२०८२ माघ ५ गते, सोमबार १७:२६

सडक स्तरोन्नति नहुँदा बाँसखर्कका किसान मर्कामा

म्याग्दी। सडक स्तरोन्नति नहुँदा म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानलाई सुन्तला ढुवानी गर्न समस्या भएको छ । बाँसखर्क धवलागिरि क्षेत्रमा धेरै सुुन्तलाखेती हुने गाउँ हो ।

म्याग्दीको कालीपुलबाट बगरफाँट हुँदै बाँसखर्क जोड्ने सडक स्तरोन्नति नहुँदा घुमाउरो र कच्ची सडकमा बढी भाडा तिरेर सुन्तला ढुवानी गर्नुपरेको हो । ठूला सवारीसाधन गाउँमा पुग्न नसक्दा सुुन्तला ढुवानी गर्न समस्या भएको बाँसखर्कका अगुवा किसान जगतबहादुर खत्रीले बताउनुभयो ।

“साना खालका बुलेरो जीपमा थोरैथोरै सुन्तला टिपेर बेनीसम्म झार्ने र ट्रकमा राखेर देशका विभिन्न ठाउँमा पठाउँदा झन्झटका साथै श्रम र समय धेरै खर्चनुुपरेको छ”, उहाँले भन्नुभयो, “सडकको समस्याले सुन्तला थिचिने, मिचिने र कुहिएर नष्ट भएर किसानले क्षति व्यहोर्नुपरेको छ ।”

दश वर्षअघि स्थानीयवासीले चन्दा सङ्कलन गरेर मार्ग खोलेको पाँच किलोमिटर दूरीको बेनी–बगरफाँट–बाँसखर्कबाहेक बाँसखर्क जोड्ने अरू दुईवटा सडक छन् । बेनी–बगरफाँट–बाँसखर्कभन्दा बेनी–मल्लाज–बाँसखर्क सडक पाँच किलोमिटर र मोहनचोक–मल्लाज–बाँसखर्क सडक १० किलोमिटर घुमाउरो छ ।

मल्लाज क्षेत्रको सडक स्तरोन्नति भए पनि बाँसखर्क प्रवेश गरेपछि साँघुरो, ग्रेड तथा मोड नमिलेको कच्ची सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्छ । बाँसखर्कका दुई सय घरपरिवारले व्यावसायिक सुन्तलाखेती गरेका छन् । यो वर्षमात्र बाँसखर्कबाट रू १८ करोड ४६ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको वडाध्यक्ष जगबहादुुर रोकाले बताउनुभयो ।

देशका अन्य ठाउँको बगैँचा निख्रिएपछि बाँसखर्कको सुन्तला टिपेर बजार पठाउने गरिन्छ । एक जना किसानले वार्षिक रू पाँच लाखदेखि रू ४५ लाखसम्मको सुन्तला बिक्री गर्छन् । सडक सहज हुुने होभने सुुन्तलालाई सुुरक्षित र सहज रूपमा बजारमा पठाउन सकिने, ढुवानीको खर्च घट्ने, यात्राअवधि एक घण्टाबाट १५ मिनेटमा छोटिने वडाध्यक्ष रोकाले बताउनुभयो ।

तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत अघिल्लो कार्यकालमा बगरफाँट–बाँसखर्क सडक आयोजना सञ्चालन भए पनि पूूर्णता नपाउँदै प्राधिकरण खारेज भएपछि सङ्घीय सरकारको वार्षिक कार्यक्रमबाट आयोजना हटेकाले समस्या भएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

“पुनर्निर्माण प्राधिकरण खारेज भएपछि हराएको योजना खोज्दै सडक विभागदेखि डोलिडार र प्रदेश सरकारसम्म धायौ, कतै पनि कागजात भेटिएन”, उहाँले भन्नुभयो, “नयाँ प्रक्रियाबाट सडक स्तरोन्नति गर्न सङ्घीय र प्रदेश सरकारसँग पहल गरेका छाँै ।” पुरानो योजनामार्फत एक सय ५० मिटर सडक ढलान र केही ठाउँमा पर्खाल तथा नालीमात्र निर्माण भएको छ ।

सडकको समस्या देखाउनकै लागि गत माघ ११ गते गाउँपालिका र वडा कार्यालयले गण्डकी प्रदेशका मुुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री पद्मा अर्याल जिसी, उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, राष्ट्रियसभा सदस्य मनरूपा शर्मा र प्रदेशसभा सदस्य भक्त कुँवरलाई बोलाएर बाँसखर्कमा सुुन्तला महोत्सव गरेर ध्यानाकर्षण गराएका थिए ।

उक्त कार्यक्रममा आउनुभएका मुुख्यमन्त्री पाण्डे, मन्त्री र सांसदहरूले बाँसखर्क जोड्ने सडकलाई स्तरोन्नति गरेर सहज रूपमा सुुन्तलालगायत कृषि उपज ढुवानीको व्यवस्था मिलाउने प्रतिबद्धता जनाउनुभएको थियो । प्रदेश सरकारले चालुु आवमा बगरफाँट–बाँसखर्क सडकका लागि रू ३० लाख बजेट विनियोजन गरेको छ । सङ्घीय सरकारको बेनी–जोमसोम–कोरला सडक योजनामार्फत गत वर्ष बेनी नगरपालिका–८ कालीपुल र जलजला गाउँपालिकाको बगरफाँटको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा ४५ मिटर लामो बेलिब्रिज जडान भएको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM