२०८२ माघ ५ गते, सोमबार १६:३४

धार्मिक आवरणमा विजय कृष्णमूर्तिको श्रृंखलाबद्ध ठगी

२९ माघ, काठमाडौं, पोखरा । आगामी बैशाखदेखि पोखरामा कोटीहोम गर्ने भनेका बालयोगेश्वर विजय कृष्णमूर्ति भनिने विजय भण्डारी फेरि विवादमा तानिएका छन् ।

श्रृंखलाबद्ध ठगीका आरोपमा मुछिएका मिलापत्रमा मुद्दा टुंग्याएका भण्डारीले महायज्ञका लागि भन्दै पोखराका सडक तथा ऐतिहासिक चौतारीमा रहेका रुखविरुवाका हाँगाबिँगा काटेपछि विवादमा तानिएका हुन् ।

चौतर्फी प्रश्न उठेपछि पोखरा महानगरपालिकाले फेवाताल किनारमा कोटीहोम गर्न नदिने घोषणा गरेको छ भने विजय कृष्णमूर्तिले यसरी पनि महायज्ञ सञ्चालन गर्ने ढिपी गरेका छन् ।

१३÷१४ वर्षदेखि धर्मको आवरणमा सर्वसाधारणलाई ठग्दै आएका विजय भण्डारीले झण्डै एक दशकले ठगी मुद्दा झेलिरहेका थिए । गत कार्तिकमा पीडितहरुको रकम फिर्ता गरेर मिलापत्रमार्फत मुद्दा टुंग्याएपछि उनको ठगीको श्रृंखला रोकिएको छैन । बरु, एकपछि अर्को उट्पटाङ र कानुनविपरीतका काम गर्दै आएका छन् ।

‘चौतारा जति ठुटै’

विजय कृष्णमूर्तिले सञ्चालन गरिरहेको मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि भन्दै पोखराका सार्वजनिक चौताराका वर, पिपल र समीका हाँगा काटेपछि विवादको सुुरुवात भएको हो । पोखरा महानगरपालिकाको १३ र १४ वडाका उनीहरुले हाँगा काट्ने भन्दै फेदैदेखि रुख काटेको हुन् ।

उनीहरुले रुख काट्नका लागि सुरुमा महागरपालिका वडा कार्यालयहरुमा निवेदन दिएका थिए । कतिपय वडा कार्यालयहरुले महानगरपालिकालाई सिफारिस गरेका थिए । तर, अनुमतिको प्रक्रिया पूरा नहुँदै कोटीहोमका नाममा पुराना चौताराहरु ठुटै बनाएपछि चौतर्फी आलोचना भएको हो ।

उनीहरुले संकलन गरेको काठदाउरा मानव सेवा फाउन्डेसनले पोखरा–६ लेकसाइडमा नेपाल ट्रष्टको जग्गा भाडामा लिएर थुपारेको थियो । एकपछि अर्को रुखका हाँगाहरु काटिन थालेपछि स्थानीयबासिन्दाहरुले विरोध गरे ।

रुख ठुटै बनाउँदा सार्वजनिक निकायहरु नै मौन बसेर सहयोगी बनेको भन्दै आलोचना सुरु भयो । चौतर्फी दवावपछि पोखराका मेयर धनराज आचार्यले नगरप्रहरीलाई निर्देशन दिएर काठदाउरा जफत गर्न लगाए ।

१७ बैशाखदेखि सञ्चालन हुने भनिएको कोटीहोमका लागि भन्दै विजय कृष्णमुर्तीले आफ्नो संस्थामार्फत पोखरा फेवाताल किनाराको क्याम्पिङ चौरमा साढे ११ लाख रुपैंया तिरेर जग्गा भाडामा लिएका थिए ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कार्यपालिकाबाट निर्णय नै गराएर जग्गा भाडामा नदिन नेपाल ट्रस्टको कार्यालयलाई पत्राचार गरिसकेका छन् । अनुमतिबिना रुख र हाँगा काटिएकोबारे अनुसन्धान गर्न डिभिजन वन कार्यालयलाई सिफारिस गरेका छन् ।

मेयरकै भूमिका शंकास्पद

कोटीहोमका आयोजक विजय कृष्णमूर्तिमाथि सदासयता देखाएको भनी पोखरा महानगरपालिकाका मेयर आचार्यको भूमिकामाथि समेत अहिले प्रश्न उठिरहेको छ । महानगर आफैंले नगरबासीहरुका लागि असुरक्षित रहेको भन्दै बर्सेनि चौताराका काठ काटेर संकलन गर्दै आएको थियो ।

यसपटक पनि त्यसरी काटिएका काठदाउरा कोटीहोमका लागि भन्दै विजय कृष्णमूर्तिको फाउन्डेसनलाई दिएको थियो । जहाँबाट फाउन्डेसनले काठदाउरा लगेको थियो, नगर प्रहरीले रत्नमन्दिरको गेट नै फोडेर त्यही जग्गामा ल्याएर काठदाउरा राखेको छ ।

मेयर आचार्यले रुख काट्न फाउन्डेसनले कुनै अनुमति नलिएको र महानगरले पनि अनुमति नदिएको बताउँछन् । महानगरपालिकाको अनुमतिबिना सार्वजनिक ठाउँमा कार्यक्रम गर्न नमिल्ने भन्दै उनले अनुमतीबिना कोटीहोम सञ्चालन गर्न सम्भव नहुने चेतावनी दिँदै आएका छन् ।

कृष्णमूर्तिले सुरुमा पोखरा–१७ महतगौंडामा कोटीहोम सञ्चालन गर्ने तयारीमा थिए । तर, त्यहाँ जनप्रतिनिधि र स्थानीयले असहमति जनाएपछि उनी अर्को विकल्प खोज्दै नेपाल ट्रस्टको जग्गामा पुगेका हुन् ।

‘कुनै हालतमा रोकिन्न’

कृष्णमूर्तिको फाउन्डेसनले पोखराको शिवालय चोकमा कार्यलय नै राखेर तडकभडकका साथ कोटीहोमको तयारी गरिरहेको छ । फाउन्डेसनले धर्मका नाममा ऐतिहासिक चौताराका रुखहरु नोक्सान गरेपछि संरक्षणकर्मीले आलोचना गर्दै आइरहेका छन् । पर्यटन व्यवसायीले समेत कोटिहोमको नाममा लामो समयसम्म प्रमुख पर्यटकीयस्थलमा कार्यक्रम गर्न नहुने बताउन थालेका छन् ।

गायत्री कोटिहोमका लागि समिदा(दाउरा) भन्दै उनीहरुको टोलीले रुख काट्न थालेको हो । उनको टोलीले गत साउनमा काठमाडौं पशुपतिनाथ मन्दिर परिसरमा कोटिहोम गरेको थियो । पोखराका मेयर आचार्यले कोटीहोम नै गर्न नदिने बताएपछि आइतबार पत्रकार सम्मेलन गरेका कृष्णमूर्तिले विवादास्पद अभिव्यक्ति दिए ।

गुल्मी धुर्कोट स्थायी ठेगाना भएका विजय भण्डारीले धर्मको आवरणमा ठगी धन्दा गर्न थालेको एक दशक बितिसकेको छ । उनले काठमाडौंमा मानव कल्याण आध्यात्मिक परोपकार संघ, नेपाल नामक संस्था आवरण गरेर ठगी धन्दा सुरु गरेका थिए ।

‘अब कुनै पनि हालतमा कसैले रोकेर यो यज्ञ रोकिनेवाला छैन । कसैले रोकेर रोकिनेवाला छैन । बालयोगेश्वर यहाँ यज्ञ नगरीकन फर्किन्नँ’, आफू जस्तोसुकै मूल्य चुकाउन अनि ज्यान हत्केलामा राखेर हिँड्न तयार भएको भन्दै उनले भने, ‘धर्मको लागि, सनातनको लागि, धर्मका लागि अधर्म पनि गर्नपर्छ भने बालयोगेश्वर विजय कृष्णमूर्ति तयार छ भनिदिनुहोला !’

श्रृंखलाबद्ध ठगी

आफूलाई विष्णु प्रपन्नाचार्य भनेर चिनाउने विजय भण्डारी विरुद्धको ठगी मुद्दा पाँच वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन थियो । ११ कात्तिक, २०८१ मा उनीविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा मिलापत्र भयो । उनले ठगिएकाहरुलाई रकम फिर्ता गर्न तयार भए, अनि पीडितहरुसँग मिलापत्र गर्ने वातावरण बन्यो ।

‘संशोधित कानुनी व्यवस्था अनुसार ठगी मुद्दामा पीडितहरुले आफूहरुले पाउनुपर्ने रकम फिर्ता भएमा मिलापत्र गर्न सकिने व्यवस्था छ, त्यसै अनुसार भण्डारीविरुद्धको मुद्दा टुंगिएको हो’, एक सरकारी वकिलले भने, ‘त्यही मुद्दा टुंगिएपछि पुरानै विवादित संस्थाको आवरणमा उनले फेरि पोखरामा महायज्ञको अभियान अघि बढाएको देखिन्छ ।’

गुल्मी धुर्कोट स्थायी ठेगाना भएका विजय भण्डारीले धर्मको आवरणमा ठगी धन्दा गर्न थालेको एक दशक बितिसकेको छ । उनले काठमाडौंमा मानव कल्याण आध्यात्मिक परोपकार संघ, नेपाल नामक संस्था आवरण गरेर ठगी धन्दा सुरु गरेका थिए ।

मानव कल्याण आध्यात्मिक परोपकार संघ, नामक संस्था गरेर धार्मिक कार्यक्रमको आवरणमा अमेरिका पठाइदिन्छु भनी उनले २०६८ सालदेखि नै विभिन्न व्यक्तिसँग रकम उठाएका थिए । कतिपयलाई उनले एक लाख रुपैंयाका दरले बैना मागेका थिए भने कतिपयले १० लाख रुपैंयासम्म दिएका थिए ।

पीडितहरुको जाहेरीका आधारमा विष्णु भण्डारी उनकी पत्नी सुलोचना भण्डारी, बाग्लुङका कमलनयन पौडेल भनिने कमल पौडेल लगायतविरुद्ध जाहेरी परेको थियो ।

सृजना कार्कीले दिएको जाहेरीमा भनिएको थियो, ‘विजय भण्डारी समेतले काठमाडौंमा मानव कल्याण आध्यात्मिक परोपकार संघ नेपाल नामक संस्था खडा गरेर उनले धार्मिक कार्यक्रमको आवरणमा अमेरिका पठाइदिन्छु भनी प्रतिव्यक्ति ७ लाख मागेका थिए ।’

अर्की पीडित स्वस्तीकला कामीको उजुरीमा पनि उस्तै खालको थियो । ‘विजय भण्डारीले हिन्दु धर्मको प्रचारप्रसारका लागि अमेरिका पठाइदिन्छु भनी १० लाख लिएको’ भनी उनले जाहेरी गरेकी थिइन् । पैसा फिर्ता माग्न जाँदा चेक दिएको, तर बैंक खातामा मौज्दात नभएको भनी त्यसमा उल्लेख गरेकी थिइन् ।

पीडितहरुका अनुसार, उनले फरक फरक शैली अपनाएर रकम असुलेका थिए । कतिपयलाई धार्मिक कार्यक्रममा सहभागी गराउन अमेरिका लैजाने भनेका थिए भने कतिपयलाई आफ्नो संस्था मानव कल्याण आध्यात्मिक परापकार संघमा आवद्ध बनाएर पठाउने आश्वासन दिएका थिए ।

कतिपयसँग उनले रकम उठाएपछि त्यसबापत चन्दा दिएको भनी रसिद दिएको थिए । पिडितहरुले त्यसको यथार्थ थाहै नपाई रसिद बुझेका थिए ।

१० लाख रुपैंया बुझाएर ठगिएका यादव भट्टले अर्को जाहेरी दिए, जहाँ ‘मानव कल्याण आध्यात्मिक परोपकार संघ, नेपालको आवरणमा अमेरिका पठाइदिन्छु भनी हरेकसँग ५–५ लाख रुपैंयाका दरले १० लाख ठगेको’ उल्लेख थियो । अर्कै उजुरीकर्ता दीपा थापाका अनुसार, अमेरिका लगिदिन्छु भनी भण्डारीले  नागरिकता र राहदानी लगिदिएका थिए ।

त्यस्तै प्रकृतिको अर्को जाहेरीमा पिडितहरुले ३३ लाख ७० हजार रुपैंया ठगिएको भनी संयुक्त उजुरी थियो । २०७८ सालदेखि शुरु भएको यो ठगी धन्दा २०७१ सालमा विजय भण्डारी पक्राउ नपर्दासम्म जारी थियो ।

जाहेरीपछि अनुसन्धानका क्रममा प्रहरीले छाउनी हाउजिङभित्र विजय भण्डारी बस्ने घर नं. २१ मा छापा मार्‍यो । प्रहरीले उनी बस्ने घरबाट रजिष्टर, चेक, चन्दा रसिद लगायतका कागजात बरामद गरेको थियो । उनले डाइनामिक डेरीमेरिम इन्भेस्टमेन्ट प्रालिका नाममा कम्पनी खोलेको भेटिएको थियो । प्रहरीले अरविन्द योगमन्दिरको नाममा रसिद प्याड र अरु कागजातलाई पनि ठगीको प्रमाण मानेको थियो ।

२०६८/६९ सालदेखि नै धार्मिक क्रियाकलापको आवरणमा विभिन्न गैरकानुनी काम गर्दै आएका विजय भण्डारीले अमेरिकामा विश्व गीता म्याराथुन, गायत्री महायज्ञ सञ्चालन लगायतका क्रियाकलापको आवरणमा भक्तालुहरुलाई प्रभावमा पारेका थिए ।

काठमाडौं प्रहरीले त्यतिबेला उनलाई पक्राउ गरी एक करोड २७ लाख रुपैंया ठगीको आरोपमा मुद्दा सहित अदालतमा पेश गरेको थियो । उनले अदालतको बयानमा आफूले रकम लिएको स्वीकार गरे । आफूले लिएको सबै रकम दान भएको उनको जिकिर थियो ।

पैसा उठाउने, हिँड्ने

काठमाडौंमा मुद्दा चलेपछि विष्णु भण्डारीले आफ्नो धन्दा रोकेनन् । उनले चैत २०७५ सालमा गुल्मीदरबार गाँउपालिका–४ बीरबासस्थित रुन्खादह माविको भवन निर्माण गर्ने भनी महायज्ञ सञ्चालन गरेका थिए । करिव ५० लाख रुपैयाँ संकलन भएकोमा विद्यालय व्यवस्थापन समितिलाई थाहै नदिई उनले रकम बोकेर हिँडेका थिए ।

त्यही वर्ष फागुनमा उनले गुल्मी मुसिकोटकै जनज्योती माविमा सप्ताह लगाएका थिए । त्यहाँ संकलन भएको करिब २५ लाख रुपैंयामध्ये आधा रकम उनले लिएर हिँडेका थिए । सप्ताह भएको ठाँउमा आफ्नो प्रभाव देखाउन उनले विभिन्न राजनीतिक दलका स्थानीयदेखि केन्द्रित नेताहरुलाई आमन्त्रित गर्थे । गुल्मीको सप्ताहमा राष्ट्रिय सभाका तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनादेखि एमाले नेता प्रदीप ज्ञवालीसम्म पुगेका थिए ।

अदालतमा मुद्दा दर्ता हुनासाथ नाम परिवर्तन गर्दै हिँडेका विष्णु भण्डारीविरुद्ध ठगी बाहेक बैदेशिक रोजगारीको कसुर गरेको आरोपमा अर्को मुद्दा पनि चलेको थियो । उनले धार्मिक कार्यक्रममा सहभागी गराउने भन्दै ३ जनाबाट १२ लाख रुपैंया लिएका थिए, पछि रकम फिर्ता गरेनन् । ठगेको आरोपमा उनीविरुद्ध बैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा चलेको थियो ।

उनले आफूले कसैलाई नठगेको जिकिर गरे । यसअघि अदालतमा गरेको बयामा झै धार्मिक कार्यक्रम र महायज्ञका लागि रकम लिएको दावी गरे । २७ जेठ, २०७५ मा बैदेशिक रोजगार न्यायाधीकरणले उनलाई डेढ वर्ष कैद र डेढ वर्ष जरिवानाको फैसला सुनायो ।

दोषी ठहर भएपछि विजय भण्डारीले आफूलाई बालगोपालेश्वर महाराज भनी चिनाउन र धार्मिक कार्यक्रमहरुमा सरिक हुन थाले । उनले धार्मिक कार्यक्रम सञ्चालन गर्ने संस्थाका नाम पनि परिवर्तन गरेर चिनाउने गरेका छन् । कतै मानव सेवा फाउण्डेसन भन्ने गरेका छन् भने कतै मानव कल्याण आध्यात्मिक परोपकार संघ नेपाल ।

माघ, २०७६ मा उनले चितवनको नारायणी किनारमा एक महिने महायज्ञ सुरु गरेका थिए । हरेक सप्ताहमा त्यहाँबाट संकलित भेटीलाई धार्मिक एवं सामाजिक काममा लगाउने घोषणा गर्ने उनले भरतपुर–२३ मा पशुपतिनाथ मन्दिर र धाम बनाउने, आयुर्वेद अस्पताल खोल्ने र क्यान्सरपिडित विपन्नहरुलाई सहयोग गर्ने घोषणा गरेका थिए ।

श्रृंखलावद्ध रुपमा ठगी गरेका उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रहरीलाई पक्राउ अनुमति दियो । महायज्ञ भइरहेको ठाँउबाटै उनी फरार भएपछि महायज्ञ स्थगित भयो । त्यही जाहेरीका आधारमा पछि उनीविरुद्ध वैदेशिक न्यायाधीकरणमा मुद्दा चलेको हो । उनी २०६८, २०७१ र ७६ सालमा गरी पटकपटक थुनामा परिसकेका छन् ।

जिल्ला अदालत काठमाडौंले विजय भण्डारीले धार्मिक काममा स्वेच्छाले रकम मागेको र दान गरेको भए ठगी मुद्दा चल्ने अवस्था नै नआउने भन्दै धार्मिक अनुष्ठामा अमेरिका जान पाइने भनी उनको समूहले विज्ञापन नै गरेकाले त्यसलाई ठगी भन्नुपर्ने ठहर्‍याएको थियो ।

गत साउनमा भण्डारीले बालगोपालेश्वर महाराज नामको आवरणमा पशुपतिमा कोटीहोमको आयोजना गरेका थिए । उनले कुनै निकायको अनुमति नलिई विश्वसम्पदा सूचीमा पर्ने कैलाश क्षेत्रमा कोटीहोमका लागि भन्दै खाल्डो खनेका थिए ।

संकलित भेटीका वारेमा प्रश्न उठेपछि जिल्ला प्रशासन कार्यालयले त्यसवारेमा चासो राखेको थियो । कोटीहोम सकिएपछि प्रहरीले उनलाई पक्राउ गर्न खोज्दा चर्को विवाद भएको थियो । त्यसपछि करिब ६ महिना सार्वजनिक चर्चामा नआएका उनले बैशाखदेखि फेवाताल किनारमा महायज्ञ गर्ने भनी तयारी थालेका हुन् ।

रकम फिर्ता गरेर मिलापत्र

एक दशकअघि काठमाडौंमा सुरु भएको उनीमाथिको कारबाही लामो समयदेखि अदालतमा विचाराधीन थियो । आफूविरुद्ध बलियो प्रमाण रहेको भेउ पाएपछि उनले अदालतमा पनि धार्मिक कार्यक्रमको आवरणमा उन्मुक्ति पाउने खोजेका थिए ।

उनले अमेरिका पठाउन नभइ आफूले सञ्चालन गरेको धार्मिक प्रवचन कार्यक्रमका लागि उनीहरुसँग राजीखुसी चन्दा लिएको बयान गरे । उनले बयानमा भनेका थिए, ‘जाहेरवालाहरुबाट उठेको सबै रकम उनीहरु समेतको संलग्नतामा महायज्ञमा खर्च भैसकेकाले मसँग रकम बाँकी छैन र जाहेरवालाहरुलाई तिर्नु बुझाउनु पर्ने होईन ।’

जिल्ला अदालत काठमाडौंले ६ असोज, २०७१ मा उनलाई थुनामा राख्ने आदेश गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले विजय भण्डारीले धार्मिक काममा स्वेच्छाले रकम मागेको र दान गरेको भए ठगी मुद्दा चल्ने अवस्था नै नआउने भन्दै धार्मिक अनुष्ठामा अमेरिका जान पाइने भनी उनको समूहले विज्ञापन नै गरेकाले त्यसलाई ठगी भन्नुपर्ने ठहर्‍याएको थियो ।

फैसलामा भनिएको थियो, ‘स्वामी श्री बिष्णु प्रपन्नाचार्यजी महाराजका नामबाट श्री मानब कल्याण अध्यात्मिक परोपकार संघ, नेपालको लेटर प्याडमा अमेरिकामा २९ महिनाको धार्मिक अनुष्ठानमा जान पाइने जानकारी भनि विज्ञापन समेत गरिएको भन्ने मिसिल संलग्न पत्रबाट देखिन्छ ।’

जिल्ला अदालतले ६ मंसिर, २०७३ मा उनलाई साढे २ वर्ष कैद र ८१ लाख रुपैंया जरिवाना गर्ने फैसला गरेको थियो । त्यतिबेलासम्म उनी दुई वर्ष २९ दिन थुनामा बसिसकेका थिए । उनकी पत्नीलाई तीन महिनाको कैद सजाय भयो ।

२८ जनाले उनीबाट ८१ लाख रुपैंया पाउनुपर्ने र त्यति नै रकम उनीबाट जरिवाना असुल्नुपर्ने फैसला गरेको थियो । त्यो फैसला उच्च अदालतले समेत सदर गरेपछि भण्डारी सर्वोच्च अदालत पुगेका थिए । पिडितहरुलाई अदालतको फैसला अनुसार रकम तिरेर उनले मिलापत्र गरी मुद्दा टुंग्याएका थिए । त्यसपछि उनी पोखराको महायज्ञमा जुटेका हुन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM