२०८३ जेष्ठ २९ गते, शुक्रबार २३:०६

पर्यटन क्षेत्र विकास गर्न असल व्यवहार आवश्यक : गृहमन्त्री

२० फागुन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले पर्यटकप्रति नम्र, सरल र मिठासपूर्ण व्यवहार गर्न अध्यागमन कार्यालयका कर्मचारीलाई निर्देशन दिएका छन् ।

रुपन्देहीको बेलहियामा अध्यागमन कार्यालयको सुविधायुक्त भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्  ।

मुलुकका सीमा क्षेत्रमा १३ वटा अध्यागमन कार्यालय रहेको र ती कार्यालयले पर्यटकलाई सहज बनाएको भन्दै उनले सेवाप्रवाह चुस्त हुनुपर्नेमा जोड दिए ।

‘पछिल्ला दिनमा सबै ठाउँबाट पर्यटक आगमन राम्रो छ । यो ठाउँ बुद्ध जन्मभूमि भएकाले धार्मिक पयर्टकको सम्भाना छ । हामीले पर्यटनमैत्री वातावरण बनाइरहेका छौं, पर्यटक आगमनलाई व्यवस्थित गरिरहेका छौं,’ उनले भने, ‘हाम्रो लक्ष्य पर्यटक आगमन वृद्धि गर्ने हो । पर्यटक बढ्दा यसले मुलुकलाई आर्थिक रुपमा समृद्धि बनाउँछ ।’

कर्मचारीहरूको व्यवहारले मुलुकको अवस्था बताउने भन्दै उनले सचेत भएर सौहार्दपूर्ण तरिकाले सेवा दिन आग्रह गरे ।

‘अध्यागमन भनेको मुलुकको ऐना हो,’ उनले भने, ‘कर्मचारीले सेवा दिँदा सभ्य र विनम्रता पूर्वक ढंगले दिनुपर्छ । कहिलेकाहीँ पर्यटक र अन्य सेवाग्राही कागजी प्रक्रिया नमिलेपछि रिसाउन सक्छन् । तर यस्तोबला हाम्रो व्यवहार विनम्रता पूर्वक प्रस्तुत हुनुपर्छ । सेवाको भावनाले काम गर्नुपर्छ । कुनै पनि कर्मचारीले रिसाउने र सेवाग्राहीलाई गलत व्यवहार गर्न हुँदैन । यस्तो छुट कसैलाई पनि छैन ।’

उनले कार्यालयहरूमा हुने व्यवहारबाट जनताले सुख पाए २० जनालाई राम्रो भन्ने तर एकजनाले पनि दुःख पाए त्यसले धेरैलाई नराम्रो प्रभाव पार्नसक्ने बताए ।

‘पर्यटन क्षेत्रको विकास गर्न पनि सबैलाई राम्रो र असल व्यवहार गर्न जरुरी छ,’ गृहमन्त्री लेखकले भने ।

उनले नेपाली संसारकै सबैभन्दा राम्रो संस्कृतिमा हुर्किएका मान्छे भएको जनाउँदै अध्यागमनमा जस्तो व्यहार हुन्छ, नेपालबारे पर्यटकले त्यही बुझ्ने बताए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM