२०८२ मंसिर २० गते, शनिबार १७:३४

भ्रष्टाचार विरुद्ध कारवाहीको विकल्प छैन : प्रदेश प्रमुख देवकोटा

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले भ्रष्टाचार विरुद्ध कारवाहीको विकल्प नभएको बताउनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ स्थापना दिवसको अवसरमा सोमबार हेटौँडा स्थित कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

प्रदेश प्रमुख देवकोटाले भ्रष्टाचार जघन्य अपराध भएको भन्दै प्राप्त अधिकारको दुरुपयोग गरी देश, जनता र सुशासनको विरुद्ध नैतिकता र कानुन विपरीत जाने जो कोही विरुद्ध सूक्ष्म अनुसन्धान र निष्पक्ष कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभयो ।

भ्रष्टाचारीले कुनै पनि हालतमा मुक्ती पाउन नहुने भन्दै उहाँले भ्रष्टाचार हुन नदिन ईमान्दारीता, पारदर्शिता र सुशासनका विषयवस्तु विद्यालय र कलेजका पाठ्यक्रममा समेत समावेश गरिनुपर्ने साथै अख्तियारी वा निर्णय गर्ने हैसियतका सम्पुर्ण व्यक्तिहरूलाई नियमित रुपमा सम्भावित भ्रष्टाचार रोक्न परामर्श अर्थात् काउन्सिलिङ कक्षा सञ्चालन गरिनुपर्ने बताउनुभयो ।

प्रदेश प्रमुख देवकोटाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई साना/साना भ्रष्टाचारका मुद्दामा हात हालेर सङ्ख्यात्मक विवरण पेश गर्ने तर ठुला र संस्थागत भ्रष्टाचारका मुद्दाहरूमा हात हाल्न हिचकिचाउने भन्ने आरोपहरू लाग्ने गरेको भन्दै यी आरोपलाई गलत सावित गराउन साना/ठुला सबै खाले भ्रष्टाचारी माछाहरूलाई पक्रिन सक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले देश विकासको आधार नै भ्रष्टाचार रहित सरकार भएको बताउनुभयो । उहाँले प्रदेश सरकार न्याय प्रणालीको सुदृढीकरण र प्रशासनिक क्षेत्रमा सुधारको लागि अघि बढिरहेको दाबी समेत गर्नुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका कार्यालय प्रमुख उमाकान्त आचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थलगायतको आतिथ्यता रहेको थियो ।

स्थापना दिवसको अवसरमा कार्यालयले अख्तियार सेवा पुरस्कारबाट ४ जना कर्मचारीलाई नगद सहित सम्मान गरेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM