२०८३ जेष्ठ ३० गते, शनिबार ०५:४०

केपी ओली कप फुटबलको उपाधिका लागि मच्छिन्द्र र आर्मी खेल्दै

१९ फागुन, काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । फाइनल खेल दशरथ रंगशालामा साँझ ६ बजेबाट सुरु हुनेछ ।

सेमिफाइनलमा मच्छिन्द्रले आयोजक केपी एफसी र आर्मीले संकटा क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका थिए । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले १५ लाख ११ हजार एक सय ११ र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार पाउनेछन् । फाइनल खेलमा विश्वचर्चित फुटबल खेलाडी इटलीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफन प्रमुख अतिथिको रुपमा रहनेछन् । त्यसैगरी गायक कुमा सागर, पुर्ण राईलगायतको प्रस्तुती रहनेछ ।

प्रतियोगितामा दुई विदेशसहित ९ टोलीले सहभागिता जनाएका थिए । फाइनल खेल त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको डिजिटल बोर्डबाट समेत खेलको प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM