२०८३ जेष्ठ ३० गते, शनिबार ०४:२३

मानव–वन्यजन्तु द्वन्द्वको मारमा विपन्न वर्ग

काठमाडौँ । सरोकार भएकाहरूले मानव–वन्यजन्तु द्वन्द्वको मारमा विपन्न वर्ग पर्ने गरेको बताएका छन् । 

नेपाल वन प्राविधिक सङ्घ (एनएफए)को स्वर्ण महोत्सवका अवसरमा आज यहाँ आयोजित ‘मानव वन्यजन्तु द्वन्द्व र वन डढेलो व्यवस्थापन’ विषयक नीति संवादमा सरोकार भएकाहरूले जङ्गल नजिक बस्ने र प्राकृतिक स्रोतको प्रयोग गर्ने भएकाले विपन्न वर्ग वन्यजन्तुको आक्रमणमा पर्ने गरेको बताएका हुन् ।

संवादमा वन अभियन्ता मिरा ढकालले पछिल्लो समय मानव–वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएकाले यसले गम्भीर समस्या निम्त्याएको र सबैभन्दा बढी ग्रामीण क्षेत्रका विपन्न वर्ग मारमा परेको बताउनुभयो । “गरिब तथा विपन्न नागरिक नै जङ्गलमा घाँस, दाउरा, काठ सङ्कलन गर्न जान्छन्, त्यसैले पनि वन्यजन्तुको आक्रमणमा पर्छन्”, उहाँले भन्नुभयो, “वन्यजन्तु बस्तीमा पस्दा पनि आसपासका मानिसको जीवनयापनमा समस्या उत्पन्न भइरहेको छ ।”

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनविद् डा दिनेश न्यौपानेले वन्यजन्तुको प्राकृतिक विनाश, वन आवास अतिक्रमण र कटानी, सहरीकरण, जङ्गल आसपासमा बस्ती बढ्दै जानेलगायत कारणले वन्यजन्तु मानव बस्तीमा प्रवेश गरिरहेकाले द्वन्द्व बढ्दै गएको बताउनुभयो । “जङ्गलमा पिउने पानी र खाद्यान्नको अभावका कारण पनि वन्यजन्तुलाई बस्तीमा छिरिरहेका छन् । खुला भान्सा भएको र रक्सी बनाउँदा त्यसका गन्धले पनि घरमा वन्यजन्तु पस्ने गर्छन् । यसमा सचेत हुनुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो । 

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा नरेश सुवेदीले वन्यजन्तु बस्तीमा छिर्दा मानिसहरूले देखाउने व्यवहार र संयमता नअपनाउँदा द्वन्द्वका घटना भइरहेका बताउनुभयो । “पहिले पनि पनि मानव वन्यजन्तु द्वन्द्वका घटना हुन्थे । हाल मिडियाका कारण घटना बाहिर आए । वन्यजन्तु बस्तीमा छिर्दा झिस्काउने, ढुङ्गा हान्ने, होहल्ला गर्ने तर संयमित नहुने र सतर्कता नअपनाउनेजस्ता कारणले वन्यजन्तुले आक्रमण गर्छन् । वन्यजन्तु र मानिसबीचको द्वन्द्व घटाउन स्थानीय सुरक्षा बललाई थप तालिम र प्रविधि दिनु आवश्यक छ”, उहाँले भन्नुभयो । 

विश्व वन्यजन्तु कोषका राष्ट्रिय प्रतिनिधि डा धनश्याम गुरुङले वन्यजन्तु र मानिसबीचको द्वन्द्व घटाउन सकिने बताउनुभयो । उहाँले वन्यजन्तुको बासस्थानमा चुनौती, घाँसे मैदान नास हुँदै गएकालगायत कारणले वन्यजन्तु बस्तीमा छिर्न बाध्य भएको धारणा राख्नुभयो । जङ्गलको छेउछाउमा लगेर बस्ती बसाल्ने प्रवृत्तिले पनि द्वन्द्व बढाएकाले यस विषयमा सबै गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो । 

वन विज्ञान अध्ययन संस्थानका डिन डा डाकुर सिलवालले वन्यजन्तु र मानिसबीचको द्वन्द्व घटाउन वन्यजन्तुको बासस्थान प्रवर्द्धन र नियन्त्रणका परम्परागत ज्ञान प्रवर्द्धनमा जोड दिनुभयो । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक बेदप्रसाद ढकालले वन्यजन्तु र मानिसबीचको द्वन्द्व घटाउन विस्तृत छलफल जरुरी रहेको बताउनुभयो । “वन्यजन्तुको संरक्षण र मानव जीवनको सुरक्षा दुवै महत्वपूर्ण छन् । द्वन्द्व व्यवस्थापन कसरी गर्ने यसमा विस्तृत बहस गरी उपयुक्त उपाय पहिचान गर्न आवश्यक छ”, उहाँले भन्नुभयो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM