२०८२ माघ २९ गते, बिहीबार २२:१२

भारतको वन विभागले दशगजामा लगायो काँडेतार, नेपाली सुरक्षा अधिकारी अनविज्ञ

बाँके । बाँकेको जमुनाह नाकाबाट पूर्वी क्षेत्रमा पर्ने दशगजामा भारतले नेपाली सुरक्षा अधिकारीसँग कुनै समन्वय नगरी काँडेतार लगाएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिँदै भन्नुभयाे, “भारतले सिमेन्टका पोल र काँडेतार आफ्नो भू-भागमा लगाएको हो, जसले चोरीसिकारी र तस्करी रोक्नका लागि काम गर्छ।” उहाँले यसबारे भारतको निर्णयलाई विवादको विषय नरहेको बताउनुभयाे, किनकि काँडेतार भारतीय भूभागमा रहेको छ र दशगजा क्षेत्रमा छैन।

प्रजिअ रिजालले थपन्नुभयाे, “भारतले काँडेतार लगाउँदा सुरक्षा निकायसँग कुनै समन्वय गरेको छैन, र यो दशगजा क्षेत्र नभइ भारतीय भूभागमा पर्ने भएकाले समन्वयको आवश्यकता पनि छैन।”

त्यस क्षेत्रको अवस्थिति अनुसार, काँडेतार जमुनाहबाट लगभग १०० मिटर पूर्वमा देख्न सकिन्छ, तर नेपाली सुरक्षा अधिकारीहरूले कुन क्षेत्रसम्म काँडेतार लगाइएको हो भन्ने जानकारी छैन।

भारतले काँडेतार लगाएको क्षेत्रले खेतीबारीको समय बाहेक अन्य समयमा नेपालबाट आउने गाईगोरु र अन्य जनावरहरूको चरिचरणलाई रोक्नका लागि गरेको अनुमान स्थानीयवासीहरूको छ।

भारतीय सशस्त्र सीमा बल (एसएसबी) का स्रोतले भने, भारतको वन विभागले काँडेतार लगाएको पुष्टि गर्दै जनावरहरूले बालिनाली नष्ट गर्ने कारणले यस्तो कदम उठाइएको बताएका छन्। एसएसबीका अनुसार, “काँडेतार सिमा अतिक्रमण रोक्नको लागि नभई, नेपाल र आसपासका जङ्गलबाट आउने जनावरलाई रोक्नका लागि लगाइएको हो।”

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM