२०८२ माघ ७ गते, बुधबार १२:३२

बहुमतको बलमिच्याइँले आफैंलाई ठेस

२९ माघ, काठमाडौं । कांग्रेस एमालेले १७ असारमा सत्ता साझेदारी गर्दा साझा निष्कर्ष निकालेका थिए– ३२ सिटे माओवादी सहित साना दलहरूकै कारण राजनीति स्थिर हुन सकेन ।

राजनीतिक स्थिरता र नागरिकमा उत्साह ल्याउन भनेरै सातबुँदे सहमति मार्फत् कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवासँग आलोपालो प्रधानमन्त्री हुनेगरी बनेको यो गठबन्धनको विकल्प नरहेको दावी नेताहरुले गरिरहेकै छन् ।

प्रधानमन्त्री ओलीले संसदमा पाएको मत हेर्दा पनि नेताहरुको दावी गलत हुँदैन । ६ साउनमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको १८८ मत पाएका थिए । यो भनेको दुई तिहाइ भन्दा बढी हो । विपक्षमा जम्मा ७४ मत परेको थियो ।

तर त्यही शक्तिशाली सरकारलाई पहिलो संसदीय परीक्षणमै ठेस लागेको छ । गत २६ पुसमा सरकारले ल्याएको ६ मध्ये भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभिने जसपा नेपालले निर्णय गरेको छ । सत्तारुढ पक्षमै रहेका जसपा नेपालको निर्णयले सरकारकै निर्णयमा सत्ता साझेदारहरुबाट अपनत्व नलिएको पुष्टि हुन्छ ।

कांग्रेस र एमालेले बल मिच्याईँ गर्न सरकार निर्माणकै क्रमबाट थालेका थिए । संसदीय अभ्यासको सामान्य मान्यताविपरीत पहिलो र दोस्रो शक्ति मिलेर सरकार बनाउँदा संविधान संशोधनको एजेण्डा सात बुँदेमा उल्लेख गर्नु एक प्रकारले बल मिच्याइँ नै थियो ।

नेताहरुका अनुसार एमाले र कांग्रेसले सत्ता साझेदार अरु पाँच दलको अस्तित्वलाई कमजोर ठान्दा यस्तो अवस्था आइलागेको हो । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे पूर्वतयारीको क्रममा कांग्रेस–एमालेको ढंग नपुगेको स्वीकार्छन् । अध्यादेश ल्याउनुअघि राष्ट्रिय सभाको अंकप्रति हेक्का नराखिए जस्तै भएको घिमिरे बताउँछन् ।

‘राष्ट्रिय सभामा स्पष्ट बहुमत पुग्ने गरी सरकार गठनकै बेला ध्यान दिनुपर्थ्याे । अलि ढंग नपुगेको जस्तै भयो,’ घिमिरे भन्छन्, ‘समर्थन जुटाउनका लागि अध्यादेश ल्याउन अघि नै तयारी गरिएको भए यस्तो हुदैनथ्यो होला ।’

निरन्तर बलमिच्याइँ

कांग्रेस र एमालेका नेताहरुले बल मिच्याईँ गर्न सरकार निर्माणकै क्रमबाट थालेका थिए । संसदीय अभ्यासको सामान्य मान्यताविपरीत पहिलो र दोस्रो शक्ति मिलेर सरकार बनाउँदा संविधान संशोधनको एजेण्डा सात बुँदेमा उल्लेख गर्नु एक प्रकारले बल मिच्याइँ नै थियो ।

ओली प्रधानमन्त्री बनेपछि दुई दलीय सिण्डिकेट बढाउनेगरी अरु निर्णयहरु पनि हुन थाल्यो । जसको बलियो उदाहरण हो– दुई दलीय संयन्त्र ।

सरकार सञ्चालनबारे परामर्श र निर्णय गर्नेगरी पालिका तहसम्मै दुई दलीय संयन्त्र बनाइएको छ । तर सत्ता पक्षमै रहेका अरु दललाई कतैपनि स्थान दिइएको छैन ।

सरकारको न्युनतम साझा कार्यक्रम बनाउने कार्यदलमा समेत अन्य दललाई महत्व दिइएन । २३ भदौमा बनेको कार्यदलमा कांग्रेस र एमालेबाट २-२ जना सहभागी बने ।

केन्द्रको संयन्त्र मातहत हुनेगरी विधेयक र कानुन सुधार कार्यदल बनेको छ । दुई दलको अग्रसरता बनेका कार्यदलमा अन्य पाँच दललाई सहभागी नै गराइएन । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा संयन्त्रमा छन् । सत्ताको नेतृत्व गरेको दल एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल संयन्त्रमा छन् ।

विधेयकहरुको अवस्थाबारे सोधखोज गर्नेगरी कांग्रेसबाट सहमहामन्त्री जीवन परियार र एमालेबाट सचिव योगेश भट्टराई सहित दुबै दलका प्रमुख सचेतक रहनेगरी अर्को कार्यदल बनाउँदा सत्ताका अन्य दलका नेतालाई भूमिका दिइएन ।

कानुन सुधार सुझाव कार्यदल ६ सदस्यीय बनाउँदा पनि सत्ता पक्षका अन्य दललाई समेटिएन । उक्त कार्यदलमा कांग्रेसबाट अधिवक्ता सेमन्त दाहाल, योजना विज्ञ प्रताप पौडेल र वरिष्ठ अधिवक्ता अरुण पौडेल छन् । एमालेले कार्यदलमा पूर्वमूख्यसचिव लीला गड्तौला, गण्डकीका पूर्वमुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे र वरिष्ठ अधिवक्ता केदार कोइराला छन् ।

जनता समाजवादीका नेता मनीष सुमन निर्णय प्रक्रियामा सत्ता समर्थक दलहरुमा छलफल हुने पद्दत नबनेको बताउँछन् । ‘अध्यादेशहरु ल्याउनुअघि समर्थन गरेका दलहरुमा छलफल हुनुपर्ने हो । हामीसँग केही छलफल गरिएन,’ सुमनले अनलाइनखबरसँग भने ।

सरकारको न्युनतम साझा कार्यक्रम बनाउने कार्यदलमा समेत अन्य दललाई महत्व दिइएन । २३ भदौमा बनेको कार्यदलमा कांग्रेस र एमालेबाट २-२ जना सहभागी बने । कार्यदलमा कांग्रेसबाट महामन्त्री थापा र प्रवक्ता प्रकाशरण महत तथा एमालेबाट उपमहासचिव प्रदीप ज्ञवाली र नेता विष्णु रिमाल सदस्य थिए ।

२ असोजमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई न्युनतम साझा कार्यक्रमको प्रतिवेदन कार्यदलले बुझाएको थियो ।

दुई दलको बलमा अध्यादेश जारी भयो । तर दुवै सदनको संख्या समेत ख्याल नगरी अध्यादेश ल्याउँदा पारित गराउन हम्मे पर्ने भएको छ । प्रतिनिधि सभामा कांग्रेस र एमालेलाई सुविधाजनक बहुमत भए पनि राष्ट्रिय सभामा संख्याको सहज अवस्था छैन ।

दुई दलीय संयन्त्र र कानुन सुधार सुझाव कार्यदले गरेको कामका आधारमा सरकारले २६ पुसमा पाँचवटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलकहाँ सिफारिस गर्‍यो । सरकारले अध्यादेश ल्याउन गरिरहेको तयारी र त्यसका अन्तर्वस्तुबारे अन्य पाँच आन्तरिक छलफलमा सहभागी बनाइएन ।

सरकारले सिफारिस गरेका अध्यादेश २९ पुस र २ माघमा गरी राष्ट्रपति पौडेलले जारी गरे । त्यसअघि सहकारी सम्बन्धी अध्यादेश जारी भइसकेको थियो । अध्यादेश जारी भइसकेपछि संसदबाट पारित गराउन अन्य दलको सहयोग खोज्ने उद्देश्यले १४ माघमा सत्ता पक्षका दलको बैठक प्रधानमन्त्री ओलीले डाके ।

दुई दलको बलमा अध्यादेश जारी भयो । तर दुवै सदनको संख्या समेत ख्याल नगरी अध्यादेश ल्याउँदा पारित गराउन हम्मे पर्ने भएको छ । प्रतिनिधि सभामा कांग्रेस र एमालेलाई सुविधाजनक बहुमत भए पनि राष्ट्रिय सभामा संख्याको सहज अवस्था छैन ।

राष्ट्रिय सभामा बहुमतका लागि ३० सांसद आवश्यक पर्दछ । कूल ५९ सांसदमा सत्ता पक्षका २९ जना छन् । सत्ता पक्षबाट कांग्रेसका १६, एमालेका १०, मनोनीत २ र लोसपाका १ गरी २९ सांसद छन् । प्रधानमन्त्री ओलीलाई समर्थन गरेको दल जसपा नेपालसँग राष्ट्रिय सभामा ३ सांसद छन् ।

अध्यादेश संसद ल्याएको ६० दिनभित्र प्रतिनिधि र राष्ट्रिय सभा दुबैबाट पारित नभए निष्क्रिय हुन्छ । कांग्रेस प्रमुख सचेतक घिमिरे जसपा नेपालले भूमि सम्बन्धी अध्यादेश पनि पारित हुने विश्वास राख्छन् ।

‘केही न केही उपाय निस्किन्छ । जसपा नेपाल संघ र प्रदेश सरकारमा कहिं पनि सहभागी बनाइएको छैन । सहभागीता खोज्न सक्छ,’ घिमिरे भन्छन् । जसपा नेपाललाई केन्द्र वा मधेसको सत्तामा सहभागी गराउनेगरी संवाद गर्न पनि दुई दल अहिले लचक भएका छन् ।

सत्ता समर्थक जसपा नेपाल मात्र होइन, मधेसमा सत्ता सहकार्य गरेको जनमत समेत कांग्रेस एमालेसँग रुष्ट छ । प्रधानमन्त्री ओलीसँग भेट्न समेत नपाएको गुनासो सामाजिक सञ्जालबाट जनमतका अध्यक्ष सीके राउतले राखेका थिए ।

जनमतका प्रवक्ता शरदसिंह यादव दुई दलीय गठबन्धन भनी कांग्रेस एमालेको अरु दललाई सहयोगीका रुपमा व्याख्या गर्ने गरेको बताए । ‘सरकारले राष्ट्रिय महत्वका कुनै निर्णय गर्दा अरू दललाई बोलाएर सामूहिक निर्णय लिने गरिएको छैन,’ यादव भन्छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM