२०८३ जेष्ठ ३० गते, शनिबार ०४:२१

मकवानपुरमा सवारी दुर्घटनामा परि एकको मृत्यु, एक घाइते




मकवानपुर । पूर्व पश्चिम राजमार्ग स्थित मकवानपुरको मनहरी गाउँपालिकामा सोमबार सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका–७, स्थित मनहरी पुरमा भएको दुर्घटनामा अर्का एकजना घाइते भएका छन् । 

पूर्व पश्चिम राजमार्ग स्थित मनहरी पुरमा चितवनबाट हेटौडातर्फ आउँदै गरेको ना १६ प ३१८१ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ आउँदै गरेको ना ६ ख ४०५५ नम्बरको ट्रकले ठक्कर दिँदा रत्ननगर नगरपालिका– पिठुवा बस्ने ५६ वर्षीय निम बहादुर थापाको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक ५५ वर्षीय राजमी गौतम घाइते भएको प्रहरीले जनाएको छ । 

घाइते दुवैजनालाई मनहरी अस्पताल लगिएकोमा थापालाई डाक्टरले मृत घोषणा गरेको साथै गौतमलाई थप उपचारका लागि चितवन रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले ट्रक र ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ अम्लेशगंज बस्ने ओम प्रसाद खनाललाई नियन्त्रणमा लिएको जनाएको छ । 

यस्तै मकवानपुरको राक्सिराङ गाउँपालिकामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । राक्सिराङ–६, कोलडाँडा बस्ने ४९ वर्षिया सिता माया गलानको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

शनिबार घाँस काट्न घरबाट हिँडेकी गलान घर नफर्किए पछि आफन्तहरुले खोजतलास गर्दै जाने क्रममा घरदेखि करिब १ कि.मि. पश्चिम सिलिङगे सामुदायिक बनको भिरबाट तल खसी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धान पुरा गरि शवलाई हेटौडा अस्पताल ल्याएको साथै घटना सम्बन्धमा अनुसन्धान जारी रहेको जनाएको छ । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM