२०८२ मंसिर २३ गते, मंगलवार १३:३७

मध्यम वर्गका साझा समस्या: जीवनभरि ऋणको बोझ

साथीलाई डीभी पर्‍यो। सबैले भने- कस्तो भाग्यमानी, अमेरिका जाने भो। खुसियालीमा भोज नै गर्‍यो उसले।

उसको बुबालाई पार्टीले चुनावको टिकट पनि यसैपालि दिएको। समाजमा दुई/चार दिन चिया गफ नै बन्यो। बाबुले चुनाव जित्नु अनि  छोरालाई अमेरिका पठाउनु, हर्षको सीमा रहेन त्यो परिवारमा।

बाँझो खेतलाई उर्वरा बनाउन गाउँ फर्क अभियान चलाउँछु र युवा पलायन रोक्छु भन्ने प्रमुख नारा रहेको बाबुको घोषणापत्र आफ्नै परिवारको हकमा भने लागू भएन।

मास्टर्स सकेको काकाको छोरो ऋण काढेरै युरोप छिरेको दश वर्ष भइसक्यो। पीआर बनाउने चक्करमा अझै नेपाल फर्किएको छैन। ऋणको बोझ काँधमै राखेर भेन्टिलेटरबाट छोराको प्रतीक्षा गर्दागर्दै थाकेका काकाले जीवनबाट विश्राम लिए। पति वियोगमा रहेकी काकी भने छोरा फर्कने आशमा प्राण धानिरहेकी छिन्। कहिले पीआर बनेर छोरो फर्कने हो पत्तो छैन। काकाको उदाहरण दिंदै मेरा बाले ऋण खोजेर मलाई विदेश पठाउने हिम्मत गरेनन्। तर डीभी पर्ने मेरो आशा अझै मेटिएको छैन।

ठूलो दाजु लोकसेवा जागिरे। मैले परिवारका लागि दिएको लोकसेवाको जाँच पास गर्न सकिनँ। हुन त, दाजीले जागिर खाएर के नै प्रगति गरे र ? वर्षौं भयो, एउटा मोटरसाइकल समेत फेर्न सकेका छैनन्।

शहरमा पढ्ने मेरो खासै कमाइ थिएन। बेला-बेलामा बाले खर्च-बर्च पठाइरहन्थे।

साथीहरूको लहलहैमा एक दिन खै कसको जग्गा कसलाई देखाइएछ, त्यसपछि मेरा लागि पैसाको दु:ख हुन छाड्यो। विस्तारै ८/१० लाख मेरा लागि सामान्य बन्न लाग्यो। २/४ वटा जग्गा बिक्री गरिदिएबापत सानो घडेरी मेरो भागमा पनि पर्‍यो।

हिम्मत बढ्दै गयो, आफ्नै व्यापार सुरु गरें। ‘घर बनाउनुस्, हामी पैसा दिन्छौं’ पसलमा आउने बैंकका कर्मचारीहरू अनुरोध गर्न थाले। ओहो, मेरो घरको सपना बैंकले साथी बनेर पूरा गर्ने भयो। अढाइ तला घर सजिलै बनाएँ। व्यापारी अनि बजारमा घर। गाडी लिनु भा’छैन भन्ने धेरैको प्रश्न। पैसाको जोहो गरेर थप सम्पत्ति पनि जोडियो।

केही समय त मलाई अमेरिका नै यहीं भयो। सुकिला पहिरन, शहरमा घर, घरको आँगनमा कार र हातमा स्मार्टफोन। यति भएपछि के चाहियो ?

बाहिर देख्नलाई त सम्पन्न नै छु। तर मभित्रको व्यथा बेग्लै छ। खस्किंदो व्यापार, भएको एउटा घर पनि बैंकमा बन्धकी, कार पनि बैंककै नाममा, हरेक महिना बैंकको सावाँ-व्याज भुक्तानीको पिरलो। समयमा तिर्न नसक्दा बैंकको प्रेसर थेगिनसक्नु।

दैनिक पत्रपत्रिकामा धितो लिलामीका सूचनाहरू देख्छु। समस्या मजबुत बन्दै र क्षमता कमजोर हुँदै जाँदा ऋणको भारीभन्दा ठूलो भारी डरको हुने रहेछ। व्यापार बन्द गरेर, सरकारी जागिर छोडेर इन्जिनियर, डाक्टर, बैंकर विदेश गए भन्ने समाचार सामाजिक सञ्जालमा दिनहुँ छरपष्ट भेटिन्छन्। लाग्छ, नेपालमा सम्भावना नै छैन। मेसिनको गतिमा काम गरेर छोराले विदेशबाट पठाएको पैसामा खुसी छिमेकी आमा र मेरी आमाले पैसामा नपाएको सुख समाजमा तुलना हुँदा गाउँ-समाजमा विदेश मोहको आतंक नै मच्चिएको देख्छु। अनि सोच्छु, म पनि विदेश हान्निन्छु।

समाजमा उच्च वर्गका मानिसलाई हेर्ने नजर नै बेग्लै हुन्छ। उनीहरू शानदार जीवन व्यतीत गरेका हुन्छन्। मन्दिरमा समेत पैसा तिर्‍यो भने भगवान्‌को दर्शन पहिले पाइन्छ। स्कुल पढ्दा धनभन्दा विद्या ठूलो भन्ने बुझेको मलाई अहिले आएर पैसा नै सबथोक हो भन्ने लाग्न थालेको छ।

कुन सिद्धान्त अनुसार काम गर्छन् उच्च वर्गीय मानिसहरू ? कसरी धन थुपार्न सफल हुन्छन् ? हामी मध्यम वर्गीय धन कमाउने मामलामा कहाँनेर चुकेका छौं ? बिहान उठेपछिको हतार र हतास मानसिकता कहाँनेर ब्रेक लाग्ने हो थाहा छैन। कस्तो परिश्रममा भुलेका छौं ? किन हामीले बगाएको पसिनाको मूल्य यति धेरै सस्तो ?  प्रश्नले उत्तर खोजिरहन्छन् तर जवाफ कसले दिने ?

मध्यम वर्गका मानिसहरू न सम्पन्न वर्ग जस्तो सुविधासम्पन्न जीवन जिउन सक्छन् न त निम्न वर्ग जस्तो प्रत्यक्ष रूपमा गरिबीको परिभाषाभित्र पर्छन्। उनीहरू आर्थिक, सामाजिक र मानसिक रूपमा निरन्तर संघर्षरत रहन्छन्।

मुलुकमा नबिक्ने शिक्षा, राज्यबाट प्राप्त हुने अवसरमा पक्षपात, छोराछोरीले मुलुक छोड्नु परेको पीडा, हजुरबुबाबाट नातिसम्म प्रसारित हुने ऋणको बोझ, पैतृक सम्पत्तिको कहालीलाग्दो अवस्था, स्थिर आम्दानी अथवा आम्दानीको तुलनामा महँगी अत्यधिक हुँदा पारिवारिक खर्च व्यवस्थापनमा कठिनाइ, व्यवसायभन्दा पनि आवास, शिक्षा र स्वास्थ्यका लागि बैंक ऋण लिनुपर्ने बाध्यता, विवाह, चाडपर्व, शिक्षा र जीवनशैलीमा देखावटी प्रतिस्पर्धा म जस्ता मध्यम वर्गले भोगिरहेका साझा समस्या हुन्।

आम्दानीको तुलनामा महँगो शिक्षा, स्वास्थ्य र जीवनशैलीका कारण मध्यम वर्गका मान्छेले पैसा बचत गर्न सक्दैनन्। बढ्दो आर्थिक दबाब, सामाजिक अपेक्षा र पारिवारिक जिम्मेवारी तथा कार्य व्यस्तताका कारण जीवनलाई सन्तुलनमा राख्न कठिनाइ हुने, समाजबाट अलग्गिएर बस्न पनि नसक्ने, समाजसँगै चल्न पनि नसक्ने, आफैं देखाउन नसक्ने, समयले लुकाउन नसक्ने। यो वर्गका आफ्नै व्यथा छन्, आफ्नै कथा छन्।

नेपालको समाजलाई मुख्यत: तीन वर्गमा विभाजन गरिएको छ। उच्च वर्ग, मध्यम वर्ग र निम्न वर्ग। राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा अति निम्न वर्गीय जनसंख्या कुल जनसंख्याको १९.९१ प्रतिशत रहेको, प्रादेशिक रूपमा हेर्दा यो वर्गको जनसंख्या कर्णाली प्रदेशमा सबैभन्दा बढी ५२.३४ प्रतिशत रहेको छ भने सबैभन्दा कम बागमती प्रदेशमा ८.१४ प्रतिशत रहेको छ।

निम्न वर्गीय जनसंख्या कुल जनसंख्याको २०.४२ प्रतिशत रहेको र  प्रादेशिक रूपमा हेर्दा यो वर्गको जनसंख्या कर्णाली प्रदेशमा सबैभन्दा बढी २८.८८ प्रतिशत रहेको छ भने सबैभन्दा कम बागमती प्रदेशमा १०.७९ प्रतिशत रहेको।

त्यस्तै मध्यम वर्गीय जनसंख्या कुल जनसंख्याको २०.६९ प्रतिशत रहेको छ। प्रादेशिक रूपमा हेर्दा यो वर्गको जनसंख्या मधेश प्रदेशमा सबैभन्दा बढी २६.४४ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा ९.३० प्रतिशत रहेको।

उच्च वर्गीय जनसंख्या कुल जनसंख्याको १८.९२ प्रतिशत रहेको र प्रादेशिक रूपमा हेर्दा यो वर्गको जनसंख्या बागमती प्रदेशमा सबैभन्दा बढी २३.५९ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा ५.५० प्रतिशत रहेको छ।

अति उच्च वर्गीय जनसंख्या कुल जनसंख्याको २०.०६ प्रतिशत रहेको र प्रादेशिक रूपमा हेर्दा यो वर्गको जनसंख्या बागमती प्रदेशमा सबैभन्दा बढी ४०.९८ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा ३.९८ प्रतिशत रहेको छ।

यसरी हेर्दा राज्यका नीति-नियम निम्न वर्गको जनसंख्या बढी रहेको कर्णाली र उच्च वर्गीय जनसंख्या बढी रहेको बागमती प्रदेशका जनतालाई मात्रै आधार मानेर निर्माण गरिएका देखिन्छन्। अन्य प्रदेशमा बाहुल्य रहेका मध्यम वर्गीय वर्गका समस्याहरूलाई खासै सम्बोधन गरेको देखिंदैन।

कमाइको धेरै हिस्सा खर्च गर्ने, आफैं श्रम गर्ने वा श्रम बेच्ने, माथिल्लो वर्ग र तल्लो वर्गको समेत नजिकको सम्बन्ध रहने सामाजिक परिवर्तनलाई समर्थन गर्ने यस वर्गलाई समाजको मेरुदण्ड मानिन्छ तर यही वर्ग उपेक्षित हुन्छ।

मध्यम वर्गका मानिसहरू न त सम्पन्न वर्गका सुविधासम्पन्न जीवन जिउन सक्छन् न त निम्न वर्गजस्तो प्रत्यक्ष रूपमा गरिबीको परिभाषा भित्र पर्छन्। उनीहरू आर्थिक, सामाजिक र मानसिक रूपमा निरन्तर संघर्षरत रहन्छन्।

जागिर थिएन, व्यापार थिएन, बाले घर कसरी बनाए ? मेलामा मान्छे कजाउँथे, ज्याला कसरी तिर्थे ? दशैंमा पैसा बाँड्न बाले नै सिकाएका हुन्। गुठीमा मासिक जम्मा गर्थे, आखिर बाले पैसा कसरी कमाए ?

गाउँमा बाले जोडेको घरमा १०/१२ जना सजिलै अटेका थियौं। त्यति मात्र कहाँ हो र, भोज-भतेरमा पार्टी प्यालेस खोज्नु परेन। मैले जोडेको घरमा बा आमा कहिलेकाहीं मुस्किलले अट्छन्। बालाई बैंकको फोन कहिले आएन, कति सुखी थिए बा। हामी कसका कारणले दु:खी छौं आज।

केही छैन होइन, सबैथोक छ नेपालमा। हामीसँग क्षमता छ, स्रोत छ, योजना पनि छ। तर प्रतिफल किन पाइराखेका छैनौं ?

निम्न वर्गलाई छाक टार्न, मध्यम वर्गलाई ऋण तिर्न र उच्च वर्गलाई पैसा व्यवस्थापन गर्न गाह्रो देखिन्छ। राज्यले गरिब तथा धनी वर्गलाई लक्षित गरी नीति ल्याउँछ तर मध्यम वर्गलाई बेवास्ता गर्छ।

नेपालमा विकास-निर्माणका थुप्रै काम गर्न बाँकी छन् जहाँ रोजगारी सिर्जना हुने प्रचुर सम्भावना छ। कृषिप्रधान देश भोकमरी कुरेर बसेको जस्तो देखिन्छ। सरकारले किसानलाई समयमा सिंचाइ, मल, बीउ र बजार दिंदैन।

त्यति मात्रै होइन, चर्को व्याजमा साहु-महाजनबाट ऋण लिएर उब्जाएको अन्न बालीको मूल्य किसानले भन्दा बिचौलियाले बढी प्राप्त गर्छन्। खेतीयोग्य जमिन किन र कसरी बाँझो बनेको छ। सबैसँग जवाफ छ, तर राज्यसँग योजना देखिंदैन।

निम्न वर्गलाई छाक टार्न, मध्यम वर्गलाई ऋण तिर्न र उच्च वर्गलाई पैसा व्यवस्थापन गर्न गाह्रो देखिन्छ। राज्यले गरिब तथा धनी वर्गलाई लक्षित गरी नीति ल्याउँछ तर मध्यम वर्गलाई बेवास्ता गर्छ।

चुनाव मार्फत सत्तामा आउनु र बाहिरिनु मात्रै परिवर्तन होइन। कम्तीमा निम्न वर्ग मध्यम वर्गमा, मध्यम वर्ग उच्च वर्गमा स्थानान्तरण हुनुपर्छ। पैसाको अभावले दबाब सिर्जना कसैमाथि नहोस्। काम अनुसारको दाम र दाम अनुसारको माम सहज बनाउन तथा ऊर्जाशील जनशक्ति, निराश कर्मचारी, व्यापारी उद्योगीहरूलाई विदेश पलायन हुनबाट रोकी दीर्घकालीन र समग्र सुधारका लागि सरकारी, निजी र सामाजिक क्षेत्रका सबै सरोकारवालाले मिलेर काम गर्नु अत्यावश्यक छ। यसले मध्यम वर्गलाई मात्र होइन, सम्पूर्ण समाजको विकास र रूपान्तरणमा योगदान पुर्‍याउँछ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM