२०८२ मंसिर २३ गते, मंगलवार १३:५८

चन्द्रमा र मानव मस्तिष्क : विज्ञान र रहस्यको सम्बन्ध

चन्द्रमा मानव सभ्यता, धर्म, विज्ञान र रहस्यको प्रतीक रहँदै आएको छ। प्राचीन समयमा नै चिकित्सा विज्ञानका पिता हिप्पोक्रेटसले भनेका थिए-कुनैपनि चिकित्सकले चन्द्रमाको चाललाई बेवास्ता गर्नु हुँदैन। आजसम्म पनि चन्द्रमाको प्रभावबारे वैज्ञानिक तथा जनसाधारणबीच व्यापक चर्चा हुन्छ। विशेषगरी, चन्द्रमाले मस्तिष्क, मानसिक स्वास्थ्य, निद्रा र स्ट्रोक जस्ता रोगहरूमा प्रभाव पार्छ भन्ने दाबी गरिन्छ।

चन्द्रमा र मानव सभ्यता

मानव इतिहासमा चन्द्रमाले महत्त्वपूर्ण भूमिका खेलेको छ। प्राचीन कालदेखि नै धर्म, संस्कृति र विज्ञानमा यसको प्रभाव रहेको पाइन्छ। चन्द्रमाको आधारमा पात्रो निर्माण, चाडपर्वको निर्धारण तथा समयको गणना गरिएको छ।

धार्मिक परम्परामा, इस्लाम धर्ममा चन्द्रमाको चक्रअनुसार रमजान, इदजस्ता चाडपर्व मनाइन्छन्। हिन्दू धर्ममा तिथि प्रणाली चन्द्रमाको चालमा आधारित छ। बौद्ध धर्ममा बुद्ध जयन्ती पूर्णिमाको दिन मनाइन्छ । इसाई धर्ममा इस्टरको मिति पनि पूर्णिमाका आधारमा निर्धारण गरिन्छ। यी परम्पराले चन्द्रमाको मानव जीवनमा गहिरो प्रभाव रहेको दर्शाउँछन्।

चन्द्रमा र स्वास्थ्य: स्ट्रोकको सम्भावित सम्बन्ध

चन्द्रमाको चक्रले मानिसको स्वास्थ्यमा प्रभाव पार्ने विश्वास रहिआएको छ। केही वैज्ञानिक अध्ययनहरूले स्ट्रोक, टान्जिन्ट इस्केमिक अट्याक (टीआइए) र मस्तिष्क सम्बन्धी अन्य समस्या चन्द्रमाको विभिन्न चरणहरूमा बढी हुने देखाएका छन् । तर, के यसको वैज्ञानिक आधार छ?

केही अनुसन्धानले पूर्णिमा भएका बेला स्ट्रोकजस्ता लक्षणहरू भएका बिरामीहरूको संख्या बढ्ने देखाएका छन्। पूर्णिमाको समयमा मिर्गी जस्ता समस्याहरू बढी हुने तथ्यहरू पनि पाइएका छन्।

अन्य अध्ययनहरूले भने चन्द्रमाको कुनै प्रत्यक्ष प्रभाव नभएको देखाएका छन्। एक हजार ४८२ बिरामीको डेटा विश्लेषण गर्दा स्ट्रोक चन्द्रमाको चरणसँग कुनै सम्बन्ध नरहेको पाइयो।
तर, केही अनुसन्धानले भने पहिलो चौथाइ चन्द्रमाको समयमा आइसीएच अधिक देखिएको तथा पूर्ण चन्द्रमाको समयमा टीआइए बढी हुने संकेत देखाएका छन्।

सम्भावित जैविक कारणहरू

वैज्ञानिकहरूले चन्द्रमाको प्रभाव सम्भावित जैविक कारणहरू मार्फत व्याख्या गर्ने प्रयास गरेका छन्:

१.गुरुत्वाकर्षण प्रभाव र शरीरको तरल पदार्थको परिवर्तन : चन्द्रमाको गुरुत्वाकर्षणले समुद्री ज्वारभाटाान प्रभाव पार्ने भएकाले मानव शरीरका तरल पदार्थ (रगत, सेरेब्रोस्पाइनल फ्लुइड) मा पनि प्रभाव पार्न सक्ने भनिन्छ। तर, मानवमा यसको ठोस प्रमाण भेटिएको छैन।

२.निद्रा अवरोध र जैविक घडीको गडबडी : केही अध्ययनले चन्द्रमाको उज्यालो बढ्दा मेलाटोनिन हर्मोन कम उत्पादन हुने, निद्राको गुणस्तर खस्किने तथा रक्तचाप बढ्न सक्ने देखाएका छन्। खराब निद्राले स्ट्रोकको जोखिम बढाउन सक्छ।

३.मनोवैज्ञानिक तथा व्यवहारजन्य प्रभाव : पूर्ण चन्द्रमाको समयमा मानिसहरूमा तनाव, चिन्ता तथा आपत्कालीन सेवा लिने दर बढी हुने देखिएको छ। उच्च रक्तचाप तथा हृदयगति वृद्धिले स्ट्रोकको जोखिम बढाउन सक्छ।

४. रक्तचाप र स्वायत्त स्नायुतन्त्रको प्रभाव : केही अनुसन्धानकर्ताहरूले चन्द्रमाको चरणले स्वायत्त स्नायु प्रणालीलाई असर पार्न सक्ने तथा रक्तचापको उतारचढाव बढाउन सक्ने निष्कर्ष निकालेका छन्।

५.उत्परिवर्तन र जैविक घडी : केही जीवजन्तुहरूको जैविक घडी चन्द्रमासँग मिल्दो पाइएकाले मानवमा पनि कमजोर प्रभाव हुनसक्ने अनुमान गरिएको छ। तर, यो विषयमा अझै ठोस प्रमाण आवश्यक छ।

चन्द्रमाको प्रभाव : ब्रह्माण्डीय जाल र स्नायू सञ्जालको समानता

नयाँ अनुसन्धानहरूले देखाएका छन् कि-मस्तिष्कको स्नायू सञ्जाल र ब्रह्माण्डीय जाल संरचनात्मक रूपमा निकै मिल्दोजुल्दो छन्। वैज्ञानिकहरूले गणितीय अध्ययन गर्दै देखाएका छन् कि, ब्रह्माण्ड र मस्तिष्क दुवैले जटिल सञ्जाल बनाउने समान नियमहरू अनुसरण गर्छन्।

-ब्रह्माण्डमा ग्यालेक्सीहरू जस्तै, मस्तिष्कमा स्नायु कोशिकाहरू परस्पर सम्बन्धित हुन्छन्।

-दुवै प्रणाली सूचना वा ऊर्जा प्रवाहको लागि कुशल सञ्जाल संरचनामा विकास भएका देखिन्छन्।

-प्राकृतिक प्रणालीहरू निश्चित संरचनागत नियमअनुसार विकसित हुन्छन्, चाहे तिनीहरू माइक्रोस्कोपिक (मस्तिष्क) हुन् वा म्याक्रोस्कोपिक (ब्रह्माण्ड)।

चन्द्रमाको प्रभावलाई बुझ्न, खगोलीय संरचना र जैविक संरचनाबीचको सम्बन्ध अध्ययन गर्नुपर्ने हुनसक्छ। चन्द्रमा, जसले पृथ्वीको ज्वारभाटा नियन्त्रण गर्छ, मानव मनोविज्ञान, स्वास्थ्य र इतिहासमा महत्वपूर्ण स्थान राख्छ।

विज्ञानले चन्द्रमाको प्रभावलाई पुष्टि गर्न बाँकी भए पनि यसले मानव सभ्यता, धार्मिक परम्परा, र सांस्कृतिक धारणामा गहिरो छाप छोडेको छ। चन्द्रमासँग सम्बन्धित मिथकहरू वैज्ञानिक रूपमा पुष्टि नभए पनि, यसको प्रभावबारे थप गहन अनुसन्धान आवश्यक छ।

चन्द्रमाले समय, समुद्र, संस्कृति मात्र होइन, मानव सोच र अनुसन्धानलाई समेत दिशा दिन्छ। विज्ञान र चिकित्सा अनुसन्धानको यात्रा पनि यही जिज्ञासा, चुनौती र सत्यको खोजीमार्फत अघि बढ्छ।

(लेखक  डा. बिवेक सिंह चिकित्सक साथै सर्काडियन रिदम सम्बन्धी अनुसन्धानकर्ता पनि हुन्)

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM