२०८२ माघ ५ गते, सोमबार १७:५२

प्रतिनिधि सभाको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० टेबुल

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा मिडिया काउन्सिल विधेयक २०८० टेबुल भएको छ । 

आजै १५ मिनेट स्थगित भई बसेको दोस्रो बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको मिडिया काउन्सिल विधेयक २०८० राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहित टेबुल भएको हो । 

यस्तै बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी नियमन विधेयक २०८१ पेश गर्नुभयो । 

यस अघि आजको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरूले सदन नियम विपरीत चलेको भन्दै अवरोधपछि १५ मिनेटका लागि बैठक स्थगित भएको थियो ।

बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएकोप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै बैठक अवरोध गरेको हो ।

सांसद गणेश पराजुलीले आकस्मिक र शुन्य समय सकिएपछि सत्तापक्षका सांसद खतिवडाले कुन समयमा बोल्नुभएको हो भनि प्रश्न गर्दै सांसद खतिवडाले बोलेको अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने माग गर्नुभयो ।

उपसभामुख इन्दिरा रानामगरले आकस्मिक समय दिन बिर्सिएकाले खतिवडालाई बोल्न दिइएको स्पष्टीकरण दिनुभए पनि माओवादी केन्द्र र रास्वपाका सांसदहरूले उभिएर अवरोध गरिरहनु भयो ।

त्यसपछि बैठक समय माग गरी नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद् नियमावली अनुसार नचलेको भन्दै कुन नियमावली अनुसार सांसद खतिवडालाई बोल्न दिएको हो भनी जवाफ माग्नुभयो । 

यस्तै प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसद्लाई अपहेलना गरेको र जनताको प्रतिनिधिको आवाज नसुनेको आरोप लगाउनुभयो ।

विषय सूचीमा कार्यव्यवस्था परामर्श बैठक बसेर भ्रष्टाचार विधेयक पारित गर्ने गरी कार्यतालिका बनाइएको तर सरकारले समय छैन भनेर सूची हटायो भनेर जानकारी आएको भन्दै जनताको प्रतिनिधिले बनाएको कार्यसूची सरकारले पारित गर्नुपर्ने हो भनी प्रश्न गर्नुभयो । 

माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डे बोलेपश्चात् नियमापत्ति गर्दै नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले कार्यसूचीमा के रहने नरहने भन्ने विषयमा सरकारले थप्न र हटाउन सक्ने बताउनुभयो ।

एमालेका मुख्य सचेतक महेश बर्तौलाले सदन तलबाट सांसदलाई के लाग्यो भनेर चल्ने नभई सभामुखले चलाउने पनि बताउनुभयो ।

त्यसलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सबै नियम र समय अनुसार बोल्नु पर्ने तर दुई तिहाइको धाक देखाउँदै सरकार पक्षले जतिखेर मन लाग्यो त्यतिखेर पेलान गर्न पाइन्छ भनी प्रश्न गर्नुभयो ।

उहाँले कार्यसूचीबाट भ्रष्टाचार विधेयक हटाइएको विषयमा संसद् कसरी चलाउने भन्ने विषयमा सभामुख आफैले चलाउने होकी सरकारले सिकाउने भन्दै आपत्ति समेत जनाउनुभयो ।

बैठकमा सांसदहरुले समसामयिक राजनीति, विकास निर्माण, सडक पूर्वाधार विकास लगायतका विषयमा सदन मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सांसदहरूले बाढी पहिरोबाट क्षति पुगेका सडक तथा अन्य विकास पूर्वाधारहरूको पुनः निर्माणलाई जोड दिनुपर्ने, किसानलाई सहज रुपमा कृषि मल उपलब्ध गराउनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, काठमाडौँ उपत्यका भित्रका कवाडी व्यवसायलाई कानून अनुसार व्यवस्थित गर्नुपर्ने लगायतका माग गर्नुभयो । 

प्रतिनिधि सभाको अर्को बैठक फागुन ४ गते आइतबार दिनको १ बजे बस्ने र सो बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम रहने सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM