२०८२ माघ २६ गते, सोमबार १२:३९

‘पिताम्बर’मा फेरि सँगै प्रदीप र दिब्या, यस्तो छ ‘म त फ्यान भएँ’ गीत

मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रदीप खड्का र दिब्या रायमाझी ।


काठमाडौं । फिल्म ‘पिताम्बर’को गीत ‘म त फ्यान भएँ’ युट्युवमा सार्वजनिक भएको छ । गीत रिलिज गर्न मंगलबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर, आनन्द अधिकारीको शब्द, अविरलको संगीत छ । तराईको सेट बनाएर छायांकन गरिएको गीतमा कलाकार प्रदीप खड्का र दिव्या रायमाझी फिचर्ड छन् ।

राधाकृष्णको जोडीको रुपमा सजिएका यी दुई कलाकारलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् । कोरियोग्राफी र सेटको साजसज्जाले दृश्यलाई आकर्षक तुल्याएको छ । डान्सिङ ट्रयाकमा प्रदीप र दिब्याको ‘केमेस्ट्री’ पनि मिलेको देखिन्छ ।

१०० भन्दा धेरै कोरसले नृत्य गरेका छन् । पहिलोपटक प्रदीप कोरससहित नृत्य गर्दैगर्दा देखिएका हुन् । कलाकार र कोरसको पहिरनलाई सेटको थिम अनुसार प्रस्तुत गरिएको छ ।

यी दुई कलाकार पछिल्लोपटक ‘एक्टर : टेक वन’मा पनि जोडीको भूमिकामा देखिएका थिए । रिलिजको हिसाबले ‘पिताम्बर’ दिब्याको दोस्रो फिल्म हुनेछ । निर्माता विशाल चौलागाईंका अनुसार गीतका लागि भारतबाट सेटसहित कामदार ल्याइएको थियो । ‘तराईंको लोकेसनमा फिल्म खिचिएकाले त्यहाँको माहोलमा सेट तयार गरेका हौं’ उनले भने ।

गीतमा अन्य कलाकार प्रमोद अग्रहरि, सुपुष्पा भट्ट, दिव्यदेव, आध्या लामिछाने र सुप्रोल बुढाथोकीको पनि अभिनय छ । केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को ब्यानरमा फिल्म निर्माण भएको हो ।

फिल्मलाई कृषा चौलागाईंले निर्देशन गरेकी हुन् । उनले यसअघि ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलास’ निर्माण गरेकी छन् । ‘पिताम्बर’ चैत २९ गते प्रदर्शन तयारीमा छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM