२०८३ बैशाख ४ गते, शुक्रबार ०६:१०

महिला सशक्तीकरणमा सिद्धार्थ बैंकको अग्रसरता

काठमाडौं । सिद्धार्थ बैंकले आफूलाई महिलामैत्री बैंकको रूपमा अघि सारेको छ । महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक स्वावलम्बन रहेकोले बताउँदै बैंकले आफ्नो सेवा महिलामैत्री बनाएको हो ।

महिलाहरू आर्थिक रूपमा सशक्त भए मात्र उनीहरूले समाजमा आफ्नो अधिकार सुनिश्चित गर्न सक्छन् भन्ने अभिप्रायलाई आत्मसात गर्दै महिलामैत्री सेवामा केन्द्रित भएको प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेलले बताए ।

बैंकले ‘महिला सशक्तीकरणमा सिद्धार्थ बैंकको प्रतिबद्धता, महिला उद्यमशीलताको प्रवर्द्धनमा सिद्धार्थ बैंकको अग्रसरता’ भन्ने नारासमेत तय गरेको छ ।

वित्तीय समावेशितालाई समेत ध्यानमा राख्दै आर्थिक उपार्जनका क्षेत्रमा महिलालाई मद्दत पुग्ने गरी बैंकिङ गर्दै आइरहेको प्रमुख कार्यकारी अधिकृत कडेल बताउँछन् । ‘हामीले महिलाहरुको सवलिकरणमा काम गर्न खोजिरहेका छौं । यसका लागि उहाँहरुलाई बचत कसरी गर्नेदेखि लिएर वित्तीय साक्षरता प्रदान गर्ने, उद्यम गर्न चाहनेहरुलाई क्षमता अभिवृद्धिमा मद्दत पुर्‍याउनुका साथै बजारीकरणमा समेत काम गर्न सकियोस भनेर काम गर्न चाहिरहेका छौं ।’

सिद्धार्थ बैंकले महिला सशक्तीकरणलाई संस्थागत प्राथमिकता दिंदै आएको छ । बैंकले महिला उद्यमशीलताको प्रवर्द्धन गर्न विभिन्न प्रकारका वित्तीय सुविधाहरू उपलब्ध गराउँदै आएको छ ।

विशेष गरी, बैंकले महिलाहरूलाई लक्षित गरी सरल तथा न्यून व्याजदरमा कर्जा सुविधा प्रदान गर्दै आएको छ, जसले व्यवसायमा संलग्न हुन चाहने महिलाहरूलाई सशक्त बनाएको प्रमुख कार्यकारी अधिकृत कडेलले बताए ।

बैंकिङ सुविधालाई महिला मैत्री बनाउन हरेक किसिमका सुविधामा ध्यान पुर्‍याउने गरेको छ । बैंकले महिलाका लागि विशेष बैंकिङ सेवा, वित्तीय साक्षरता कार्यक्रम तथा डिजिटल बैंकिङमा पहुँच विस्तार गर्दै लैङ्गिक समानतामा योगदान पुर्‍याइरहेको उनको दाबी छ ।

 बैंकले आन्तरिक रूपमा समेत महिला कर्मचारीहरूको सहभागिता बढाउने नीति अपनाउँदै लैङ्गिक सन्तुलन कायम गर्न सक्रिय भूमिका खेलिरहेको कडेलले बताए ।

सिद्धार्थ बैंकमा हाल एक हजार ९२९ जना कर्मचारी कार्यरत रहेका छन्, जसमा ७३५ जना महिला कर्मचारी छन् । कुल कर्मचारी संख्यामा महिलाको सहभागिता ३८.१० प्रतिशत रहेको हो । यसले बैंकको लैंगिक समावेशी नीतिलाई राम्रोसँग देखाउन सकेको छ ।

महिला-केंद्रित बैंकका रूपमा सिद्धार्थ बैंकले महिला कर्मचारीलाई थप प्राथमिकता दिने नीति अवलम्बन गर्दै आइरहेको छ ।

कार्यस्थलमा लैंगिक समानता प्रवर्द्धन गर्न महिला कर्मचारीका लागि सीप विकास, नेतृत्व तालिम, प्रोमोशन अवसर तथा कार्यस्थलमैत्री नीति लागू गरेको छ ।

बैंकले उच्च व्यवस्थापकीय तहमा पनि महिलाको संख्या बढाउने रणनीति अवलम्बन गर्दै आइरहेको छ । महिला मैत्री बैंकको नीति अवलम्बन गर्दै आएको सिद्धार्थ बैंकको पहलहरुले संख्यात्मक सहभागिता वृद्धिमा समेत सकारात्मक भूमिका खेल्दै आएको छ ।

सिद्धार्थ बैंकले प्रवाह गरेको रिटेल कर्जा

सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरूलाई व्यक्तिगत आवश्यकताहरू पूरा गर्न विभिन्न प्रकारका रिटेल कर्जा (Retail Loan) प्रवाह गर्दै आएको छ । यस प्रकारको कर्जा व्यक्ति विशेषको विभिन्न आर्थिक आवश्यकताहरू पूरा गर्न प्रयोग गरिन्छ, जस्तै: घर कर्जा (Home Loan) घर किन्न वा निर्माण गर्न, सवारी साधन कर्जा (Auto Loan) गाडी खरिद गर्न, उच्च शिक्षा अध्ययनका लागि शिक्षा कर्जा (Education Loan), व्यक्तिगत कर्जा (Personal Loan) अन्य व्यक्तिगत खर्चहरू पूरा गर्न आदि ।

सिद्धार्थ बैंकबाट यस्तो कर्जा २८ हजार ४६१ जनाले लिएका छन् ।  महिलाहरूको सहभागिता ३०.४३ प्रतिशत रहेको छ । यस्तो कर्जा  महिलाको व्यक्तिगत जीवनस्तरमा राम्रो सुधार आइरहेको छ । उनीहरुलाई घर, सवारी साधन, स्वास्थ्य, तथा शिक्षामा लगानी गर्न सजिलो भएको छ । जसले गर्दा आर्थिक गतिविधिमा महिला सशक्तीकरण बढ्दै गइरहेको छ ।

महिला उद्यमशीलता प्रवर्द्धन

सिद्धार्थ बैंकले व्यवसाय प्रवर्द्धन गर्न विभिन्न प्रकारका कर्जा सुविधा प्रदान गर्दै आएको छ। विशेष गरी, एकल स्वामित्व व्यवसायहरू (Proprietorship Businesses) लाई लक्षित व्यवसायिक कर्जा बैंकको प्रमुख वित्तीय सेवामध्ये एक हो । यस्ता व्यवसायहरूमा व्यवसायको सम्पूर्ण स्वामित्व, व्यवस्थापन तथा नाफा-नोक्सानको जिम्मेवारी सोही व्यक्तिले लिन्छ ।

बैंकको व्यवसायिक कर्जा योजना अन्तर्गत, एकल स्वामित्व व्यवसायहरूलाई दिइने कर्जामा महिलाहरूको सहभागिता उल्लेखनीय छ । हालसम्म ६,२०६ जनाले यो कर्जा लिएका छन्, जसमा २,१४५ जना महिला रहेका छन् (३४.५६ प्रतिशत)। यो तथ्याङ्कले व्यवसाय क्षेत्रमा महिलाहरूको संलग्नता विस्तार भैरहेको संकेत गर्छ ।

सिद्धार्थ बैंकले महिला उद्यमशीलता प्रवर्द्धन गर्न महिलाको पूर्ण स्वामित्वमा सञ्चालित व्यवसायहरूलाई विशेष प्राथमिकता दिँदै आएको छ । हालसम्म, बैंकले महिला शेयरधनी रहेको २,०३२ वटा व्यवसायलाई कर्जा प्रवाह गरेको छ, जसमध्ये १३५ वटा व्यवसाय पूर्ण रूपमा महिलाको स्वामित्वमा रहेका छन्। यसबाट देखिन्छ कि महिलाद्वारा पूर्ण स्वामित्वमा सञ्चालित व्यवसायहरूको संख्या अझै कम छ, जसलाई बढाउन राज्यले विशेष व्यवसायिक तालिम, सल्लाह तथा अनुदान सहायता प्रदान गर्न आवश्यक छ ।

निक्षेपकर्ताहरूमा महिलाको सहभागिता

सिद्धार्थ बैंकका कुल सक्रिय ग्राहक संख्या १७ लाख ७६ हजार ९०४ जना  रहेका छन् । जसमा पुरुष ग्राहकको संख्या १० लाख २३ हजार ३२३ जना  अर्थात ५७.५९  प्रतिशत रहेको छ भने महिला ग्राहकको संख्या ७ लाख ५३ हजार ५८१ जना  अर्थात ४२.४०  प्रतिशत रहेको छ ।  यसले नेपालको वित्तीय पहुँचमा महिलाको बढ्दो सहभागितालाई संकेत गर्दछ ।

महिला ग्राहकको संख्या वृद्धि गर्न बैंकले आकर्षक सेवा सुविधा प्रवाह गर्दै आइरहेको छ । जसमा महिलालाई बचतमा आकर्षित गर्न विशेष ब्याजदर तथा सुविधासहितका निक्षेप योजनाहरू छन् । यसरी, सिद्धार्थ बैंकले महिला ग्राहकको सहभागिता बढाउन महिलामैत्री वित्तीय योजनाहरू लागू गर्न सक्छ, जसले आर्थिक समावेशीकरणलाई थप मजबुत बनाउनेछ ।

महिला लक्षित बैंकिङ सेवा तथा कार्ड प्रयोग

-क्रेडिट कार्ड प्रयोगकर्ता: ५३,५८६ जनामध्ये १०,७७२ जना महिला (२०.१० प्रतिशत)

-डेबिट कार्ड प्रयोगकर्ता: ८,५७,६०४ जनामध्ये ३,२६,५५७ जना महिला (३८.०८ प्रतिशत)

-प्रीपेड कार्ड प्रयोगकर्ता: २६,६६३ जनामध्ये ८,९३८ जना महिला (३३.५२ प्रतिशत)

सिद्धार्थ बैंकमा महिलाहरुको विद्यमान तथ्याङ्कले बैंकिङ क्षेत्रमा महिलाहरुको सहभागिता क्रमिक रुपमा सुधार भइरहेको संकेत गरेको प्रमुख कार्यकारी अधिकृत कडेलको विश्लेषण छ । बैंकले यसभन्दा अगाडि कहिल्यै पनि यसरी तथ्याङ्क विश्लेषण नगरेको उनले बताए । बैंकले महिलाको एङ्गलबाट पनि हेर्न थालेकोले आगामी दिनमा कुनै पनि नीति बनाउदै गर्दा एड्रेस गर्दै जाने उनले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

सिद्धार्थ नारी बचत खाता तथा डेबिट कार्ड

सिद्धार्थ बैंकले महिलाहरूका लागि विशेष “सिद्धार्थ नारी बचत खाता” सञ्चालनमा ल्याएको छ, जसमा शून्य ब्यालेन्समा खाता खोल्न सकिने तथा उच्च ब्याजदर प्रदान गरिने सुविधा छ। साथै, बैंकले नेपालमै पहिलो पटक “नारी डेबिट कार्ड” ल्याएको छ, जसबाट गरिएका कारोबारको ०.१० प्रतिशत रकम नारी स्वास्थ्य कोषमा जम्मा हुने व्यवस्था गरिएको छ।

महिलाको समग्र विकासका लागि बैंक एक्लैको कदमले मात्रै पुग्दैन । यसका लागि राष्ट्रले नै पहल कदमी अपनाउनु पर्ने सिइओ कडेलले बताए । उनले भने, ‘राज्यले महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम मार्फत उद्यमशिलता विकासदेखि लिएर महिलालाई संरक्षण गर्ने गरी नीति निर्माण गरेको छ । यसमा हामीले पनि एउटा इट्टा थप्ने प्रयास गरिरहेका छौं ।’

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सिद्धार्थ बैंकले महिला सशक्तीकरण, वित्तीय समावेशीकरण, उद्यमशीलता प्रवर्द्धन, र कार्यस्थलमा लैङ्गिक समानतालाई अझ सशक्त बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM