२०८३ जेष्ठ २९ गते, शुक्रबार १८:५४

च्याम्पियन्स लिग : पिएसभीमाथि आर्सनलको गोलवर्षा, डर्टमुन्ड बराबरीमा रोकियो

२१ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा आर्सनलले फराकिलो अन्तरको जित निकालेको छ ।

आर्सनलले डच क्लब पिएसभी इन्डोभिनमाथि उसकै मैदानमा ७-१ को जित निकालेको हो । आर्सनलको जितमा मार्टिन ओडेगार्डले २ गोल गरे भने जुरियन टिम्बर, इथान न्वानेरी, मिकेल मेरिनो, लियान्द्रो ट्रोसार्ड र रिकार्को कालाफियोरीले १-१ गोल गरे ।

घरेलु टोलीका लागि नोआ लाङले ४३औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । खेलको १८औं मिनेटमा टिम्बरले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । २१औं मिनेटमा न्वानेरीले अग्रता दोब्बर पार्दा ३१औं मिनेटमा मेरिनोले गोल गरेपछि आर्सनल एकपक्षीय रूपमा अघि बढ्यो ।

४३औं मिनेटमा घरेलु टोलीले गोल फर्काउँदा पहिलो हाफ ३-१ मा सकिएको थियो । दोस्रो हाफमा आर्सनलले थप ४ गोल गर्‍यो ।

४७औं मिनेटमा ओडेगार्डले गोल गर्दा त्यसको एक मिनेटमै ट्रोसार्डले गोल थपे । ७३औं मिनेटमा ओडेगार्डले व्यक्तिगत दोस्रो गोल गर्दा आर्सनल ६-१ ले अगाडि बढ्यो । ८५औं मिनेटमा कालफियोरीले गोल गरेपछि आर्सनल ७-१ ले विजयी भयो ।

योसँगै आर्सनलले घरेलु मैदानमा खेल्नुअगाडि नै विशाल अन्तरको जित निकालेको छ । अवे मैदानमा गएर ७ गोल गर्ने आर्सनल पहिलो टोली पनि बनेको छ ।

गएराति नै भएको अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्ड बराबरीमा रोकिएको छ । डर्टमुन्डलाई घरेलु मैदानमै फ्रेन्च क्लब लिलले १-१ को बराबरीमा रोकेको हो ।

खेलको २२औं मिनेटमा करिब अडामीले गोल गर्दै अग्रता दिलाएपनि ६८औं मिनेटमा हाकोन हाराल्डसनले बराबरी गरे । त्यसपछि गोल भएनन् ।

गएराति नै भएको अर्को खेलमा एस्टन भिल्लाले क्लब ब्रुगलाई २-१ गोलअन्तरले हरायो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM