२०८२ माघ ९ गते, शुक्रबार १०:०९

मेरै काखमा बाको अन्तिम श्वास

तिथिले मेरो जन्मदिन मतैया पर्वको भोलिपल्ट पर्छ। पछिल्ला वर्षहरूमा मलाई आफ्नो जन्मदिनमा पनि खासै रौनक लाग्न छाडेको छ। अचेल मेरो जन्मदिवस खासै उत्सव जसरी म मनाउँदिनँ।

जनैपूर्णिमाको भोलिपल्ट गाईजात्रा। गाईजात्राको भोलिपल्ट मतैया पर्व। मतैया पर्वमा ललितपुरभरि मेला लाग्छ। घरघरमा चेलीबेटी, आफन्तहरू जम्मा हुन्छन्। २०६६ सालको मतैया पर्वका दिनमा पनि हामी सबै दिदीबहिनी माइती (महापाल)मा भेला भएका थियौं। मतैया पर्व मनाएर घर फर्किनुपर्ने हामी दिदीबहिनी भोलिपल्ट पनि सबै त्यहीं जम्मा भएका थियौं।

बा बिरामी भएको केही समय भइसकेको थियो। उहाँको स्मृति हराउँदै गएको थियो। आफ्ना जिन्दगीका शब्दकोशमा थकान भन्ने शब्द नै नभए जस्तो गर्ने हाम्रा बा विस्तारै गल्दै जानुभएको थियो। यसो भयो, उसो भयो भनेर पनि नभन्ने। एकै ठाउँमा टोलाएर बस्ने। केही समयदेखि उहाँको होश ठेगानमा थिएन।

बालाई व्यथाले च्यापेको जस्तो चाहिं देखिन्थ्यो। सबै छोराछोरी जम्मा भएका थियौं। बालाई छोड्न मिल्दैन है आज गाह्रो भए जस्तो छ भन्दै थियौं। वरिपरि भाइबहिनीहरू थिए। बा मेरो काखमा टाउको अड्याएर ट्वाल्ल हेरिरहनुभएको थियो। घरी यसो आँखाले केही भन्न खोजे जस्तो गर्नुहुन्थ्यो तर बोली फुट्दैनथ्यो।

हेर्दा हेर्दै बाको श्वास–प्रश्वास असन्तुलित हुन थाल्यो। हेराइ टिठलाग्दो भयो। जीउ शिताङ्ग हुँदै गयो। मुख सुख्खा भयो। चम्चाले खुवाएको पानी पनि निल्न सक्नुभएन। एक पटक लामो श्वास फेर्नुभयो अनि जीउ तनक्क तन्किए जस्तो भयो। निभ्ने बेलाको मैनबत्ती धिपिक्क भए जसरी त्यही श्वास अन्तिम भयो। मेरो काखैमा बाको परान गयो।

बाले मेरा काखमा अन्तिम श्वास फेर्नुभयो जसको काखमा खेलेर म हुर्किएँ, त्यो धरोहर, मेरो आस्थाको पुञ्ज, आदर्श, निष्ठा र भरोसाको सतिसाल मेरै काखबाट बिदा भयो सधैं सधैंका लागि।

मेरा हरकदममा बा सँगै हुनुहुन्थ्यो। मेरा हरपाइलामा बाको साथ हुन्थ्यो। मेरा हरयात्रामा बाको मङ्गलमय कामना साथमै हुन्थ्यो। मेरो खुसीमा मभन्दा बढी रमाउने, मेरो दु:खमा मभन्दा बढी बेचैन हुन पुग्ने मेरा बा उहाँको आफ्नो महाप्रस्थानमा भने एक्लै हुनुभयो- हामीलाई टुहुरा बनाएर।

भाइबहिनीहरू भावविह्वल थिए। आमा सम्हालिनै नसक्ने गरी रोइरहनुभएको थियो। म पनि धीत मर्ने गरी रुन चाहन्थें। म जेठी छोरी, यो दु:खद् परिस्थितिमा पनि म नै सम्हालिनुपर्छ भन्ने लाग्थ्यो। सम्हालिने कोसिस पनि गरिहेरें तर सम्हालिने कुरा कहाँ आफ्नो बसमा हुँदो रहेछ र !

सम्हालिन खोज्दाखोज्दै मनको बाँध भत्काएर आँसुका धारा छुटिहाले र आँखाका डिलबाट बगिहाले वर्षात्‌मा खहरे बगे जस्तै। संसार हेर्ने आँखाले कहिल्यै देख्न नपरे हुन्थ्यो जस्तो लाग्ने दृश्य हेर्न नियतिले हामीलाई बाध्य पारिरहेको थियो। हामीलाई दु:ख पर्दा चिन्ता नलिऊ भन्ने भरोसाको मियो ढलेको थियो। यसअघि हामी रुँदा नरोऊ भनेर सान्त्वना दिने हाम्रा बा आज भने कहिल्यै नउठ्ने गरी चुपचाप चिरनिद्रामा महानिद्रित हुन पुग्नुभो। मैले फेरि सम्हालिने प्रयास गरें, हर अप्ठेरा परिस्थितिमा मेरा बाले सम्हालिने गरेका परिघटनाहरू सम्झँदै।

बाको रिक्तता मेरो जीवनको एक अपूरणीय अभाव हो। म उहाँकी जेठी छोरी भएर जन्मनु नै अहोभाग्य ठान्छु। बाको माया, स्नेह र विश्वासको जगमा नै मैले आफूलाई उभ्याउन सकेकी हुँ। त्याग, समर्पण, मिहिनेत, आत्म-विश्वास र आत्म-सम्मान बाबाटै सिकेकी हुँ। आज म जहाँ छु, थोरै मेरो प्रयत्न अनि धेरै बाको अभिभावकत्वको परिणाम हो

बाको निधनको त्यस स्तब्ध वातावरणमा बाल्यकालका थुप्रै स्मृतिहरू धुमिल मनका धरातलबाट विस्तारै बौरिंदै उठ्न थाले। म सानोमा बेस्सरी बिमारी हुँदा बाले अनेक थरी उपाय लगाउनुभएको थियो। मलाई उपचारका लागि बोकेर कता-कता पुर्‍याउनुभयो सबै त याद छैन। तर उहाँको पिठ्यूँमा धेरै ठाउँ डुलेकी थिएँ।

बा दिनभरि लुगा सिलाउने काममा व्यस्त हुनुहुन्थ्यो। साँझ घर फर्केपछि म पल्टिरहेको बिस्तारामा आउनुहुन्थ्यो। दिनभरि सुत्दासुत्दा ओछ्यान नै बिझाउँथ्यो। जब बा छेउमा आएर बस्नुहुन्थ्यो तब बाको काखमा सुत्न पुग्थें। बाको काखमा पुगेपछि जीउमा सञ्चो भएको आभास हुन्थ्यो र आँखा लोलाउँथे अनि निद्रा पर्थ्यो।

समय पनि कति निर्दयी र निष्ठुर हुँदोरहेछ। जसको काखले मलाई निदाउन सघाउँथ्यो उसैलाई आज आफ्ना काखमा अस्ताउँदो अवस्थामा देख्नुपर्ने। भाइबहिनीहरू मिलेर ठाउँ सार्‍यौं। यो कुरा स्वीकार्न सहज थिएन तर बा हामीबाट सदाका लागि बिदा हुनुभएको थियो। एउटा कटु सत्य हाम्रा निमित्त एक कठोर अनुभूतिमा अनुवाद भइरहेको क्षण थियो त्यो।

बाको काख मलाई संसारको सबैभन्दा भरोसायोग्य लाग्थ्यो। म सानोमा धेरै नै बिमार हुँदा निको हुनुमा ओखतिमुलोको कम अनि बाको काखको बढी भूमिका होला। सबैलाई आफ्ना बा महान् लाग्न सक्छन् जुन स्वाभाविक पनि हो। मलाई मेरा बाप्रतिको अगाध स्नेह र सम्मान थियो।

हाम्रा बा त्यस्तो ठूलो सामाजिक चिनारी भएको व्यक्ति हैन तर हाम्रा लागि सबथोक उहाँ नै हुनुहुन्थ्यो। जब म सानो थिएँ, मेरो सारा संसार, सुरक्षाकवच, साथी, गुरु र नायक नै बा हुनुहुन्थ्यो। मेरो बाले मेरो जिन्दगीका खास उपलब्धि के हो भनेर सायदै भेउ पाउनुभयो होला तर पनि मेरो हरेक हाँसोमा रमाउनुभयो, मेरो हरेक आँसुमा दु:खी हुनुभयो।

खासमा म आफूलाई बाकै जीवनको एक ठूलो उपलब्धि हुँ भन्ठान्थें किनभने मैले जीवनमा सिकेका सत्कर्महरू बाबाटै हुन्। बाले नै सही र गलत बीचको भिन्नता बुझ्न सिकाउनुभयो। मिहिनेत र परिश्रमको मूल्य बुझाउनुभयो। श्रमलाई सम्मान गर्नुपर्छ भन्ने कुरा नभनेरै सिकाउनुभयो। सीमित स्रोतसाधनका बाबजुद पनि कसरी रमाउन सकिन्छ भनेर सिकाउने मुख्य गुरु त उहाँ नै हो मेरो।

एउटा सानो र साँघुरो परिवेशलाई पनि खुसीको फराकिलो संसार बनाउन सकिने उदाहरण प्रस्तुत गर्नुभयो बाले। बाका त्यही निरन्तर शिक्षा र मार्गदर्शनले नै मलाई जीवनको हरेक पाइलामा बलियो हुन सिकाएको थियो। यी सबै कुराहरू त्यतिबेला मेरा मनमा खेले अनि मलाई बा बितेका समयमा खेदेको खेदै गरे र मलाई त्यो दिन गलाउनुसम्म गलाएका थिए।

आमाको माया अतुलनीय हुन्छ। यसो भन्दैमा बाको माया कम हुने हैन। बाको माया पनि शब्दभन्दा पर हुन्छ निकै वजनदार हुन्छ त्यो। बाले मलाई कसरी अँगालोमा बोक्नुभयो, मेरा सपनाहरूलाई कसरी सम्मान गर्नुभयो, र मेरो प्रत्येक प्रयासलाई कसरी प्रोत्साहित गर्नुभयो, ती सबै कुराहरू सिनेमाका रिल झैं घुमिरहे। वास्तवमा बा विनाको मेरो अस्तित्वलाई एक अधुरो, अपुरो र खण्डित देखिरहेकी थिएँ-बाको त्यो अवसानका घडीमा।

म मेरो बाको छोरी भएकोमा गर्व गर्छु, र म उहाँलाई मेरो जीवनको एक अमूल्य निधि मान्छु। मलाई पुनर्जन्ममा विश्वास त लाग्दैन। यदि हुन्छ भने फेरि पनि उहाँकै छोरी भएर जन्म लिन पाऊँ !

मैले जीवनमा धेरै कुरा बाबाट नै सिकेको हो। उहाँको कामप्रतिको लगाव, मिहिनेत गर्ने बानीबाट नै हामीले सिकेका हौं। उहाँ जीवनको उत्तरार्धसम्मै काममा नै व्यस्त हुनुभयो। बालाई डिमेन्सियाले पूरै गलाएपछि पसल बन्द भयो। बाका हात चलुन्जेल पसल चल्यो। बा थला परेपछि पसल पनि थला पर्‍यो।

बाका आँखाले सियोका प्वाल ठम्याउन र धागोका टुप्पा पहिल्याउन नसक्ने भएपछि मात्रै उहाँले आफ्नो कर्मठ यात्रा रोकिएको हो। बाका बुताले करिब चार दशक घुमाएको कलको चक्का बाले नसक्ने भएपछि घुम्न छोड्यो।

सानो छँदा काम बिगारियो होला। चकचक गरियो होला। ठूलाका नजरमा नराम्रो केही गरियो होला तर हाम्रो बाले मलाई ठूलो स्वर गरेको याद छैन। बालाई केही कुरा मन परेन भने मौन बस्नुहुन्थ्यो तर प्रतिवाद गर्नुहुन्नथ्यो। मेरा बिहेका सन्दर्भमा बाका आफ्नै मान्यता थिए, फरक मत थिए तर त्यसको प्रतिवाद गर्नुभएन बरु बिहेमा अनुपस्थित हुँदै अहस्तक्षेपको नीति अवलम्बन गर्न पुग्नुभयो।

हाम्रा बिहेप्रति बाका केही असहमति जरुर थिए। त्यतिबेलाका बाका असहमति एक न एक दिन यो मिल्दै जानेछ भन्ने मेरो विश्वास समयक्रममा पुष्टि भयो। मेरो जीवनका सबैभन्दा महत्त्वपूर्ण दुई पुरुष: मेरा बा र केपी सर। मेरा बा, जसबाट म जन्मिएकी थिएँ अनि केपी सर, जोसँग म अन्मिएकी थिएँ।

बाको हात चलुन्जेल केपी सरले लगाउने कोट बाकै हातले सिलाएका हुन्थे। मेरो बाको हातको सीप केपी सरको शरीरमा कोट बनेर सजिन्थ्यो। केपी सरको शरीरमा सजिएको त्यो कोट फगत एउटा कपडा मात्र नभएर ज्वाइँ–ससुराबीच सम्बन्ध र भावनालाई जोड्ने सेतु थियो। बाको शिल्पी केपी सरको शरीरमा सजिंदा बनेको सुन्दरताको परिभाषा केवल मेरा आँखाले मात्र पहिल्याउन सक्थे।

बाको रिक्तता मेरो जीवनको एक अपूरणीय अभाव हो। म उहाँकी जेठी छोरी भएर जन्मनु नै अहोभाग्य ठान्छु। बाको माया, स्नेह र विश्वासको जगमा नै मैले आफूलाई उभ्याउन सकेकी हुँ। त्याग, समर्पण, मिहिनेत, आत्म-विश्वास र आत्म-सम्मान बाबाटै सिकेकी हुँ। आज म जहाँ छु, थोरै मेरो प्रयत्न अनि धेरै बाको अभिभावकत्वको परिणाम हो।

कतिन्जेलसम्म त अवचेतन मनले बा फर्केर आउनुहुन्छ भन्थ्यो र झल्याँस–झल्याँस बनाइरहन्थ्यो। पूरा जागृत मनका लागि त्यो अब सम्भव थिएन र छैन। बा भौतिक रूपले हुनुहुन्न तर मेरा अन्त:चेतनामा भने बा मेरो सबैभन्दा ठूलो प्रेरणास्रोतका रूपमै स्मृतिस्वरूप हुनुहुन्छ जुन माया र स्नेहस्वरूप मेरो जीवनको आधारशिलाका रूपमा जीवन्त छ। एक अटल आस्था, एक अटल विश्वास, एक असल र इमानी मानव- मेरा बा।

म मेरो बाको छोरी भएकोमा गर्व गर्छु, र म उहाँलाई मेरो जीवनको एक अमूल्य निधि मान्छु। मलाई पुनर्जन्ममा विश्वास त लाग्दैन। यदि हुन्छ भने फेरि पनि उहाँकै छोरी भएर जन्म लिन पाऊँ !

(प्रथम महिला राधिका शाक्यको आत्मकथा करुणाआगामी फागुन १० गते लोकार्पण हुँदैछ। पाणिनि बुक्सद्वारा प्रकाशित पुस्तकांश।)

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM