२०८२ माघ १ गते, बिहीबार ०८:४५

प्रहरीको ऐनामा अखिल नेता जोशीको अनुहार

१ फागुन, काठमाडौं । गत २४ माघ गते राति ठमेलमा ड्यूटीमा खटिएका दुई जना प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता कमलराज जोशीले उन्मुक्ति पाए । घटना हुँदा जोशीसँगै रहेका पाँच जनाविरुद्ध भने पक्राउ पुर्जी जारी भयो ।

पक्राउ पुर्जी जारी भएकामध्ये दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका-१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका-५ का २२ वर्षीय रमेश फुलारा अहिले प्रहरी हिरासतमा छन् ।

गत आइतबार पक्राउ परेका उनीहरूविरुद्ध प्रहरीले सबैभन्दा कमजोर मुद्दा अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । पक्राउ पुर्जी जारी भएका बाँकी तीन जना (नवीन ऐरी, सौजन्य शाही र गोपालबहादुर शाही) अझै फरार छन् ।

यता, जसको आडमा प्रहरीमाथि आक्रमण भयो उनलाई भने सत्ताको दबाबमा प्रहरीले पक्राउ पुर्जी माग गरेर अनुसन्धान गर्न समेत सकेको थिएन । चौतर्फी दबाबपछि प्रहरी कुटपिटमा संलग्न जोशीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उनी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य हुन् ।

‘मुख्यगरी, जोशीकै आडमा प्रहरीमाथि आक्रमण भएको देखिन्छ । तर माथिल्लो तहबाट प्रेसर आएकै कारण उनलाई उन्मुक्ति दिएर बाँकी पाँच जना विरुद्ध मात्रै पक्राउ पुर्जी जारी भएको छ,’ परिसरका एक अधिकृत भन्छन्, ‘पक्राउ पुर्जी जारी भएकालाई भने सबैभन्दा कमजोर मुद्दा लगाइएको छ ।’

परिसरका प्रमुख तथा एसएसपी विश्व अधिकारीले भने अपराध गरेको देखिएमा कसैलाई पनि नछोड्ने दाबी गरेका छन् । परिसरमा गत मंगलबार भएको पत्रकार सम्मलेनमा बोल्दै एसएसपी अधिकारीले भने, ‘अपराध गरेकोमा पाइएमा पार्टी नहेरी कारबाही हुन्छ । एक सय, दुई सय प्रतिशत होइन, हजार प्रतिशत कारबाही गर्छौं ।’

एसएसपी अधिकारीले कारबाही गर्ने दाबी गरे पनि मध्यराति ड्युटीमा खटिएको प्रहरीलाई औंला ठड्याउँदै धम्की दिने जोशी भर्खरै पक्राउ परेका छन् । यही बीचमा २९ माघमा जोशीको संगठनका अध्यक्ष समिक बडालले विज्ञप्ति निकालेर संगठनलाई बद्नाम गर्न खोजिएको आरोप लगाए ।

आफ्नै संगठनका स्थायी कमिटी सदस्यबाट प्रहरी कुटिएको विषय सार्वजनिक भएपछि अनेरास्ववियुका अध्यक्ष बडालले प्रहरीले आफ्नो संगठनका प्रकाश वयकलाई कुटपिट गरेको आरोप लगाएका छन् ।

आफ्नै संगठनका स्थायी कमिटी सदस्यबाट प्रहरी कुटिएको विषय सार्वजनिक भएपछि जिम्मेवार संगठनको नाताले अनुसन्धान हुन्जेलसम्मका लागि निलम्बन गर्ने वा ‘फरार’ भनिएका व्यक्तिलाई प्रहरीमा बुझाउन सहयोग गर्नुको साटो उल्टै संगठनलाई बदनाम गर्न खोजिएको आरोप अध्यक्ष बडालले लगाएका थिए ।

यसको दुई दिनपछि आज (बिहीबार) दोस्रो विज्ञप्ति निकाल्दै अध्यक्ष बडालले प्रहरीले आफ्नो संगठनका प्रकाश वयकलाई कुटपिट गरेको आरोप लगाए । अस्कल क्याम्पसको मदन भण्डारी स्पोर्टस् एकेडेमीका उपाध्यक्ष समेत रहेका वयकलाई प्रहरीले ३० माघको राति अस्कल क्याम्पसको होस्टल बाहिर बोलाएर हत्कडी लगाएको, टोखामा लगेर कुटपिट गरेको बताएका छन् ।

प्रहरीले भने ठमेलमा प्रहरी कुटिएको घटनालाई तोडमोड गर्ने उद्‍देश्यले कुप्रचार गरिएको दाबी गरेको छ । परिसरका एक अधिकृत भन्छन्, ‘हुँदै नभएको घटनालाई बनावटी बनाएर प्रहरीलाई बद्नाम गराउने प्रयास भएको छ । यसमा विश्वास नगर्न आग्रह गर्छौं ।’

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख तथा एआईजी टेकबहादुर तामाङ भने घटनाबारे बुझ्ने प्रयास भइरहेकाले अहिले नै यसबारे सत्य के हो भन्ने सक्ने अवस्था नरहेको बताउँछन् ।

अखिल नेता कमलराज जोशीविरुद्ध दुईवटा ज्यान मार्ने उद्योगको कसुरमा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको अभियोगको अंश ।

अहिले आरोप-प्रत्यारोप भएको यो घटनामा जोडिएका मुख्य पात्र उनै जोशी हुन् । जोशीको समूहबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्ट कुटिएका थिए । दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टिम (क्यूआरटी) को टोलीमाथि यो समूहले आक्रमण गरेको थियो । मध्यराति हो-हल्ला गर्दै हिँडेपछि प्रहरीले उनीहरूलाई सम्झाउन खोजेको थियो । तर मोटरसाइकलमा सवार दुई प्रहरीको मोटरसाइकल लडाउँदै लौरो समेत फालिएको थियो ।

आक्रमणबाट प्रहरीको बर्दी च्यातिनुका साथै हेल्मेट समेत फुकालेर प्रहरीलाई हिर्काइएको थियो । जोशीले समेत प्रहरीलाई औंलो ठड्याउँदै चेतावनी दिएको भिडिओमा प्रष्ट देखिन्छ ।

ज्यान मार्ने प्रयासदेखि कीर्तेसम्मको कसुर

यो घटनाका मुख्य पात्र जोशीको विगत पनि त्यस्तै विवादित् छ, जस्तो अहिले भइरहेको छ । प्रहरीको ‘अपराध ऐन’ अर्थात् क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)मा जोशीको अपराध यात्रा २०७९ सालबाट सुरु भएको देखिन्छ ।

बझाङको साविक मौलाली गाविस-३ हाल दुर्गाथली गाउँपालिका–४ स्थायी घर भएका २९ वर्षीय जोशीविरुद्ध २०७९ सालमा दुई वटा फौजदारी कसुरमा मुद्दा चलेको थियो । प्रहरीको सीआरएस रिपोर्टअनुसार जोशीको फौजदारी अपराध यात्रा कीर्ते तथा लिखतसम्बन्धी कसुरबाट सुरु भएको थियो ।

२२ जेठ २०७९ मा अस्कल क्याम्पसका उपप्राध्यापक दिवाकर पाण्डे एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट क्याम्पस हाता भित्रै कुटिएका थिए । उनी कुटिनुमा कीर्ते तथा लिखत प्रकरण जोडिएको थियो ।

बीएससी सीएसआईटीको प्रवेश परीक्षाको नतिजा नै कीर्ते गरेको आरोप कमलराज जोशीलाई लागेको थियो । नतिजा कीर्ते गरेर फेरबदल गरेको भन्दै पाण्डेले यसविरुद्ध आवाज उठाएका थिए ।

त्यसपछि उनी कुटिए । क्याम्पसको छाप र लेटरप्याड दुरुपयोग गरी नतिजा फेरबदलको आरोपमा जोशीविरुद्ध प्रहरी वृत्त लैनचौरबाट लिखत कीर्तेको कसुरमा मुद्दा चलाइएको थियो ।
प्रहरीको सीआरएस रेकर्डअनुसार जोशीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ अनुसार फौजदारी मुद्दा चलेको यो नै पहिलो घटना हो ।

लिखत कीर्तेको आरोप लागेको दुई महिनापछि नै उनी अर्को फौजदारी कसुरमा जोडिए । जोशीसहितको समूहले २६ साउन २०७९ मा अस्कल क्याम्पसका विद्यार्थी विकास राईलाई मार्ने प्रयास गरेको थियो ।

त्यतिबेला जोशीसँगै हाल पक्राउ परेका सिग्देल र पक्राउ पुर्जी जारी भएर फरार रहेका गोपालबहादुर शाहीविरुद्ध पनि मुद्दा चलेको थियो । फलामको रड, इँटा, काठ, लट्ठी, हेल्मेट, सेरामिक टायल लगायतले टाउको तथा शरीरका विभिन्न भागहरूमा राईमाथि क्याम्पस परिसरकै बास्केट बल ग्राउण्डमा आक्रमण भएको थियो । राईको शरीरभरि निलडाम परेको थियो भने टाउकामा ९ वटा टाँका लगाउनु परेको थियो ।

राईको ज्यान मार्ने प्रयास गरेको भन्दै जोशीविरुद्ध १७ माघमा काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको थियो ।

२०८० सालमा पनि जोशीविरुद्ध दुई वटा कसुरमा मुद्दा चलेको सीआरएस रेकर्डमा भेटिएको छ । २०८० वैशाखमै अर्को ज्यान मार्ने उद्योगको कसुरमा उनी जोडिएका थिए । १७ वैशाखमा जोशीसहितका व्यक्तिले अखिल क्रान्तिकारी अस्कल क्याम्पसका अध्यक्ष खेम सिंहसहित चार जनामाथि आक्रमण गरेको थियो ।

त्यतिबेला रड, खुकुरी र सिसाको बोतलले उनीहरूमाथि आक्रमण भएको थियो । उक्त आक्रमणबाट घाइते भएका सिंहसहित ओमप्रसाद पोखरेल, सुदीप पोखरेल, सागर पाण्डेलाई प्रहरीले उद्धार गरेर उपचारका लागि नयाँबजारस्थित पिपल्स अस्पताल पुर्‍याएको थियो ।

जोशीविरुद्ध चार वटा फरक कसुरमा २८ वर्षसम्मको कैद मागदाबी गर्दै मुद्दा चलेको सीआरएसमा भेटिएको छ ।

त्यहाँ उपचार हुन नसकेपछि उनीहरूलाई अन्नपूर्ण न्यूरोलोजिकल अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो । यो घटनामा जोशीसहित अहिले प्रहरी आक्रमणमा संलग्न भएको आरोप लागेका सौजन्य शाही, गोपालबहादुर शाहीसहित पाँच जनाविरुद्ध ७ जेठ २०८० मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

२०८० सालमै जोशीविरुद्ध प्रहरी वृत्त लैनचौरको अनुसन्धान प्रतिवेदनबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको सीआरएसमा भेटिएको छ ।

यो बाहेक २० माघ २०७९ मा अस्कल क्याम्पसका तत्कालीन प्रमुख लोकबहादुर बराललाई जोशीसहितका व्यक्तिले अपहरण गरेको आरोप लागेको थियो । तर यो घटनामा भने उनले उन्मुक्ति पाएका थिए ।

अखिल नेता जोशीको समूहले क्याम्पस प्रमुखलाई अपहरण गरेको भन्दै अखिल क्रान्तिकारीले निकालेको विज्ञप्ति

मुलुकी फौजदारी अपराध संहिताको दफा १८३ अनुसार ज्यान मार्ने उद्योगको कसुरमा जोशीविरुद्ध १० वर्ष कैद र १ लाख जरिवानाका दरले दुई वटा कसुरमा २० वर्ष कैद र २ लाख रुपैयाँ जरिवनाको माग गर्दै मुद्दा चलेको थियो ।

फौजदारी अपराध संहिताकै दफा २७६ अनुसार कीर्ते गर्न नहुने कसुरमा पनि उनीवरुद्ध मुद्दा दायर भएको थियो । सरकारी वा सार्वजनिक लिखत कीर्ते गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । अभद्रको कसुरमा भने बढीमा एक वर्षको कैद सजाय हुने व्यवस्था छ । जोशीविरुद्ध चार वटा फरक कसुरमा २८ वर्षसम्मको कैद मागदाबी गर्दै मुद्दा चलेको सीआरएसमा भेटिएको छ ।

ज्यान मार्ने उद्योगदेखि व्यक्ति अपहरण, कीर्ते र अभद्र व्यवहारको कसुरमा पटकपटक मुद्दा दायर हुँदै धरौटीमा छुटेका जोशी अहिले फेरि प्रहरी कुटपिटको घटनामा जोडिएका छन् ।

तर पनि उनलाई उन्मुक्ति दिएर बाँकीलाई मात्रै पक्राउ पुर्जी जारी गरिएको थियो ।

चौतर्फी दबाबपछि भने उनी पक्राउ परेका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor
koi77 kingmedan303 kingmedan303 djarum4d sritoto sritoto sritoto rajamania rajamania
https://pengumuman.um-ptkin.ac.id/ zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM