२०८२ मंसिर २१ गते, आईतवार २१:५२

जनतालाई सुरक्षित, सुलभ र गुणस्तरीय खानेपानी प्रदान गर्न सरकार प्रतिबद्ध छ: मन्त्री यादव

 विराटनगर । खानेपानी मन्त्री प्रदीप यादवले नेपाली नागरिकलाई सुरक्षित, सुलभ र गुणस्तरीय खानेपानी प्रदान गर्नका लागि नेपाल सरकार दृढ प्रतिबद्ध रहेको बताउनुभएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगर, मोरङको कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै नेपाल सरकारले दिगो विकास लक्ष्यअनुसार सुरक्षित खानेपानी तथा वैज्ञानिक ढल व्यवस्थापनलाई राष्ट्रिय प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “सुरक्षित, सुलभ र गुणस्तरीय खानेपानी प्रत्येक नागरिकको मौलिक अधिकार हो । यसलाई कार्यान्वयन गर्न सरकार दृढ इच्छाशक्ति राखेर अगाडि बढिरहेको छ ।”

त्यसैगरी, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगर, मोरङको नयाँ कार्यालय भवन निर्माणले यस क्षेत्रको खानेपानी तथा ढल व्यवस्थापन योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्वपूर्ण योगदान गर्ने मन्त्री यादवले विश्वास व्यक्त गर्नुभयो ।

“आधुनिक संरचना, दक्ष जनशक्ति र प्रविधियुक्त सेवामार्फत नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता छ । विराटनगर तथा आसपासका नगरवासीलाई सुरक्षित, दिगो तथा आधुनिक खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य हामीले राखेका छौँ,” उहाँले भन्नुभयो ।

मन्त्री यादवले जलवायु अनुकूलित खानेपानी योजना तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै ‘एक घर, एक धारा’ अभियानलाई तीव्रता दिने योजना सरकारको रहेको जानकारी दिनुभयो । संघीय, प्रदेश तथा स्थानीय सरकारबीच समन्वय सुदृढ गर्दै खानेपानी तथा ढल व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने सरकारको प्रमुख लक्ष्य रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “शहरी तथा ग्रामीण क्षेत्रमा वैज्ञानिक ढल प्रशोधन प्रणालीलाई प्रभावकारी बनाउने, दुर्गम क्षेत्रमा खानेपानी सेवा विस्तार गर्ने, स्थानीय तहसँग सहकार्य गर्दै खानेपानी तथा सरसफाइसम्बन्धी जनचेतना कार्यक्रम अभिवृद्धि गर्ने र वित्तीय तथा प्राविधिक क्षमता सुदृढ गर्दै आगामी दिनमा थप आयोजनाहरू कार्यान्वयन गर्ने नीति सरकारले अवलम्बन गर्नेछ ।”

मन्त्री यादवले मन्त्रालयबाट अनुमोदित योजनाहरूलाई तीव्र रूपमा कार्यान्वयन गरी प्रशासनिक तथा प्राविधिक पक्षको शीघ्र समीक्षा गर्दै प्रक्रिया सहज बनाइने उल्लेख गर्नुभयो। साथै, सम्बन्धित निकायहरूसँग समन्वय गर्दै स्रोत स्वीकृत भएका आयोजनाहरूलाई प्रभावकारी रूपमा सम्पन्न गरिने उहाँको भनाइ छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगर, मोरङको कार्यालय भवन उद्घाटनले समग्र क्षेत्रमा स्वच्छ खानेपानी तथा वैज्ञानिक ढल व्यवस्थापनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै उहाँले उक्त कार्यका लागि संलग्न सबै निकायलाई बधाई तथा धन्यवाद ज्ञापन गर्नुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM