२०८३ जेष्ठ ३० गते, शनिबार ०१:५०

सनिश केपी ओली कपको सर्वोत्कृष्ट खेलाडी, विशाल उत्कृष्ट गोलकिपर

१९ फागुन, काठमाडौं । काठमाडौंमा सम्पन्न केपी ओली कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्र एफसीका डिफेन्डर सनिश श्रेष्ठ घोषित भएका छन् ।

केपी ओली कपको विजेता टोली मछिन्द्रका सनिश मोस्ट भ्यालुएबल प्लेयर घोषित हुँदै एक लाख नगद पुरस्कार प्राप्त गरे । नगदसँगै उनले मोटरसाइकल पनि प्राप्त गरेका छन् ।

त्यस्तै मछिन्द्रकै गोलकिपर विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर घोषित भए । उनले नगद ५० हजार रुपैयाँ प्राप्त गरे । उनलाई उत्कृष्ट गोलकिपरको अवार्ड प्रमुख अतिथि तथा इटालीका लेजेण्डरी गोलकिपर जियानलुइजी बुफोनले प्रदान गरेका थिए ।

विशाल श्रेष्ठलाई उत्कृष्ट गोलकिपरको अवार्ड दिँदै जियानलुजी बुफोन

उदीयमान खेलाडीमा त्रिभुवन आर्मीका निराजन धामी घोषित भए भने प्रतियोगिताको सर्वाधिक गोलकर्ता मछिन्द्रकै स्टेफेन जामाह जालेले जिते । दुवैले नगद ५० हजार तथा मोटरसाइकल पुरस्कार प्राप्त गरे ।

सोमबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० ले हराउँदै मछिन्द्रले लगातार तेस्रोपटक केपी ओली कपको उपाधि जितेको छ ।

सर्वोत्कृष्ट खेलाडी घोषित भएका सनिश श्रेष्ठ
उदीयमान खेलाडी घोषित भएका निराजन धामी

तस्वीरहरू : विकास श्रेष्ठ

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM