२०८२ माघ ७ गते, बुधबार १२:४७

सूचना प्रवाहमा सामुदायिक रेडियोको महत्त्वपूर्ण योगदान छ : मन्त्री ठकुरी

पाटन (ललितपुर) । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सामुदायिक रेडियोले समाचार तथा सूचना प्रवाहमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ ।

विश्व रेडियो दिवस २०२५ का अवसरमा सामुदायिक रेडियो प्रशारक सङ्घ (अकोराव)द्वारा आज ललितपुरमा आयोजित रेडियो र जलवायु परिवर्तन कार्यक्रममा मन्त्री ठकुरीले विपद् पूर्वसूचना, मौसम पूर्वानुमान र आपतकालीन खबरको छिटो प्रसारण गर्ने माध्यम सामुदायिक रेडियो भएको बताउनुभयो ।

“विपद्को साथी स्थानीय रेडियो हुन सक्दछन् भन्ने विगतका विपद्हरुले प्रमाणित गरिसकेका छन्, हिमाल पग्लन, अनियमित वर्षा, बाढी, पहिरो र कृषिमा नकारात्मक प्रभावजस्ता समस्या देखापरेका छन् भनेर सामुदायिक रेडियोले सवाल उठाइरहेका छन् । यस्ता चुनौती सामना गर्न सूचना, जनचेतना र स्थानीयस्तरको सक्रियता अत्यावश्यक छ, यसमा सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका खेलिरहेका छन्”, मन्त्री ठकुरीले भन्नुभयो ।

देशभरि फैलिएका सामुदायिक रेडियोको छाता सङ्गठन सामुदायिक रेडियो प्रसारक सङ्घले नेपालको राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको मन्त्री ठकुरीको भनाइ थियो । “जलवायु परिवर्तनसँग सम्बन्धित वैज्ञानिक जानकारी सहज भाषा र स्थानीय भाषामा प्रस्तुत गर्ने काम नेपालका सामुदायिक रेडियोले गरेका छन्, दुर्गम ग्रामीण क्षेत्र र पत्रपत्रिका समयमा नपुग्ने ठाउँमा खुलेका सामुदायिक रेडियो सूचनाका प्रमुख आधार बन्न पुगेका छन्”, उहाँले भन्नुभयो ।

विसं २०७२ को भूकम्पका बेला रेडियो रहेका भवन भत्कँदासमेत सडक र मकैबारीबाट समेत रेडियो प्रसारण गरेर नागरिकलाई राहत दिने कार्य गरेका उल्लेख गर्दै मन्त्री ठकुरीले यस्ता कार्यले नेपालका सामुदायिक रेडियोलाई विश्व समुदायमाझ चिनाउन सफल भएका बताउनुभयो । रेडियोहरु आर्थिक सङ्कटमा पर्दै गएकाले यिनीहरुलाई बचाउन सरकारको सहयोगको आवश्यकता रहेकामा उहाँले जोड दिनुभयो ।

लोपोन्मुख भाषा, संस्कृतिको विकास र संरक्षणमा रेडियोको शक्तिलाई प्रयोग गरेर धेरै काम गर्न सकिन्छ भन्नुहुँदै मन्त्री ठकुरीले जलवायु परिवर्तनको असर कम गर्नका लागि सामुदायिक रेडियोको क्षमता विकास गर्न आवश्यक तालिम र क्षमता विकासको काम गर्न मन्त्रालयले पनि सहयोग गर्नेछ भन्नुभयो ।

जलवायु पत्रकारिता, सङ्कट व्यवस्थापन र वातावरणीय शिक्षासम्बन्धी तालिम दिने तथा सोहीअनुसारको प्रसारण सामग्री उत्पादन र प्रसारणमा सहयोग गर्ने कुरामा मन्त्रालय सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री ठकुरीले सबै मिलेर जलवायु परिवर्तनसम्बन्धी अनुसन्धानको प्रसार र सामुदायिक परिप्रेक्ष्यलाई उजागर गर्ने कार्यमा सहकार्य गर्नु आवश्यक छ भन्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सामुदायिक रेडियोले खेलेको भूमिकाको सम्मान गर्दै प्रशंसा गर्नुभयो । उहाँले २००७ सालमा रेडियो स्थापना भएपछि प्रशारण सेवाको विकास हुँदै निजी क्षेत्र र सामुदायिक तहमा स्थापित रेडियोले समुदायको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राख्नुभयो ।

उहाँले वर्तमान अवस्थाको आँकलन गरेर भविष्यको चिन्ता गर्दै गर्दा यसलाई सुधार गरेर जानुपर्ने उल्लेख गर्दै रेडियोले जनताको आनीबानी परिवर्तन सुरक्षा र सचेतना जगाउन खेलेको भूमिका महत्त्वपूर्ण छ भन्नुभयो ।

सचिव अर्यालले सामुदायिक रेडियोका समस्या समाधान गर्न संविधानमा भएका व्यवस्थाअनुरुप मन्त्रालयअन्तर्गत रहेका कानुनलाई सुधार गर्न तत्पर रहेको जानकारी गराउँदै लिखित सुझाव पेस गर्न आग्रह गर्नुभयो ।

सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष डा महेन्द्र विष्टले रेडियोको स्रोत घट्दै गएको अवस्थामा नीति, विधि र सन्दर्भ सामग्रीमा ध्यान दिनुपर्छ भन्नुभयो । उहाँले सार्वजनिक प्रसारण संस्था र सामुदायिक रेडियोबीच सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

युनेस्कोका नेपाल प्रतिनिधि ध्रुवराज रेग्मीले जलवायु परिवर्तनको असर विश्वव्यापी रुपमा पर्छ भन्दै विकसित देशहरुले गरेको कार्बन उत्सर्जनले नेपालले पनि समस्या भोग्नुपरेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले लोकतन्त्र ल्याउन रेडियोको भूमिका महत्त्वपूर्ण थियोे भन्दै अहिले पनि सही सूचना रेडियोले दिन्छ भन्ने आमधारणा छ भन्नुभयो । उहाँले रेडियोले धेरै पत्रकार जन्माएको र आवाजविहीनहरुको आवाज बनेर रेडियोले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । स्थानीयस्तरमा विज्ञापनको व्यवस्थापन नहुँदा आर्थिक सङ्कटमा छन् भन्दै अध्यक्ष शर्माले रेडियो जोगाउन स्थानीय र प्रदेश सरकारले लगानी गर्नुपर्छ भन्नुभयो ।

बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटाले कोरोना पछि रेडियोको अवस्था दयनीय रहेको भन्दै यसलाई बचाउन रचनात्मक र समाधानमुखी पत्रकारितातिर जानुपर्ने आवश्यकता रहेकामा जोड दिनुभयो ।

उहाँले देशमा केही पनि हुँदैन भन्ने नकारात्मक भाष्यलाई चिर्न समस्या मात्रै औँल्याउनेभन्दा पनि समाधानमुखी पत्रकारिताका पनि ध्यान दिइनुपर्ने बताउनुभयो । उहाँले प्रदेशको जिम्मेवारीभित्र रहेका रेडियो र टेलिभिजनलाई नियमन गर्ने कानुन परिमार्जन गरिनुपर्ने, सङ्घीय सरकारले बनाएका नीतिहरुलाई प्रदेश तहबाट कार्यान्वयन हुनेगरी सबै प्रदेशका लागि एउटै कानुनी व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

त्रिभुवन विश्वविद्यालय पत्रकारित विभागका प्रमुख डा कुन्दन अर्यालले रेडियोको सुरुआतकालीन समयमा ठूलो उत्साह रहेकामा अहिले घट्दै गएको भन्नुभयो । उहाँले विश्वसनीयता र निर्भरताका हिसाबले नेपालका रेडियोहरुको भूमिका कमजोर रहेको बताउँदै सुधार्नका लागि लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामुदायिक रेडियोहरु समुदायमा आधारित रहेर कसरी सञ्चालन हुन सक्छ भनेर ध्यान दिनुपर्ने बताउनुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM