२०८२ श्रावण ४ गते, आईतवार ०२:५१

विपिन जोशीको रिहाइका लागि नेपाली मूलका बैंकरको अपिल

इजरायल। प्यालेस्टिनी उग्रवादी समूह हमासको अपहरणमा परेका नेपाली विपिन जोशीको सुरक्षित रिहाइका लागि नेपाली मूलका बैंकरले अपिल गरेका छन् ।

न्यूयोर्कमा कार्यरत नेपाली मूलका बैंकर तथा समाजसेवी प्रवेश रिजालले इजरायलको दक्षिणी क्षेत्रमा रहेको किब्बुज अलुमिममा आयोजित एक स्मृतिसभामा जोशीको सुरक्षित रिहाइका लागि अपिल गरेका हुन् । रिजाल न्युयोर्कस्थित क्रस रिभर बैंकको क्वान्टिटेटीभ स्ट्राटेजिज विभागको प्रमुख हुन् ।

साथै उनले मारिएका १० नेपाली विद्यार्थीहरूको सम्झनामा इजरायलको एक किब्बुजमा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरे ।

श्रद्धाञ्जली कार्यक्रममा बोल्दै रिजालले भने, ‘त्यही ठाउँमा उभिनु जहाँ हाम्रा १० नेपाली दाजुभाइहरूले ज्यान गुमाएका थिए, अत्यन्त पीडादायक अनुभूति हो। तर यो क्षण नेपाल र इजरायलबीचको सहानुभूति र ऐक्यबद्धताको प्रतीक पनि हो।’

उनले हमासको कब्जामा परेका निर्दोष बन्धकहरूको सुरक्षित फिर्तीका लागि विश्व समुदायले ऐक्यबद्धता जनाउनुपर्ने बताए।

‘हामीले गुमाएका आफन्तहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दा मेरो मन अझै भारी छ। किनकि अझै पनि थुप्रै निर्दोष नागरिक हमासको कब्जामा छन्, जसमा नेपाली नागरिक बिपिन जोशी पनि छन्,’ उनले भने, ‘ इजरायल आइपुगेको केही हप्तामै १५ जना नेपालीहरूलाई बचाउने प्रयासका क्रममा अपहरणमा परे। उनको सुरक्षित फिर्तीका लागि हामी प्रार्थना गर्छौं र सबै निर्दोष बन्धकहरूको रिहाइका लागि विश्व समुदायले ऐक्यबद्धता जनाउनुपर्छ।’

अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी कम्तीमा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने केही घाइते भएका थिए। नेपाल सरकारले इजरायल सरकार तथा अन्तर्राष्ट्रिय समुदायलाई हाल बन्धक अवस्थामै रहेका ठानिएका बिपिन जोशीको सुरक्षित रिहाइका लागि सहयोग गर्न आग्रह गर्दै आएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM