२०८३ जेष्ठ २९ गते, शुक्रबार १६:०४

गुल्मीमा १ वर्षमा बन्नुपर्ने पक्की पुल ४ वर्ष बित्दा पनि बनेन

२१ फागुन, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–५ कुखुरे खोलामा बन्न लागेको पक्की पुल ४ वर्षदेखि अलपत्र परेको छ । निर्माण व्यवसायीले तोकिएको समयमा पुल निर्माणको काम नसक्दा ४ वर्षदेखि पुल निर्माण कार्य अलपत्र पर्दै आएको हो ।

चार वर्षको अवधिमा पुल निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्पनीले खोलाको दुवै किनारामा पिल्लर निर्माणबाहेक अरू केही गरेको छैन ।

अत्रेय भुसाल-बस्नेत-जेबी काठमाडौंले एक वर्षमा पुल निर्माण सक्ने गरी २१ माघ २०७७ मा २ करोड ४३ लाख ३७ हजार ७०६ रुपैयाँ (भ्याटबाहेक) मा ठेक्का लिएको थियो ।

सडक पूर्वाधार कार्यालयका प्रमुख इन्जिनियर सचितानन्द चौधरीका अनुसार पुल निर्माणको ५० प्रतिशत भौतिक प्रगति र ४५ प्रतिशत वित्तीय प्रगतिमा अलपत्र अवस्थामा रहेको छ ।

तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि सडक पूर्वाधार कार्यालय तम्घासले तीन पटकसम्म म्याद थप गरिसकेको छ । तेस्रो पटक थप गरेको म्याद पनि गत असोजमा सकिएको थियो ।

पुल समयमै नबन्दा बर्खाको समयमा ग्रामीण क्षेत्रको व्यापारिक केन्द्र कुखुरे खोला बजारसम्म किनमेल गर्न जान सास्ती हुने गरेको स्थानीय मुक्तबहादुर महतराले बताए ।

सम्बन्धित निकायमा पुल निर्माणबारे पटक-पटक ताकेता गरे पनि सुनुवाइ हुन नसकेको अर्का स्थानीय हिरा जिसीले दुखेसो गरे ।

तोकिएको समयमा पुल निर्माण नहुँदा स्थानीयले दुखः झेल्नु परेको इस्मा गाउँपालिका-६ का अध्यक्ष ढालबहादुर कुँवरले बताए । पुल निर्माण स्थल वडा नम्बर–५ मा रहे पनि वडा नम्बर–६ का नागरिकका लागि अत्यन्तै आवश्यक रहेको उनको भनाइ छ ।

निर्माण व्यवसायीले काम अपलत्र पारेपछि कार्यालयले ठेकेदार कम्पनीले राखेको धरौटी रकम तान्ने प्रक्रिया अगाडि बढाएको सडक पूर्वाधार कार्यालयका सब–इन्जिनियर सागर ढकालले बताए । पटक-पटकको आग्रहलाई निर्माण व्यवसायीले बेवास्ता गर्ने गरेको उनले बताए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM