२०८३ जेष्ठ २९ गते, शुक्रबार १६:००

सुखानीका सहिदहरू अंकित हुलाक टिकटमा टाँचा




काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले झापाको सुखानी आन्दोलनमा सहादत प्राप्त गर्नुहुने पाँचजना सहिदहरूको फोटो अंकित हुलाक टिकटमा प्रथम दिवसीय आवरणमा टाँचा लगाउनुभएको छ ।

टिकटमा टाँचा लगाउँदै सभामुख घिमिरेले नेपालीहरूको स्वतन्त्रता, मुक्ति र उत्थानका लागि अग्रपङ्क्तिमा रहेर आन्दोलन गर्ने सहिदहरूको सम्मानमा सरकारले हुलाक टिकट प्रचलनमा ल्याएर सकारात्मक सुरुवात गरेको बताउनुभयो ।

उहाँले राजनीतिक शासन पद्धति र सञ्चालनमा केही अप्ठ्यारो परिस्थिति आएको हो की भन्ने जनमानसमा आशङ्का देखिएको भन्दै त्यसलाई चिर्न राजनीतिक दल र नेताहरू इमानदारीताका साथ अगाडी बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहिद रामनाथ दाहालको धर्मपत्नी विशेश्वरा दाहालले आफ्ना श्रीमानले हत्या हुने अघिल्लो दिन लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात् नेताहरू विभिन्न लोभ, लालच र प्रलोभनमा फसेर देश र जनताको हितमा काम गर्न सकेनन् भने जनताले खबरदारी गर्नुपर्छ भन्नुभएको स्मरण सुनाउनुभयो ।

सहिदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, विरेन्द्र राजवंशी, कृष्ण कुइँकेल र नारायणप्रसाद श्रेष्ठलाई २०२९ साल फागुनमा झापाबाट इलाम जेल सार्ने बहानामा तत्कालीन सरकारले हत्या गरेको थियो ।  

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM