२०८३ जेष्ठ २९ गते, शुक्रबार २१:४४

मुख्यमन्त्री कोहलपुर गोल्डकप : अफ्रिकन घाना फुटबल क्लबलाई हराउँदै काँक्रे विहार विजयी

बाँके। मुख्यमन्त्री कोहलपुर गोल्डकपको क्वाटर फाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलको खेल भने बुधबारदेखि सुरु हुनेछ । 

क्वाटर फाइनलका अन्तिम खेल भने मङ्गलवार अफ्रिकन घाना फुटबल क्लब र काँक्रेविहार फुटबल क्लबले खेलेका थिए । अफ्रिकन घाना फुटबल क्लबलाई पेनाल्टी सुट आउटमा हराउँदै  काँक्रेविहार सेमिफाइनल प्रवेश गरेको छ । 

पहिलो हाफको खेल  निकै प्रतिस्पर्धात्मक थियो । दोस्रो हाफको  ५१औँ मिनेटमा काँक्रेविहार फुटबल क्लब सुर्खेतका धनसिंह सुनारले पहिलो गोल गरेर टिमलाई अग्रता दिएका थिए । खेलको ५७औँ मिनेटमा अफ्रिकन घानाका युसुफ मलिक बम्देलले  बराबरी गोल फर्काए । यस्तै खेलको ७९औँ मिनेटमा घानाका जर्सी नं ८ का अकेन्टो ओपेमी पवेले गाले गरी खेल २–१ मा पुर्‍याए । 

खेलको अन्तिम समयमा काँक्रेविहार फुटबल क्लब सुर्खेतका जर्सी नम्बर ५ का गणेश पुलामीले ८४औँ मिनेटमा गोल गरेपछि खेल बराबरीमा पुर्‍याएका थिए । निर्धारित समयको खेलमा नतिजा आउन नसकेपछि पेनाल्टी सुट आउटमा घानालाई ५–४ ले पछि पार्दै काँक्रेविहार सुर्खेतले जित निकालेको हो ।

यसअघि प्लानिङ व्वाईज युनाइटेड क्लब,काठमाडौँ,कोहलपुर रेसिङ साहारा फुटबल क्लब, बाँके र राइजिङ स्टार फुटबल क्लब नवलपरासी सेमिफाइनल प्रवेश गरिसकेका छन् । समूह ‘क’ बाट आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लब,बाँके र प्लानिङ व्वाईज युनाइटेड क्लब,काठमाडौँ, समूह ‘ख’ बाट राइजिङ स्टार फुटबल क्लब नवलपरासी सेमिफाइनल र अफ्रिकन घाना फुटबल क्लब सेमिफाइनल प्रवेश गरेका छन् ।

समूह ‘क’ बाट लुम्बिनी फुटबल क्लब घोराही, दाङ र राईनो फुटबल क्लब, गण्डकी, समूह ‘ख’ बाट भारतको साहारा फुटबल क्लब,लखनउ र काँक्रेविहार फुटबल क्लब गोल्डकपबाट बारिएका छन् । यसअघि पहिलो क्वाटर फाइनल खेलमा कोहलपुर रेसिङ साहारा फुटबल क्लबले २–० गोल अन्तरले लुम्बिनी फुटबल क्लब घोराही,दाङ पराजित भएको थियो । दोस्रो क्वाटर फाइनल खेलमा आइतबार राइजिङ स्टार फुटबल क्लब नवलपरासीले पेनाल्टी सुट आउटमा ४–३ अन्तरले भारतको साहारा फुटबल क्लब,लखनउलाई पराजित गरेको थियो । 

सोमबार भएको तेस्रो क्वाटर फाइनलमा प्लानिङ व्वाईज युनाइटेड क्लब, काठमाडौँले २–० गोल अन्तरले राईनो फुटबल क्लब,गण्डकीलाई पराजित गरेको थियो । 

कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ देखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपियाँ पुरस्कार पाउनेछन् । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फागुन २४ गतेसम्म सञ्चालन हुनेछ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM