२०८२ माघ ७ गते, बुधबार १२:४३

मुख्यमन्त्रीले चाबी बुझाउन निर्देशन दिएपछि जनकपुरका अवैध अस्पताल संगठित

२८ माघ, जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह आफैं उपस्थित भई कारबाही थालेपछि जनकपुरमा अवैध रुपमा सञ्चालित निजी अस्पताल सञ्चालकहरु संगठित भएका छन्। उनीहरुले मुख्यमन्त्रीको कदमविरुद्ध आन्दोलनको तयारी समेत गरेका छन्।

शनिबार मुख्यमन्त्री सिंहले २० वटा अस्पतालमा छड्के अनुगमन गर्दा अधिकांश मापदण्ड विपरीत चलेको पाइएको थियो । दर्ता नै नगरी मापदण्ड विपरीत सञ्चालित अस्पताललाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए ।

छड्के अनुगमनपछि मुख्यमन्त्री सिंहले दर्ता नरहेका अस्पताल तत्काल बन्द गरी आइतबारसम्म साँचो बुझाउन र बाँकीलाई आवश्यक मापदण्ड पूरा गरी स्वीकृति लिएर मात्र चलाउन निर्देशन दिएका थिए ।

दर्ता नगरी सञ्चालित मुस्कान अस्पताल, अरमान हस्पिटल प्रालि, जनकपुर सीता हस्पिटल प्रालि र बीएन हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले आफैँ ताला लगाएर सरकारलाई साँचो बुझाइसकेका छन् ।

कतिपय सञ्चालकले मधेश सरकारको कदमपछि संगठित रुपमै आन्दोलनको तयारी गरेका हुन् । आइतबार साँझ अवैध अस्पताल सञ्चालकहरुको भेला बसी ‘प्राइभेट हस्पिटल एसोसिएसन, जनकपुरधाम’ नामक संगठन नै बनाएका छन्।

सुरक्षा अस्पतालका सञ्चालक डा. सरोजकुमार ठाकुरको अध्यक्षतामा २५ सदस्सीय एसोसिएसन गठन गरिएको छ। एसोसिएसनको उपाध्यक्षमा रामभरोस महतो, सचिवमा आविद हुसेन, कोषाध्यक्षमा सञ्जय मण्डल, सहसचिवमा डा. शुभाषचन्द्र यादव रहेका छन्।

मधेश सरकारलाई ज्ञापनपत्र बुझाउने, पत्रकार सम्मेलन गरी यथार्थ बाहिर ल्याउने, निजी अस्पतालहरुलाई नचाहिँदै आरोप लगाइएको भन्दै संर्घषका कार्यक्रम गर्ने एसोसिएसनको योजना छ ।

कागजात खोज्न र अनुसन्धान गर्न छुट्टै निकाय रहे पनि नियोजित रुपमा मुख्यमन्त्री सिंहले आफैं छड्के अनुगमन गरी सबै अस्पताललाई नै अवैध देखाउने प्रयास गरेको उनीहरुको ठहर छ । यसले संगठित भएर सरकारविरुद्ध अघि बढ्ने योजना बनेको समितिका एक पदाधिकारीले बताए ।

समितिको अध्यक्ष बनेका डा. सरोजकुमार ठाकुर जनकपुरको रामानन्दचोकस्थित सुरक्षा अस्पतालका सञ्चालक हुन् । २०७८ मा स्वास्थ्य निर्देशनालय मधेश प्रदेशमा २५ शय्याको दर्तामा देखिएको उक्त अस्पतालको हालसम्म नवीकरण भएको छैन ।

उक्त अस्पतालमा पाठेघरको शल्यक्रियामा भएको  लापरबाहीका कारण ३ साउन २०८० मा जनकपुरधाम उपमहानगरपालिका- १६ कपिलेश्वरकी ३६ वर्षीया सोनिया साहको दुई दिनपछि मृत्यु भएको थियो । जुन घटना ११ लाख रुपैयाँ लेनदेन गरी मिलापत्र गरी ढाकछोप गरिएको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM