२०८२ माघ २६ गते, सोमबार ११:२०

समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारण गर्नुपर्नेमा जोड 

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण नेपालले उत्पादन तथा प्रसारण गर्ने सामग्री थप समावेशी हुनुपर्नेमा जोड दिइएको छ । विश्व रेडियो दिवसको अवसरमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आजदेखि सुरु भएको समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारण तालिममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पिएसबीलाई अगाडी बढाउने सम्बन्धमा यसका समाचार तथा कार्यक्रमलगायतका प्रसार सामग्रीलाई थप समावेशी बनाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यकारी अध्यक्ष विष्टले परिवर्तित संरचनामा नयाँ ढङ्गबाट अगाडि बढ्दा पिएसबीका प्रसार सामग्री थप नागरिक केन्द्रित हुनुपर्ने र भाषालाई बढीभन्दा बढी समावेशी बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले, लोकतन्त्रको पछिल्लो अभ्यास अनुसार सबै वर्ग, क्षेत्र जातजाति, भाषाभाषीलाई समेटेर अगाडि बढ्नुपर्ने भन्दै त्यस्ता समाचार तथा कार्यक्रमहरूबाट लक्षित वर्गले उपलब्धि समेत हासिल गर्ने गरी विषयवस्तु समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले राज्यले लिएको समावेशी राज्य निर्माणको अवधारणा पुरा गर्न पिएसबीको भूमिका प्रभावकारी हुने बताउनुभयो ।

सचिव अर्यालले पिएसबीबाट प्रसारण हुने प्रसार सामग्रीले विभिन्न वर्ग, क्षेत्र जातजाति, भाषाभाषी लगायत कमजोर पहुँच भएका नागरिकका विषयवस्तुलाई समेट्न सकेमा समावेशीकरण प्रभावकारी बन्ने बताउनुभयो ।

उहाँले गरिमामय इतिहास बोकेका रेडियो नेपाल र नेपाल टेलिभिजनले पिएसबीलाई प्रभावकारी ढङ्गबाट अगाडी बढाउन थप तत्परता देखाउनुपर्ने भन्दै आवश्यक सहयोगका लागि मन्त्रालयले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले पिएसबीले लिएका नीति अनुरूप कार्यक्रम उत्पादन र प्रसारण गर्ने कार्यलाई थप उपलब्धिमूलक बनाउने विषयमा तालिम फलदायी हुने बताउनुभयो । 

सार्वजनिक सेवा प्रसारण नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले तालिममा सिकेका ज्ञान र सीपबाट पिएसबीलाई परिवर्तित संरचनामा अगाडि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालका निर्देशक एवं योजना विस्तार तथा विकास महाशाखा प्रमुख पुष्करराज गौतमले समाचार तथा कार्यक्रममा समावेशी विषयवस्तु समावेश गर्ने सम्बन्धमा तालिममा छलफल तथा अन्तर्क्रिया गरिने जानकारी दिनुभयो ।

हाल रेडियो नेपालबाट २५ तथा नेपाल टेलिभिजनबाट १४ वटा विभिन्न भाषामा समाचार तथा कार्यक्रम प्रसारण भइरहेका छन् । सार्वजनिक सेवा प्रसारण नेपालमा समाचार तथा कार्यक्रममा काम गर्ने कर्मचारीहरूको सहभागिता रहेको तालिम आजदेखि तीन दिनसम्म सञ्चालन हुने छ भने विभिन्न भाषाका विज्ञहरूले  तालिमको सहजीकरण गर्नुहुनेछ ।

यसै अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा रेडियो प्रसार सेवा विकास समितिका तत्कालीन अध्यक्ष राधिका अर्याललाई उहाँले संस्थाप्रति पु¥याउनुभएको योगदानको कदरसहित सम्मान गरिएको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM