२०८२ माघ ५ गते, सोमबार १६:३४

‘इन्टरनेटको बढ्दो प्रयोगसँगै बालबालिकाहरू जोखिममा’

मकवानपुर । प्रविधिको बढ्दो दुरुपयोगले अनलाइनमा बालबालिकाहरू असुरक्षित रहेको बुधबार हेटौँडामा आयोजित एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । सिविन नेपालद्वारा आयोजित “अनलाइनमा बालबालिकाको संरक्षण” विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले इन्टरनेटको बढ्दो प्रयोगसँगै बालबालिकाहरू जोखिममा पर्ने गरेको बताएका हुन् । 

कार्यक्रममा सहभागीहरूले सूचना प्रविधिको प्रयोगबाट बालबालिकाहरूलाई शैक्षिक क्रियाकलापसँग जोड्नुपर्ने आवश्यकता बढ्दै गइरहेकोले त्यसबाट बचाउन सचेतनामूलक कार्यक्रमलाई तीव्र र प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताएका छन् । अनलाइनमा हुने जोखिमबाट बालबालिकाहरूलाई जोगाउन बालबालिकाले अनलाइनमा गर्ने गतिविधिबारे जानकारी राख्नुपर्ने, सामाजिक सञ्जालको प्रयोग गर्दा हुनसक्ने सम्भावित अनुचित गतिविधिहरूको बारेमा जानकारी राख्नुपर्ने र नियमित निगरानी गर्नुपर्ने साथै बालबालिका एवम् अभिभावकहरूका लागि सुरक्षित इन्टरनेट चलाउने विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् ।  

यस्तै बालबालिकाहरूलाई इन्टरनेटको प्रयोग गर्दा त्यसबाट सिर्जना हुनसक्ने विभिन्न खतराबाट सुरक्षित राख्न जरुरी रहेको र उनीहरूलाई सुरक्षित तवरमा इन्टरनेट चलाउन सिकाउनुपर्ने बताएका छन् । अनलाइनबाट बालबालिकामा हुने यौन दुर्व्यवहारको घटना बढ्दै गएको हुँदा यसमा सबै पक्ष समयमै सचेत हुनुपर्ने उनीहरूले सुझाव दिएका छन् । अनलाइनमा बालबालिकाको संरक्षणका लागि सरकार, शिक्षा क्षेत्र, नियामक क्षेत्रसँगै यो क्षेत्रमा काम गर्ने अन्य सङ्घसंस्थाहरू सबैको सहभागिता आवश्यक रहेको उनीहरूको भनाई थियो । 

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुँदै सिविन बालहेल्प लाइनका कार्यक्रम फोकल पर्सन माधव लोहनीले अनलाइन बाल यौन शोषणबाट प्रभावित बालबालिकाहरूको लागि पीडित हेरचाह र पुनर्वास सेवाहरूको गुणस्तरलाई सुदृढ पार्नुपर्ने साथै यसका चुनौती र जटिलतासँगै बालबालिकाको सुरक्षा र कल्याणसम्बन्धी सचेतना जगाउँदै सामूहिक प्रतिबद्धता बढाउनुपर्ने बताउनुभयो । उहाँले अनलाइनमा वालयौन दुर्व्यवहारका घटना बढ्दै गएको भन्दै यस विषयमा समयमै सचेत हुनुपर्ने औँल्याउनुभयो । विश्वव्यापी मुद्दाका रुपमा प्रकट भएको यस विषयको न्युनिकरणका लागि सबै पक्षको सकारात्मक प्रयास आवश्यक रहेको उहाँले बताउनुभयो । 

लोहनीका अनुसार नेपाल प्रहरीको साइबर ब्युरोमा दर्ता भएका घटनाका आधारमा पनि यस विषयमा समयमै सचेत हुन आवश्यक छ । ब्युरोमा २०७५/७६ मा साइबर अपराध सम्बन्धी ३५७, २०७६/७७ मा २ हजार ३०१, २०७७/७८ मा ३ हजार ९०६, २०७८/७९ मा  ४ हजार ६८६, २०७९/८० मा ९ हजार १३, २०८०/८१ मा १९ हजार ७३० र २०८१/८२ को हालसम्म ९ हजार ९३२ घटना दर्ता भएको बताउनुभयो । साइबर अपराधका घटना दर हरेक वर्ष बढ्दै गएको साथै यी घटनाहरूमा पुरुष भन्दा महिला बढी पीडित रहेको बताउनुभयो । 

कार्यक्रममा सिवीन बाल हेल्पलाईन मकवानपुरका प्रबन्धक झविन्द्र ज्ञवालीले बालविवाह, बालश्रम भन्दा पनि अनलाइन बाल शोषणको विषय बढी संवेदनशील र जटिल बन्दै गएकोले यस विषयमा सबै सचेत हुन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा मकवानपुरका विभिन्न स्थानीय तहका शिक्षा शाखाका प्रमुख एवम् प्रतिनिधि, विद्यालयका शिक्षक एवम् विद्यालय नर्सहरू, सामुदायिक प्रहरी, पत्रकार, इन्टरनेट प्रदायक संस्थाका प्रमुख एवम् प्रतिनिधिलगायत विभिन्न सरोकारवाला सङ्घसंस्थाको सहभागिता रहेको थियो ।   

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM