२०८२ मंसिर २० गते, शनिबार १८:२०

बालबालिकाको विकासमा राज्यसँगै परिवारको भूमिका अपरिहार्य : उपप्रधानमन्त्री सिंह

मकवानपुर । बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरको हेटौँडा उपमहानगरपालिकालाई आज बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा गरिएको छ । 

आज एक समारोहका बीच नेपाल सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उपमहानगरपालिकालाई बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा गर्नुभयो । 

उपप्रधानमन्त्री सिंहले बागमती प्रदेशको राजधानी, मकवानपुर जिल्ला, हेटौँडा उपमहानगरपालिकाका ३६ हजार ८२२ घरधुरी, ८७ हजार ५४८ महिला र ८८ हजार ६०७ पुरुष गरि जम्मा १ लाख ७६ हजार १६३ जनसङ्ख्या (५० हजार १८५ बालबालिका), भएको भौगोलिक र साँस्कृतिक विविधतायुक्त यस उपमहानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा १२ को उपदफा २ को (ग), बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ तथा बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७८ ले निर्दिष्ट गरेका सूचक तथा तहगत चरणहरू पुरा गरेको भन्दै बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा गर्नुभएको थियो ।

बालमैत्री घोषणा सभालाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले बालबालिकाको सर्वाङ्गीण विकासको लागि राज्यसँगै परिवारको भूमिका महत्वपूर्ण र अपरिहार्य रहेको बताउनुभयो । 

“बालबालिकाको सर्वाङ्गीण विकासमा राज्यसँगै परिवारको ठूलो र अपरिहार्य भूमिका छ । यसलाई सबैले ग्रहण गर्न आवश्यक छ”, उहाँले भन्नुभयो । परिवारले नै प्रत्येक बालबालिकालाई एक असल सन्तान र एक असल नागरिक बनाउन भूमिका खेल्न सक्ने उहाँको भनाई थियो । 

उपप्रधानमन्त्री सिंहले बालबालिकाको अधिकार तथा नागरिकको मौलिक हक प्रत्याभूत गर्ने सवालमा स्थानीय तहदेखि प्रदेश र संघ सरकारले काम गरिरहेको बताउनुभयो । संविधानमै बाल अधिकारलाई मौलिक अधिकारको रुपमा उल्लेख गरेको जानकारी दिँदै उहाँले तीनै तहका सरकारहरूले अब उपयुक्त योजना र रणनीतिसहित बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । बालमैत्री स्थानीय शासनयुक्त उपमहानगर घोषणासँगै यसको दिगोपनमा सबै गम्भीर बन्नुपर्ने उहाँको भनाई थियो । 

हेटौँडा व्यवस्थित सहरको रुपमा विकास भइरहेको उल्लेख गर्नुहुँदै उहाँले नगरपालिकाबाट विस्तार हुँदै उपमहानगरपालिका र अब महानगरपालिकामा परिणत हुने चरणमा रहेको बताउनुभयो । 

हेटौँडा उपमहानगरपालिका मकवानपुर जिल्लाको चौँथो स्थानीय तहका रुपमा बालमैत्री शासनयुक्त घोषणा भएको छ । मकवानपुरको १० पालिकामध्ये यसअघि मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र बकैया गाउँपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भइसकेका छन् । 

हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा बागमती प्रदेशका कार्यवाहक मुख्यमन्त्री प्रकाश श्रेष्ठ, संघीय सांसद दिपक बहादुर सिंह, प्रदेश सांसदहरु इन्द्रबहादुर बानिया, एकालाल श्रेष्ठ, प्रेमबहादुर पुलामीलगायतको आतिथ्यता थियो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM