२०८२ माघ १ गते, बिहीबार ०८:०३

आठ वर्षपछि हुन लागेको च्याम्पियन्स ट्रफीमा कुन टोली कस्ता ?

पछिल्लोपटक सन् २०१७ मा भएको च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतलाई हराउँदै पाकिस्तान च्याम्पियन बनेको थियो । त्यसअघि सन् २०१३ मा भने भारतले जितेको थियो भने सन् २००९ मा अस्ट्रेलियाले जितेको थियो ।

१ फागुन, काठमाडौं । पाकिस्तानमा आगामी सातादेखि नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट सुरू हुँदै छ । आठ वर्षपछि हुन लागेको आईसीसीको यस ‘मिनी विश्‍वकप’मा आठ टोलीहरू सहभागी रहनेछन् ।

दुई समूहमा विभाजित आठ टोलीहरूमा आयोजक पाकिस्तानसहित भारत, अस्ट्रेलिया, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, इंग्ल्याण्ड, बंगलादेश र अफगानिस्तान छन् । पाकिस्तान साविक विजेता समेत हो ।

समूह ए मा भारत, पाकिस्तान, न्युजिल्याण्ड र बंगलादेश रहेका छन् भने समूह बी मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान रहेका छन् । हरेक समूहबाट सिंगल राउण्ड रोबिनका खेलपछि शीर्ष दुई टोलीहरू सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

पछिल्लोपटक सन् २०१७ मा भएको च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतलाई हराउँदै पाकिस्तान च्याम्पियन बनेको थियो । त्यसअघि सन् २०१३ मा भने भारतले जितेको थियो भने सन् २००९ मा अस्ट्रेलियाले जितेको थियो ।

सन् १९९८ देखि नकआउट ट्रफीको नामले सुरू भएर २००२ देखि च्याम्पियन्स ट्रफी नाम दिइएको प्रतियोगिताको उपाधि सर्वाधिक जित्ने टोली भारत र अस्ट्रेलिया हुन् । भारतले सन् २००२ मा श्रीलंकासँग संयुक्त रूपमा उपाधि बाँडेको थियो भने सन् २०१३ मा टी२० फर्म्याटमा भएको प्रतियोगिता जितेको थियो ।

त्यस्तै अस्ट्रेलियाले सन् २००६ र सन् २००९ मा लगातार उपाधि जितेको थियो । त्यसयता भएका दुई संस्करणमा भने अस्ट्रेलियाले राम्रो प्रदर्शन गर्न सकेन । आईसीसी प्रतियोगितामा सर्वाधिक सफल टोली अस्ट्रेलियाले आईसीसीका हरेक प्रतियोगिता कम्तिमा एकपटक जित्ने एकमात्र टोली हो ।

आगामी साता सुरू हुन लागेको च्याम्पियन्स ट्रफी क्रिकेटका लागि सबै राष्ट्रहरूले अन्तिम टोली घोषणा गरिसकेका छन् । केही स्टार खेलाडीहरूले प्रतियोगिता गुमाउने पनि छन् । लामो समयको अन्तरालपछि हुन लागेको यस प्रतियोगिता खेल्ने कुन टोली कस्ता छन् त ? आज कुरा गर्नेछौं ।

पाकिस्तान

पाकिस्तान आयोजक एवम् डिफेन्डिङ च्याम्पियन हो । सन् २०१७ को फाइनलमा भारतमाथि शानदार जित निकाल्दै पाकिस्तानले उपाधि उचालेको थियो ।

उपाधि जित्ने टोलीका दुई सदस्यहरू अहिले पनि टिममा छन् । बाबर आजम र फखार जमान अहिले पनि पाकिस्तानको टोलीमा छन् । टोलीको कप्तान भने विकेटकिपर ब्याटर मोहमद रिजवान छन् ।

बाबर र फखारसँगै सौद शकीलले टप अर्डरमा तथा रिजवानले मिडल अर्डरमा राम्रो खेल्न सक्छन् । त्यस्तै फहीम असरफ र खुशदिल साहको अलराउण्ड प्रदर्शन तथा तीन युवा बलरहरू शाहीन अफ्रिदी, नसीम साह र हारिस राउफले उत्कृष्ट प्रदर्शन गरेमा पाकिस्तानले घरमै हुने प्रतियोगितामा लगातार दोस्रोपटक उपाधि जित्न सक्छ ।

पाकिस्तानले च्याम्पियन्स ट्रफीअघि अहिले दक्षिण अफ्रिका र न्युजिल्याण्डसँग एकदिवसीय शृंखला पनि खेलिरहेको छ ।

पाकिस्तानको टोली : मोहम्मद रिज्वान (कप्तान), बाबर आजम, फखार जमान, कमरान गुलाम, सौद शकील, तैयाब ताहिर, फहीम असरफ, खुशदील शाह, सलमान अली आघा, उस्मान खान, अबरर अहमद, हारिस राउफ, मोहम्मद हसनैन, नसीम शाह, शाहीन अफ्रिदी

भारत

सन् २०११ मा पछिल्लोपटक ५० ओभरको आईसीसी प्रतियोगिता जितेको भारतले सन् २०१३ मा टी-२० फर्म्याटमा भएको च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो ।

यस च्याम्पियन्स ट्रफीमार्फत केही सिनियर खेलाडीहरूलाई बिदा गर्न सक्छ । रोहित शर्माको कप्तानीमा प्रतियोगितामा खेल्न मैदान उत्रँदै गर्दा भारतको नजर ट्रफीमा रहनेछ ।

भारतको टोलीमा रहेका रोहितसँगै विराट कोहली र रविन्द्र जडेजाको यो अन्तिम आईसीसी प्रतियोगिता हुन सक्छ । त्यसकारण ह्‍वाइट बल क्रिकेटबाट यी तीन खेलाडीहरूले सन्यास लिनुअघि भारतीय टोलीले उपाधि जितेर खेलाडीहरूलाई बिदाई गर्न सक्छ ।

भारतको टोलीमा युवा र सिनियर खेलाडीको समिश्रण छ । सन् २०२३ को एकदिवसीय विश्वकप फाइनलमा अस्ट्रेलियासँग पराजित हुँदाको टोलीबाट प्रमुख खेलाडी बाहिर हुनेछन् । पेस बलर जसप्रित बुमराह ब्याक इन्जुरीले गर्दा प्रतियोगिताबाट बाहिरिने पक्का भएसँगै पेस बलिङमा अब अनुभवी मोहम्मद शामी र युवा अर्शदीप सिंह रहनेछन् ।

त्यस्तै ब्याटिङमा कप्तान रोहित र कोहलीसँगै युवाहरू शुभमन गिल, श्रेयस अय्यर र रिषभ पन्तसँगै केएल राहुल हुनेछन् । अलराउण्डरका रूपमा अनुभवी रविन्द्र जडेजासँगै हार्दिक पान्ड्या, अक्षर पटेल र वासिङटन सुन्दर हुनेछन् ।

अन्य आईसीसी प्रतियोगिताजस्तै यसमा पनि भारतीय टोली उपाधि दाबेदारका रूपमा रहनेछ । जसप्रित बुमराहको अभावमा अन्य बलरहरूले सुदृढ प्रदर्शन गर्नुपर्ने हुन्छ ।

भारतको टोली : रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, रिषभ पन्त, हार्दिक पाण्ड्या, अक्षर पटेल, वासिङटन सुन्दर, कुल्दीप यादव, हर्षित राना, मोहम्मद शामी, अर्शदीप सिंह, रविन्द्र जडेजा, वरुण चक्रवर्ती

अस्ट्रेलिया

आईसीसी हरेक प्रतियोगिताहरूमा अस्ट्रेलियन टोली मुख्य दाबेदारका रूपमा रहने गर्छ । ६ पटक एकदिवसीय विश्वकप, दुईपटक च्याम्पियन्स ट्रफी र एक-एक पटक टेस्ट च्याम्पियनसिप तथा टी-२० विश्वकप जितेको इतिहास अस्ट्रेलियासँग छ ।

पछिल्लो १० वर्षमा अस्ट्रेलियाले ४ वटा आईसीसीका प्रतियोगिताहरू जितिसकेको छ । सन् २०१५ र २०२३ को एकदिवसीय विश्‍वकप, सन् २०२१ को टी-२० विश्वकप तथा सन् २०२१-२३ को टेस्ट च्याम्पियनसीप अस्ट्रेलियाले जितेको छ ।

दुवै एकदिवसीय विश्वकप जित्दाका केही खेलाडीहरू अहिले पनि टिममा छन् । तीमध्ये केही प्रारम्भिक रूपमा टिममा रहेर चोटका कारण बाहिरिएका छन् । प्रतियोगिताअघि अस्ट्रेलियालाई बारम्बार धक्का लागिरहेको थियो ।

अलराउण्डर मिचेल मार्श चोटका कारण सबैभन्दा पहिले रुल आउट हुँदा अर्का अलराउण्डर मार्कस स्टोइनिसले अप्रत्याशित रूपमा एकदिवसीयबाट सन्यास लिएका थिए भने स्टार बलरहरू प्याट कमिन्स र जोश हेजलवूड चोटका कारण र मिचेल स्टार्क व्यक्तिगत कारणले प्रतियोगितामा देखिने छैनन् ।

२०१५ र २०२३ को दुवै विश्वकप जित्दाका स्टिभ स्मिथ र ग्लेन म्याक्सवेल अहिले पनि टिममा छन् । २०२३ को विश्‍वकप जित्दाका ट्राभिस हेड, मार्नस लबुशान, एडम जाम्पा, एलेक्स केरी र जोश इङ्लिस पनि हाल टिममा छन् ।

तीन मुख्य बलरहरू २०१५ देखि पहिलोपटक सँगै नदेखिँदा अस्ट्रेलियाको पेस बलिङ लाइनअप यसपटक पूरै नयाँ देखिनेछ । उनीहरूको अनसपस्थितिमा युवा खेलाडीहरूले राम्रो प्रदर्शन गर्दै अस्ट्रेलियाको ट्रफी क्याबिनेटमा अर्को एउटा उपाधि थप्ने योजनामा हुनेछन् ।

ट्राभिस हेडको पछिल्लो समयको प्रदर्शन, स्मिथ र लबुशानको क्लास तथा ग्लेन म्याक्सवेलको जादुमयी अलराउण्ड प्रदर्शनको साथमा युवा बलरहरूले उत्कृष्ट प्रदर्शन गरेमा अस्ट्रेलियाले उपाधि जित्न सक्नेछ ।

अस्ट्रेलियाको टोली : स्टिभ स्मिथ (कप्तान), शन एबट, एलेक्स केरी, बेन डारसुइस, नेथन एलिस, जेक फ्रेजर-म्याकगर्क, आरोन हार्डी, ट्राभिस हेड, जोश इंग्लिस, स्पेन्सर जोनशन, मार्नस लबुशान, ग्लेन म्याक्सवेल, तन्भिर सांघा, म्याथ्यू शर्ट, एडम जाम्पा

दक्षिण अफ्रिका

दक्षिण अफ्रिका आईसीसीका प्रतियोगिताहरूमा अभागी टोलीको रूपमा ठहरिने गरेको छ । सन् २०१५ र २०२३ को एकदिवसीय विश्वकप सेमिफाइनलमा पुगेर पराजित भएको दक्षिण अफ्रिकी टोली सन् २०२४ को टी-२० विश्वकप फाइनलमा पनि जितको नजिक पुगेर पराजित भएको थियो ।

यसपटक दक्षिण अफ्रिकालाई ‘चोकर’ भनेर लागेको धब्बा केही हदसम्म मेटाउने अवसर रहनेछ । दक्षिण अफ्रिका टेम्बा बाभुमाको कप्तानीमा खेल्दै छ जहाँ पछिल्लो समय राम्रो खेलिरहेका टोनी डे जोर्जी, हेनरिच क्लासेन, एइडेन मार्क्रम, राशी भान डेर डुसेन र डेभिड मिलरजस्ता खेलाडीहरू छन् ।

युवा अलराउण्डर मार्को यान्सेन, पेसर कगिसो रबाडा र लुंगी एङ्गिडीबाट राम्रो प्रदर्शनको आशा रहनेछ । राम्रो खेल्दाखेल्दै पनि उपाधि जित्न नसक्नु दक्षिण अफ्रिकाका लागि दुर्भाग्यपूर्ण रहने गरेको छ ।

विडम्बनाको कुरा के छ भने दक्षिण अफ्रिका २०१५, २०२३ र २०२४ को विश्वकपमा सेमिफाइनल र फाइनल पुग्दा टोलीमा रहेका डेभिड मिलर अहिले पनि टिममा छन् । यसपटक भने उनको र दक्षिण अफ्रिकी टोलीको भाग्य फेरिन सक्छ ।

दक्षिण अफ्रिकाको टोली : टेम्बा बाभुमा (कप्तान), टोनी डे जोर्जी, मार्को यान्सेन, हेनरिच क्लासेन, केशव महाराज, एइडेन मार्क्रम, डेभिड मिलर, वियान मुल्डर, लुंगी एन्गीडी, कगिसो रबाडा, रायन रिकेलटन, तब्रेज शाम्सी, ट्रिस्टन स्टब्स, राशी भ्यान डेर डुसेन, कर्बिन बोस्च

न्युजिल्याण्ड

दक्षिण अफ्रिकाजस्तै अर्को अभागी टोली हो न्युजिल्याण्ड । सान्त्वनाका लागि भन्नुपर्दा न्युजिल्याण्डले आईसीसीको टेस्ट च्याम्पियनसिप भने जितेको छ । च्याम्पियन्स ट्रफी भने सन् २००० मा जितेको थियो । विश्वकप र अन्य प्रतियोगिता भने जित्न बाँकी छ ।

सन् २०१५ र सन् २०१९ को विश्वकप फाइनलमा पराजित भएको न्युजिल्याण्ड सन् २०२३ मा सेमिफाइनलमा पराजित भएको थियो । त्यस्तै सन् २०२१ को टी-२० विश्वकप फाइनलमा पनि पराजित भएको थियो ।

राम्रो खेल्दाखेल्दै उपाधि जित्न नसक्ने अर्को टोली हो न्युजिल्याण्ड । यसपटक न्युजिल्याण्ड मिचेल सान्टनरको कप्तानीमा खेल्दै छ । टोलीमा केन विलियमसन, टम लेथम, डेभन कनवे, विल योङलगायत उत्कृष्ट ब्याटर छन् भने रचिन रविन्द्र, ग्लेन फिलिप्स, डारिल मिचेल र मिचेल सान्टनरजस्ता राम्रा अलराउण्डर छन् । विश्वकप खेलेका अलराउण्डर जिमी नीशम भने टोलीमा छैनन् ।

बलिङमा म्याट हेनरी, लकी फर्गुसन छन् । प्रदर्शन राम्रो गरेर भाग्यको साथ पाएमा न्युजिल्याण्डले पहिलोपटक आईसीसीको ह्‍वाइट बल फर्म्याटमा उपाधि जित्न सक्छ ।

न्युजिल्याण्डको टोली : मिचेल सान्टनर (कप्तान), माइकल ब्रेसवेल, मार्क चापम्यान, डेभन कनवे, लकी फर्गुसन, म्याट हेनरी, टम लेथम, डारिल मिचेल, विलियम ओरके, ग्लेन फिलिप्स, रचिन रविन्द्र, बेन सियर्स, नेथन स्मिथ, केन विलियमसन, विल योङ ।

इंग्ल्याण्ड

क्रिकेटको सुरूवात भएको देश भएपनि लामो समयको पर्खाइपछि सन् २०१९ मा एकदिवसीय विश्वकप जितेको इंग्ल्याण्डले हालसम्म च्याम्पियन्स ट्रफीको उपाधि भने‍ जितेको छैन । आईसीसीका प्रतियोगिताहरूमा इंग्ल्याण्डले त्यति सुदृढ प्रदर्शन गर्न सकेको हुँदैन ।

सन् २०१९ मा प्रतियोगिताभर राम्रो खेलेको इंग्ल्याण्डले उपाधि जितेको थियो भने सन् २०१६ र २०२२ मा टी-२० विश्वकपको उपाधि जितेको थियो । यीबाहेक इंग्ल्याण्डको टिमको प्रदर्शन कहिले हाई कहिले लो हुने गरेको छ ।

जस बट्लरको कप्तानीमा च्याम्पियन्स ट्रफी खेल्न लागेको इंग्ल्याण्डका लागि पहिलोपटक च्याम्पियन्स ट्रफीको उपाधि जित्ने मौका हुन सक्छ । इंग्ल्याण्डको टोलीमा बट्लरसँगै सिनियर खेलाडी जो रुट छन् जसका लागि यो अन्तिम आईसीसी प्रतियोगिता हुन सक्छ ।

इंग्ल्याण्डमा टम बेन्टन, बेन डकेट, फिल साल्टजस्ता आक्रामक टप अर्डर ब्याटरहरू छन् । मिडल अर्डरमा रूट, ह्यारी ब्रुक र कप्तान बटलरसहित लियाम लिभिङस्टोन हुनेछन् । बलिङमा पेस किङ जोफ्रा आर्चरसँगै मार्क वूड छन् ।

टिम बलियो देखिएपनि मैदानमा सुदृढ प्रदर्शन गर्न नसक्दा इंग्ल्याण्डको टिम कन्सिस्टेन्सी मेनटेन गर्न भने चुकिरहेको हुन्छ । यसपटक बटलरलाई आईसीसीको उपाधि जिताउने अवसर हुनेछ ।

इंग्ल्याण्डको टोली : जोस बटलर (कप्तान), जोफ्रा आर्चर, गस एटकिन्सन, टम बेन्टन, ह्यारी ब्रूक, ब्राइडन कार्से, बेन डकेट, जेमी ओभर्टन, जेमी स्मिथ, लियाम लिभिङस्टन, आदिल राशिद, जो रूट, सकिब महमूद, फिलिप साल्ट, मार्क वूड

बंगलादेश

बंगलादेशको टोलीले हालसम्म आईसीसीको कुनैपनि मुख्य प्रतियोगिता जित्न बाँकी छ। बंगलादेश क्रिकेट टिम पछिल्लो समय त्यति लयमा देखिएको छैन ।

यसपटक च्याम्पियन्स ट्रफीमा बंगलादेश नजमुल हसन शान्तोको कप्तानीमा खेल्दै छ । टोलीमा सिनियर खेलाडी महमुदुल्लाह र मुस्फिकर रहिम पनि समावेश छन् । उनीहरू दुवैका लागि यो अन्तिम आईसीसी प्रतियोगिता हुनेछ ।

शान्तोसँगै सौम्या सरकार, रहिम, महमुदुल्लाह र तोहिद रिदोएबाट बंगलादेशले राम्रो प्रदर्शनको अपेक्षा राख्नेछ । बलिङमा अनुभवी मुस्तफिजुर रहमान र तास्किन अहमदसँगै युवा तन्जिम हसन साकिबले राम्रो गर्न सक्छन् । मेहदी हसन मिराज राम्रो अलराउण्डर हुन् ।

बंगलादेशले आफ्नो पुरानो लयमा फर्किएर राम्रो प्रदर्शन गरेको अवस्थामा बलियो टोलीहरूलाई पनि चुनौती दिन सक्छ ।

बंगलादेशको टोली : नजमुल हसन शान्तो (कप्तान), सौम्या सरकार, तन्जिद हसन, तोहिद रिदोए, मुस्फिकर रहिम, महमुदुल्लाह, जाकिर अली, मेहदी हसन मिराज, रिशाद होसेन, तास्किन अहमद, मुस्तफिजुर रहमान, परवेज होसाई, नसुम अहमद, तन्जिम हसन साकिब, नाहिद राना

अफगानिस्तान

अफगानिस्तानले च्याम्पियन्स ट्रफीमा पहिलोपटक खेल्न लागेको हो । पछिल्लो समय निकै उच्च स्तरको प्रदर्शन गरिरहेको अफगानिस्तान जुनसुकै आईसीसी प्रतियोगितामा पनि बलियो टोलीलाई चुनौती दिन सक्ने टोलीका रूपमा हेरिने गरेको छ ।

सन् २०२३ मा अफगानिस्तानले पाकिस्तानलाई हराएको थियो भने २०२४ मा दक्षिण अफ्रिकाविरूद्ध दुई खेल जित्दै शृंखला नै जितेको थियो । त्यस्तै श्रीलंका र बंगलादेशलाई पनि हराइसकेको छ ।

अफगानिस्तान हसमतुल्लाह शाहिदीको कप्तानीमा खेल्ने छ । टोलीमा शाहिदीसँगै इब्राहिम जाद्रान, रहमनुल्लाह गुरबाज, रहमत शाहजस्ता उत्कृष्ट ब्याटरहरू छन् । सिनियर खेलाडी मोहम्मद नाबीले पनि यस च्याम्पियन्स ट्रफीपछि सन्यास लिँदै छन् ।

नाबीसँगै गुल्बादिन नाइब र अजमतुल्लाह ओमरजाइको अलराउण्ड प्रदर्शन तथा फजलहक फारुकी, राशिद खान, नूर अहमदको उत्कृष्ट बलिङमा अफगानिस्तानले ठुला टोलीहरूलाई यसपटक पनि स्तब्ध पार्न सक्छ ।

सन् २०२३ को एकदिवसीय विश्वकपमा सेमिफाइनलको नजिक पुगेर चुकेपनि सन् २०२४ को टी-२० विश्वकपमा अस्ट्रेलियालाई समेत हराएर अफगानिस्तान सेमिफाइनलसम्म पुगेको थियो ।

२०२४ बाट फर्म्याट फरक भएतापनि यसपटक पनि अफगानिस्तान फेरि एकपटक सनसनी मच्चाउँदै सेमिफाइनलसम्म पुग्न सक्छ ।

इंग्ल्याण्ड, अस्ट्रेलिया र दक्षिण अफ्रिकासँगै समूह बी मा रहेको अफगानिस्तानका लागि चुनौती भने रहनेछ ।

अफगानिस्तानको टोली: हस्मतुल्लाह शाहिदी (कप्तान), इब्राहिम जाद्रान, रहमनुल्लाह गुरबाज, सेडिकुला अटल, रहमत शाह, इक्रम अली खिल, गुल्बादिन नाइब, अजमतुल्लाह ओमरजाई, मोहम्मद नाबी, राशिद खान, नगेलिया खरोटे, नूर अहमद, फजलहक फारुकी, फरीद मलिक, नाभिद जाद्रान।

***

फेब्रुअरी १९ देखि सुरू हुने च्याम्पियन्स ट्रफीको उद्घाटन खेलमा आयोजक पाकिस्तान र न्युजिल्याण्डबीच उद्घाटन खेल हुनेछ । प्रतियोगिताको फाइनल ९ मार्चमा लाहोरमा हुनेछ वा भारत फाइनल पुगेको अवस्थामा दुबईमा हुनेछ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor
koi77 kingmedan303 kingmedan303 djarum4d sritoto sritoto sritoto rajamania rajamania
https://pengumuman.um-ptkin.ac.id/ zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM