारी, अञ्चली वाइबा हेमा चौधरी, सुनिता चौधरी लगायत खेलाडी मैदान उतार्दै छ । एपीएफले प्रीति राई, निशा थोकर , अनिता केसी, अनिता बस्नेत, रश्मि कुमारी घिसिङ, गीता राना, सविता राना मगर, सावित्री किसन, रेनुका नगरकोटी, सरु लिम्बू मनमाया दमाई लगायतका राष्ट्रिय टोलीका खेलाडी मैदान उतार्ने छ । दुवै टिम उपाधि उचाल्न आ आफ्नै रणनीतिका साथ मैदान उतार्दै आर्मीका टिम कोच कृष्ण सिंह टुङ्नाले र एपीएफका कोच जिवेस पाण्डेले बताएका छन् ।
नेपाल र भारतका गरी आठ टिम सहभागी प्रतियोगिता फागुन १७ गते देखि सञ्चालन भएको हो । प्रतियोगितामा विभागीय टिमहरू त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लब , साथै पदमा स्पोटिङ क्लब ओखलढुङ्गा, बागमती युथ क्लब सर्लाही, आयोजक क्लब ओए सीस सहभागी थिए भने भारतको मानेभञ्ज्याङ फुटबल क्लब र मदरटेरेसा फुटबल क्लब सहभागी भए ।
प्रतियोगिताको विजेताले नगद ४ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।