२०८३ बैशाख २ गते, बुधबार १०:०४

केजरीवालको ढर्रा र यताका ‘नयाँ’ को पारा

अरविन्द केजरिवालको उदय जोडिन्छ ‘इन्डिया अगेन्स्ट करप्सन् मुभमेन्ट’ सँग । कमनवेल्थ गेम र थुप्रै आयोजनाहरुमा भ्रष्टाचार भएको भन्दै भारतमा नागरिक तहबाट आवाज उठ्दै गयो । विगतमा कर्मचारी पृष्ठभूमिबाट आएका केजरीवाल यसको अगुवाका रुपमा उदाउन थाले । अन्ना हजारेको सत्याग्रहले उक्त आन्दोलनलाई अझै बल दिइरहेको थियो ।

उसो त भारतका पूर्वअडिटर जनरल विनोद राईले आफूले अडिट रिपोर्ट तयार पारेका कोल स्क्याम, थ्रीजी स्क्याम आफैंमा राजनीतिक स्वार्थवश प्रभावित थिए भनी पछि स्वीकार गरे । तैपनि, जनतामा भारतको शक्तिशाली वर्ग कसरी भ्रष्टाचारमा लिप्त छ भन्ने परिसकेको थियो । कतिपय मान्छेहरु त्यस न्यारेटिभमा परिचालित नै भएर नियोजित प्रचारमा लागेका थिए होलान्, तर हजारौं भारतीय युवाहरु आफैंमा परिचालित थिए भन्न मिल्दैन ।

सन् २०१२ मा आम आदमी पार्टी गठन भयो । अर्को २०१३ को विधानसभा चुनावमा कंग्रेसले दिल्लीमा झट्का खायो । जनलोकपाल बनाएर भ्रष्ट ठेगान लगाउने सपना देखाइरहेका केजरीवालको नेतृत्वमा आम आदमी पार्टीले सरकार बनायो । त्यसबीचमा धेरै राजनीतिक उतारचढाव भए । ४९ दिनजति मुख्यमन्त्री चलाएपछि केजरीवालले काम गर्न बाधा पैदा गरिएको भन्दै राजीनामा दिए । उनी फेरि चुनावबाट अझै बढी मत र समर्थनसहित मुख्यमन्त्री भएर आए ।

त्यसपछि उनको छवि नै सुशासनका अगुवाका रुपमा बन्न गयो । २०१४ मा भाजपाका नरेन्द्र मोदी प्रधानमन्त्री भएर आउनुअघिसम्म राजधानी दिल्लीमा आम आदमी पार्टी (आप) र कंग्रेस आईबीच तनाव देखिन्थ्यो । अब दृश्यमा भाजपा देखा पर्‍यो ।

सुरुका वर्षहरुमा भाजपा स्वयं दिल्लीका मध्यमवर्गसँग नजिक बन्न सकेको थिएन । भारतभरि उसको प्रभाव बढ्दा पनि दिल्लीको संस्थापन वरिपरि बस्ने नागरिकहरुले भाजपालाई समर्थन दिइसकेका थिएनन् । केजरीवाल र आपलाई यसको प्रत्यक्ष लाभ मिलिरहेको थियो ।

तर, दिल्ली सरकार चलाउने क्रममा, अनि बीचका वर्षहरुमा लोकसभा र विधानसभामा प्रतिस्पर्धा गर्ने क्रममा आप नेताहरुका बोली र व्यवहारलाई मतदाताले तुलना गर्न पाए । अझ सुशासनको नारा दिएर खुलेको आपका नेताहरु नै विभिन्न प्रकरणहरुमा समातिने, जेल पर्ने क्रम जारी रह्यो । जनलोकपालको मुद्दा त कता हरायो, हरायो ।

बरु उल्टै योबीचमा स्वयं केजरीवाल जेल परे । मनिष सिसोडिया लगायत नेताहरुले विभिन्न काण्डहरु बेहोरे । केजरीवाल छुटेर चुनावमा भाग लिए । अनि भर्खरै दिल्ली चुनावमा हारे । चुनाव नतिजाबारे सूचनाहरु आम जानकारीमै छन् । नेपालमा पनि वैकल्पिक नारा दिएर दलहरु खुल्ने क्रम जारी रहेका बेला केजरीवाल, अनि आम आदमीको हार सबैको जिज्ञासाको केन्द्रमा छ ।

केजरीवालको पराजयसँगै विभिन्न कोण–प्रतिकोणबाट विमर्श चलिरहेका छन् । तर एउटा आधारभूत प्रश्न छुटिरहेको छ– सडकबाट घोषणा गरिएका अभियानहरु दलमा रुपान्तर हुन सक्छन् कि सक्दैनन् ?

जस्तो कि, बेलायतमा लेबर पार्टीको स्कुलिङ हेरौं । श्रमिक अभियानमा वा लेबर पार्टीका नीति कार्यक्रममा कुनै न कुनै रुपमा सहभागी भएकाहरु त्यो दलमा लाग्छन् । आफ्नो परिवारलाई चिनाउँदा म लेबरको दृष्टिकोणबाट हुर्केको व्यक्ति हुँ भन्ने चलन छ । त्यसको एउटा धरातल हुन्छ । वर्गीय चिन्तन उनीहरुको बुझाइमा अभिव्यक्त हुन्छ ।

नरेन्द्र मोदीसँग केजरिवाल । अब झन् दूर दर्शन ।

नेपाल र भारतमा उपनिवेशविरोधी धारणाबाट बने, यिनको वर्गीय धरातल बनेन । किनभने आर्थिक विकास, औद्योगिक उत्पादन, व्यापार आदिको विकास हाम्रोमा थिएन । चीनमा किसान थिए, अहिले किसानको धरातल धेरै छैन । बरु आर्थिक क्षेत्रबाट नेताहरु आइरहेका छन् ।

भारतमा कम्युनिस्टहरु विश्वव्यापी साम्यवादी धारणाको प्रभावमा कलकत्ता, बम्बई, दक्षिण भारततिर प्रभावशाली देखिए । अन्यत्र धेरै आएनन् । त्यसैले मेरो मनमा प्रश्न छ, उपनिवेशविरोधी राष्ट्रिय आन्दोलनबाट विकास भएका पार्टीहरु नै लोकतान्त्रिक विचारका प्रतिनिधि हुन सक्छन् ? तिनले नै लोकतान्त्रिक आन्दोलन समेत उस्तै क्षमताका साथ हाँक्न सक्छन् ?

भारत बाहेकका उपनिवेशविरोधी आन्दोलन गरेका देशहरु हेरौं । बर्मा, श्रीलंका, केन्या, तान्जानिया, इजिप्ट, अरु धेरै देशहरु । उपनिवेशबाट मुक्ति पाएको केही समयमै उनीहरु निरंकुश अधिनायकवादतिर गएको देखिन्छ । सन् १९४० देखि ६० सम्म यस्तो भयो ।

नेतृत्व बलियो भयो भने यस्तो संकट पैदा हुँदैन । इन्दिरा गान्धीलाई बाहेक गरेर भारतीय राष्ट्रिय कांग्रेसका नेताहरुको विरासत हेरौं । उनीहरुले निरंकुश अधिनायकको प्रवृत्ति (अथोरेटिरियन टेन्डेन्सी) होइन, प्रतिनिधिमुलक नेतृत्व (रेप्रेजेन्टेटिभ लिडरसिप)को प्रवृत्ति नै देखाए । भारतीय स्वतन्त्रता संग्राममार्फत देशलाई जोडेको पृष्ठभूमिबाट आएकाले पार्टीभित्र त्यो भावना व्यक्त भइरहन्थ्यो ।

अब केजरीवालको उदयलाई हेरौं । त्यो कांग्रेस आईजस्तो थिएन, बिल्कुल शहरकेन्द्रित मुभमेन्ट थियो, जसले राजनीतिक समस्याहरुको प्राविधिक समाधान खोज्न बल गथ्र्यो । तुरुन्त तर अस्थायी समाधान । त्यहाँ अख्तियार गरिएका सार्वजनिक नीतिले दिल्लीको गरिबी समाधान गर्ने होइन, रेबडी बाँडेर भए पनि तत्काल उकुसमुकुस हटाएको अनुभूति दिलाउन खोज्थ्यो ।

केजरीवालले लिए मुख्यमन्त्रीको सपथ – Online Khabar

अनि, कुन सामाजिक वर्गले केजरीवाल छान्यो, त्यसको आधार हेरौं । व्यावसायिक प्राविधिक मध्यमवर्ग नै केजरीवाल उदयको मूल आधार थियो । याद गर्नुपर्ने के छ भने, दिल्लीमा खस्ने अधिकांश भोट चाहिँ गरिब, सुकुम्बासी, बसाइँ सरी आएकाहरुहरुसँग थियो । ती मतदाताहरुलाई सम्बोधन गर्न सरकारले बनाउने नीतिहरुमा ठूलो विरोधाभास देखियो । यथार्थमा केजरीवाल र आप हामी गरिबका लागि बोल्छौं भनेर आएका थिएनन्, केवल मध्यमवर्गलाई सेवा दिन आएका थिए ।

मध्यम वर्गजस्तो अवसरवादी कोही हुँदो रहेनछ । मध्यमवर्गलाई सुरुमा त केजरीवाल नै ठिकठाक मन परेको थियो । तर जब केन्द्र सरकारको शासन सम्हाल्न मोदी आए, तब मध्यमवर्गको महत्वाकांक्षा फेरियो र चुलियो । मोदी उदयसँगै मध्यमवर्गको तुष्टिका लागि धर्म, व्यापार व्यवसाय, इज्जत प्रतिष्ठा प्रधान बने ।

हाम्रो प्रधानमन्त्रीले अमेरिकाको म्याडिसन गार्डेनमा गएर भाषण गर्यो भनेर भारतको मध्यमवर्ग त्यसै मखलेल हुन थाल्यो । मोदीले भारत अब विश्वगुरु बन्छ भनेर घोषणा गर्दा ऊ मख्खै पर्यो । मध्यमवर्गले अब मोदीमा केजरीवालभन्दा खतरा नायक देख्न थाल्यो ।

केजरीवाल यथार्थमा कुनै वैचारिक आधारस्तम्भमा होइन, केवल खास समयको फ्लुकमा पदार्पण भएका पात्र थिए । यसको मतलब उनले केही पनि राम्रो गरेनन् भन्ने होइन । उनले शहरी सेवाका क्षेत्रमा केही राम्रो अवश्य गरेका हुन् । पानी, बिजुली लगायत विषय यसैमा पर्छन् । तर उनी जब मुख्यमन्त्री भए, उनका पनि प्राथमिकता बदलिए । उनले पञ्जाब, हरियाणा, गोवातिर नजर लगाउन थाले ।

गोवामा कंग्रेस हराउने, पञ्जाबमा कंग्रेसको विरुद्ध उठने, अनि जब दिल्लीमा आफूलाई संकट पर्छ, तब उही कंग्रेसको समर्थन खोज्ने– केजरीवाल यही सटकटमा हिँड्न खोजिरहेका थिए ।

यस्तो अस्थिर र अराजनीतिक प्रवृत्तिलाई मतदाताले पत्याउने अवस्था थिएन । नतिजा तपाईं हाम्रो सामुमा छ । सुशासनको नारामा भ्रष्टाचारका काण्ड त देखिएका अरु कारण भइहाले ।

नेपालमा पनि केजरीवालकै सिको गर्दै यस्ता शक्ति र पात्रहरु उदाउने क्रम छ । उनीहरुले यस्तै असन्तोषहरुलाई समाउन खोज्छन् । स्वार्थी, साँघुरो र शहरकेन्द्रित मात्रै नाराहरु छन् उनीहरुसँग । उनीहरु समानता, न्यायको राजनीतिक सम्बोधन साटो प्राविधिक समाधान खोज्छन्, केजरीवालकै जस्तो गरी ।

यस्ता पात्र उदाउने भनेको तत्काल उदाउँदै गरेको फ्रस्ट्रेसनमा खेलेर आउने नै हो । असन्तोषलाई राजनीतिक शक्तिमा बदल्न सम्भव छ ? यहाँ पनि मदन भण्डारी बित्दा शोकलाई शक्तिमा बदल्ने भनियो । के यसरी राजनीतिमा सधैंभरि अपिल गरिरहन सम्भव छ ?

सँगै प्रश्न उठ्छ, तेस्रो प्रधानमन्त्रीकालसम्म आउँदा मोदी प्रभाव भारतका अन्यत्र राज्यमा घट्दै जाँदा दिल्लीमा किन बढ्यो ? यसको जवाफ १० वर्ष टिकेको राष्ट्रिय शक्तिले कुन स्तरको प्रभाव देखाउँछ भन्नेमा लुकेको छ । ऊसँग सबैथोक हुन्छ एक किसिमले । त्यसैले मोदी र भाजपाले हरियाणामा जातको मुद्दा प्राथमिक बनाए ।

दिल्लीमा पैसा, शक्ति, राज्यको प्रभाव सर्वाधिक प्रयोग गरे । भाजपाले कसरी चुनाव जित्छ भनेर पत्रकार प्रशान्त झाले ‘हाउ बिजेपी विन्स’ पुस्तक नै लेखेका छन् । त्यस किताबमा उनले भाजपालाई ‘विनिङ पोलिटिकल मसिन’ भनेका छन् । ‘इन्भिन्सिबल मसिन,’ अर्थात् अपराजेय शक्तिशाली चुनावी यन्त्र ।

यस्तो अपराजेय शक्ति प्रयोग गर्दै दिल्लीमा जसरी पनि जित्नु थियो मोदीलाई । केजरीवालका गल्तीमा राज्यले गर्न सक्ने सम्भावित कारबाहीलाई उनले बढाइँचढाई प्रयोग गरेका हुन सक्छन् । तर केजरीवालले त्यसबीचमा प्रशस्त कमजोरी गरिसकेका थिए । उनले सच्याउने बाटो लिएका थिएनन् ।

मोदी पनि गल्तीरहित कहाँ थिए र ! जी २० का बेला बनेका पूर्वाधार धरासायी बनेका थिए । एक्जिबिसन रोडबाट पानी पस्न थालेको थियो । कोभिड महामारीमा त्यत्रो मान्छे मरेको बिर्सन सकिँदैन । गंगामा त्यत्रो धेरै लाश देखिएकै हो । अझ आधारभूत आवश्यकता अर्थात् अक्सिजन नपाएर नै दिल्लीमा मात्रै कति धेरै मानिस मरे । तर यस्ता भयावह यथार्थहरुलाई त्यहाँका नागरिक सम्झन्छन् ?

अझ भनौं, सम्झन चाहन्छन् ? मोदीको राजनीतिक शक्ति यति बलियो छ कि विज्ञापन लगायत खर्चमा फुर्मास गर्न कुनै समस्यै छैन ।

यस्तोमा केजरीवाल आफ्नो राजनीतिक साख स्थापित गर्न होइन, उनै मोदीकै सिकोमा लागे । क्रिश्चियनको प्रभाव रहेको गोवाबाट धर्मयात्रा गरेर कैलाश जाने कुरा गर्न थाले । हनुमान मन्दिरमा अर्चना गर्ने भन्न थाले । भोट पाइन्छ भनेर धर्मका र जातिका नारामा फस्दै गए । भगतसिंह र अम्बेडकरलाई जोड्ने खालका अचम्मका शब्द प्रयोग गर्न थाले

अझ भनौं, सम्झन चाहन्छन् ? मोदीको राजनीतिक शक्ति यति बलियो छ कि विज्ञापन लगायत खर्चमा फुर्मास गर्न कुनै समस्यै छैन ।

लिकर स्क्याम अर्थात् रक्सी काण्ड त देखिएको उत्कर्षमात्रै हो ।केजरीवालले आफूमाथि लागेको रक्सीकाण्ड छानबिन टुंगोमा पुर्याउन सकेका छैनन् । एक खरिदा तो एक फ्री । एउटा बोत्तल किन्दा अर्को बोत्तल निःशुल्क । अनि कर कहाँबाट आउँछ ?

र, शहर चलाउने नारा र देश चलाउने नारा अलग हुन् भन्ने यथार्थबोध पनि उनले गरेको देखिएन । सिंगापुर पो सानो देश, एउटा तरिकाले चलाउन सकिन्छ । भारतजस्तो बहुसांस्कृतिक देशलाई त्यही तरिकाले चलाउन सकिन्छ ? केजरीवालले भारतमा त्यस्तै नक्कल गर्न खोजे । आफ्नो घरभित्रै नेता कुटिँदासमेत उनी बोल्न नपर्ने हालतमा पुगे ।

सक्कली केजरीवालकै यस्तो हालत छ । यिनको सिको गर्नेहरुको अवस्था के होला ! नेपालमा कांग्रेसको विकल्प एमाले, एमालेको विकल्प कांग्रेस । वा, यी दुवैको विकल्प माओवादी । अनि यी तीनवटै दल सारमा उस्तै भनेर अहिले नयाँ पार्टी पनि खुलेका छन् । कांग्रेसलाई भ्रष्ट हुन समय लाग्यो, एमालेलाई अलिक कम, माओवादीलाई झन् कम समय लाग्यो पनि भन्छन् ।

चुनावी हारपछि मुख्यमन्त्री आतिशीसँग केजरिवाल

अहिले विकल्पको राजनीति भनेर आउनेहरुलाई लोकप्रियतावादको यही होडले समातेको छ ।त्यसैले वैकल्पिक भनिनेहरु कोही कागजमा सीमित रहे । बाबुराम भट्टराईलाई नै हेरौं । उहाँको राष्ट्रिय अपिल पनि थियो । पूर्वप्रधानमन्त्रीको पोर्टफोलियो, विद्रोहीको छवि थियो । तर दल बन्न यतिले पुग्थेन । नयाँ शक्ति पार्टी भनेर उहाँले ०७२ पछि थालनी गर्नुभयो । त्यो त्यस बेला लामो टिकेन । अहिले पनि पुनर्स्थापित हुन कोसिस होला ।

पार्टी बन्न केही लेउ लाग्दै जानुपर्छ । अर्थात् केही संगठित वैचारिक आधार पनि हुनैपर्छ । रवि लामिछानेलाई पक्रेर राज्यले १० ठाउँ घुमायो भन्दै रास्वपा नेताहरु भनिरहेका छन् । उनीहरुले सुशासनको नीति र आफ्ना नेताहरुको अवस्थाबारे सारमा बुझिने गरी वैचारिक अपिल गर्न सकेका छैनन् । केवल रविसँग कति नजिक भइन्छ भनेर दौडिने बाहेक त्यो पार्टीमा सुसंगठित विचार केही आयो त ?

केवल नजिक देखिने मात्रै प्रयास भयो । पोखराको पिपलको बाटोमा नेताहरुले हात हल्लाएको देखियो । नेतृत्वको संकट भनेको यही हो । रास्वपाका नेताहरुका सामु अहिले ठूलै चुनौती छ– रवि लामिछानेको व्यक्तिगत मामिलामा हामी बोल्छौं कि बोल्दैनौं ? पार्टी स्थापना हुनुभन्दा पहिलेको भ्रष्टाचार र छलीबारे हाम्रो संस्थागत धारणा के हुने ? रास्वपाका नेताहरु यस्ता ज्वलन्त मुद्दाबारे आधारभूत रुपमै भ्रमित भएको देखियो । यो खालको अलमलले कसरी पार्टी बन्छ ?

चुनावमा यति मत पाएको मान्छेमाथि षड्यन्त्र भयो भनिँदैछ । चुनावले जिताएर पठाएकाहरु आम रुपमा कत्तिको परीक्षित थिए त ? उनीहरुको व्यक्तिगत निष्ठा र पारदर्शिताको प्रश्न के हो त ?

अझ पार्टीभित्र केही पदाधिकारी त कहिले स्वीकृत भए, कुन विधिबाट सभापति, महामन्त्री भए केही पत्तै भएन । संसद्को मतदान प्रणालीमा उनीहरुको ह्वीप प्रणाली के हो भन्ने नै थाहा थिएन । त्यस बेलाका महामन्त्री मुकुल ढकालले किन त्यस्तो प्रतिवेदन लेखे, पार्टी भन्ने संस्था स्थापित हुनका लागि यस्तो अनेकौं पक्षहरुले निर्धारण गर्दो रहेछ । उदाहरण अरु पनि दिन सकिन्छ ।

कांग्रेसमा गिरिजाप्रसाद कोइराला पहिले आफैं जिल्लाहरुमा जानुहुन्थ्यो । कार्यकर्ता र समर्थकहरुसँग संवाद गर्नुहुन्थ्यो । झट्ट हेर्दा नदेखिएला । यस्तो गर्ने नेताहरु थुप्रै छन् । कांग्रेस सामाजीकरणबाट बन्यो । यसमा धेरै मानिसहरु जोडिएका छन् ।

एमालेको पृष्ठभूमिमा स्थापित भएका नेताहरु टंक कार्की, घनश्याम भुसाल, कोमल भट्टराई, सुरेन्द्र–राजेन्द्र पाण्डे जो हेरे पनि जिल्ला–जिल्लामा सामान्य लुगामा मानिसहरुसँग कतै साइनो लगाउँदै, कतै अनौपचारिक संवाद गर्दै घुमिरहेको इतिहास भेटिन्छ ।

यस्ता अनेकौं मानिसहरुले संगठन गर्दै बनेको पार्टी हो एमाले । अहिले कुन नेता कतापट्टि हुनुहुन्छ, कोसँग प्रतिस्पर्धा वा सहकार्य गर्नुहुन्छ त्यो बेग्लै कुरा हो । उहाँहरु सँगै जेल बस्नुभएको छ । बाहिर आएर एक अर्काको बारेमा जे भने पनि यसैगरी उहाँहरुको आधारभूत राजनीतिक संस्कृति निर्माण भएको थियो ।

कांग्रेस फुट्ने बेलामा पनि अर्को समूहपट्टिका नेताहरुलाई भेट्दा जय नेपाल दाइ भन्ने चलन त बाँकी नै थियो । यो दुई वर्षमा ती पार्टीहरुलाई जोड्ने के फ्याक्टरहरु आए त ? त्यो खोज्दा भेटिँदैन ।

हामी विदेश गएका युवा फर्काउँछौं, कांग्रेस, एमाले, माओवादीहरुले सकेनन् भन्ने आधारमा दल बनाउन खोजियो, त्यसरी बन्ने अवस्था पनि रहेन । दिल्लीमा आपले चुनाव जितेपछि अन्यत्र फड्किन खोज्यो । यहाँ नेपालभरि नभए पनि केही क्षेत्रलाई आधार बनाएर काम देखाउन सक्थे रास्वपा लगायत नयाँ दलले । तर निश्चित क्षेत्रमा आधारित हुन खोजेको पनि देखिएन यहाँ ।

रविले किन मतदाता आकर्षित गरे ? आखिर उनी चितवनका रैथाने पनि होइनन् । चितवनमा धेरैजसो उनका समर्थक ती अधवैंशे वा प्रौढावस्थामा जाँदै गरेका महिला थिए । तिनले रविका भाषण सुन्दा आफ्ना सन्तान विदेशमा गएको सम्झे, रवि चाहिँ फर्केको देखे । छोरा देशमा आउँछ, बुढेसकालमा हामीलाई हेर्छ वा हामीलाई लान्छ । वा यहीँ बसेर किरिया गर्छ भन्ने कल्पना गरे । रवि आएर यी सबैलाई नेपाल फर्काउँछु भन्छन् भने त्यसले मतदातालाई छुने नै भयो ।

चितवन–२ मा रवि लामिछानेको जित निश्चित – Online Khabar
चुनावका बेला चितवन-२ मा मतदातासँग रास्वपा सभापति रवि लामिछाने । तस्वीर : अनलाइनखबर

 

बाटो बिजुली लगायत पूर्वाधार छेलोखेलो भएर मात्रै हुँदो रहेनछ । मतदाताको मनमा गुमाउने त्रास अर्थात् फियर अफ् लुजिङ पैदा हुन्छ, त्यो निकै खतरनाक हुँदो रहेछ । जब जापान, क्यानडा, अमेरिकामा सन्तान पठाएको परिवार नै त्यस्तो डरमा बसिदियो, तब रविलाई चुनावमा रातारात उदाउन कुनै योगदान नै आवश्यक परेन । काभ्रेका रविले चितवनमा मजाले चुनाव जितिदिए । अरुतिर जातभात खोज्दै भोट हाल्ने, थारु भएको ठाउँमा थारु दिनुपर्ने, नपाए बागी वा अर्को दलबाट उठ्ने मतदाता अनि कार्यकर्तालाई पनि रविको आगमनले फरक परेन ।

रवि तिनका लागि अचानक किन गाउँठाउँका रैथानेजस्ता भए ? आम आदमीको दिल्लीमा विरासत हेर्यो भने त्यसको नेपाली असर प्रष्ट भइहाल्छ । आप नेताले चुनावमा उम्मेदवार उठाउनु पहिले सुरुमा गाउँटोल छिरे । जितेर शक्तिपछि तिनको रुचि फेरियो । विधानसभामा अति सामान्य परिवारका प्रतिनिधिलाई उठाउने आम आदमीले लोकसभामा राज्यसभामा जाँदा क्षमता नभएका, अनुहार मात्रै राम्रो भएका राघव चड्डाजस्ता मानिस खोजी खोजी ल्याए ।

पोखराको सूर्यदर्शन सहकारीबाट रकम हिनामिना आरोपमा रविविरुद्द कास्की अदालतमा मुद्दा चलिरहँदा पोखराको शहीद चोकमा सम्बोधन गर्दै पार्टी उपसभापति स्वर्णिम वाग्ले, तोसिमा कार्कीलगायतका नेताहरू । तस्वीर : अमृत सुवेदी/पोखरा ब्‍युरो ।

त्यतिबेलैदेखि मनोमालिन्य बिजारोपण हुन थालेको थियो । र, प्रश्न उठ्न थाल्यो– के कुनै पनि पार्टी सर्वसाधारणको असन्तोषलाई पुँजीकृत गरेका भरमा मात्रै बन्छ ? के सुकिला अनुहार देखाएका भरमा दल बनाउन सम्भव छ ? कि यसका लागि जनताले विश्वास गर्न सक्ने ठोस एजेन्डाहरु चाहिन्छन् ?

केजरीवालको विगतको ढर्रा र नेपालमा आइरहेका नयाँ दलहरुको पारामा केही फरक छैन । विकल्प चाहिन्छ, अझ लोकतन्त्रमा त त्यो स्वागतयोग्य कुरा हो । लोकतन्त्र भनेकै विकल्पै विकल्प भएको व्यवस्था हो । तर त्यो विकल्प हामी दिन्छौं भनेर कसैले पत्यारलाग्दो गरी भन्न सकेको देखिँदैन । केवल एक जना व्यक्तिमा अति निर्भर हुँदाको परिणाम यस्तै हुन्छ । यस्तो पाराले अन्ततः केजरीवालकै नियतिमा पुगिन्छ ।

अहिले ठूला दलहरु कांग्रेस, एमालेले समेत दलभित्र विकल्पहरु तयार पार्न सकेको देखिँदैन । ती दलमा आजीवन तीन–चार व्यक्ति बसिरहे जस्ता देखिन्छन् । पार्टीभित्र विकल्प खोज्ने र खुकुलो बनाउँदै जाने हुनुपर्छ । पार्टी सिस्टम जोगाउन पार्टीकै पारामा आउनुपर्छ ।

एमाले र कांग्रेस सान्दर्भिक भइरहन चाहन्छन् भने उनीहरुले वैकल्पिक छनोटलाई प्रोत्साहित हुनुपर्छ । दलहरुले अवसरको ढोका खोल्नुपर्छ ।जहाँसम्म नयाँ दलहरुको कुरा छ । देशमा नयाँहरु आउलान् भन्ने चिन्ता होइन, तिनको अर्कमण्यताले थप असन्तोष मात्रै पैदा गर्ने हो कि भन्ने चिन्ता छ । त्यसैले पार्टीहरु अनुहारमा होइन, एजेन्डामा आधारित हुनुपर्छ । एक व्यक्तिमा अति केन्द्रित भएर काम गर्दा कुनै पनि बेला ठक्कर खाइन्छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM